कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Prime News Nepal
Advertisement
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Prime News Nepal
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

प्रादेशिक बसपार्क निर्माणमा पोखरा महानगरले सहजिकरण र सहकार्य गर्छ ः मेयर आचार्य

प्राइम न्युज प्राइम न्युज
१ महिना अगाडि

पोखरा, १९ जेठ ।

पोखराको लामे आहालमा बन्ने प्रादेशिक बसपार्क निर्माणका लागि पोखरा महानगरपालिकाले आवश्यक सहजिकरण र सहकार्य गर्ने भएको छ । महानगरका मेयर धनराज आचार्यले स्थानीयका समस्या समाधान गर्दै छिट्टोभन्दा छिटो वसपार्क निर्माणका लागि सहजिकरण गर्दै अग्रसर हुने जानकारी दिए ।

बिहीबार पोखरा महानगरको वडा नम्बर ३२ पर्ने लामे आहालमा प्रस्तावित बसपार्कको निरीक्षण गर्दै उनले यस्तो जानकारी दिएका हुन् । पोखराको ट्राफिक व्यवस्थापन सहज बनाउन र सहरलाई व्यवस्थित बनाउनका लागि पनि बसपार्क निर्माण प्रक्रिया तत्काल अगाडि बढाउनुपर्ने आवश्यकता रहेको बताए । त्यसका लागि प्रदेश सरकारसंग सहकार्य गर्दै अगाडि बढ्ने उनको भनाई छ । ‘प्रदेश सरकारसंग आवश्यक सहकार्य गर्छौ । तपाईका समस्यालाई सम्बोधन गर्नेगरी हामी अगाडि बढ्छौं । बसपार्क निर्माण प्रक्रिया छिट्टै अगाडि बढाउनुपर्ने छ’ उनले भने ।

प्रदेश स्तरीय बसपार्क भनेपनि बाइपास रोड बनिनसकेकाले यहाँबाट छुट्ने बसहरु पोखरा भित्रिएरै बाहिरी जिल्ला जानेछन् । यसअघी प्रदेश स्तरीय बसपार्कबाट सिधै बाइपास रोडमार्फत स्याङ्जा र पर्वत जोड्ने भनिएको थियो । तर बाइपास रोड नबनिसकेकाले पोखराका भित्री बाटोबाटै बसहरु अन्य जिल्ला भित्रिनेगरी बसपार्कको डिपीआर तयार पारिएको छ ।

लामेआहालमा ८४ हजार ९ सय ४९ स्क्वार मिटर अर्थात एक सय ७२ रोपनी जग्गा बसपार्क लागि छुट्याइने छ । सुरुमा ७० प्रतिशत सार्वजनिक ३० व्यक्तिगत जग्गा भएपनि अहिले ३० प्रतिशत सार्वजनिक ७० प्रतिशत जग्गा व्यक्तिको बनेको पाइएको उनले बताए । प्रदेश बसपार्कमा ८० वटा लामो दुरीमा चल्ने बस, ३० वटा सिटी बस, पेट्रोल पम्प, पसल बस्ने टहरा समेतको डिजाइन् छ ।

जसको लागत एक अर्ब ४२ करोड लाग्ने अनुमान गरिएको छ । तत्काल १२० रोपनी जग्गा बसपार्क लागि प्रयोग गर्ने र बाँकी जग्गा आवश्यकता अनुरुप पछि थप गर्दै लैजाने योजना रहेको इन्जिनियर कोइरालाले बताए । अनुगमनमा प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्याल र वडा नम्बर ३२ का वडाध्यक्ष रामचन्द्र अधिकारी सहितको सहभागिता थियो । स्थानीयले आफ्ना समस्याका बारेमा जानकारी गराएका थिए । आफूहरुलाई अन्यायन नगर्न र छिट्टै बसपार्क निर्माण गर्न उनीहरुले आग्रह गरे ।

त्यसैगरी गण्डकी प्रदेश सरकारले निर्माण गर्न लागेको पुडिटार स्थित औद्योगिक क्षेत्रको समस्याका बारेमा पनि मेयर आचार्य, उपमेयर मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्यालले अबलोकन गरेका छन् ।

औद्योगिक क्षेत्र निर्माणका लागि पनि महानगरले आवश्यक सहजिकरण गर्ने सो अबसरमा मेयर आचार्यले बताए । माथिल्लो पुडिटारमा रेलिङ महानगरको तर्फबाट निर्माण गर्ने र आवश्यक संरक्षणका लागि सहयोग गर्ने उक्त अवसरमा उनले आस्वासन दिए । उक्त स्थानमा ४५ घर स्थानात्नरण गर्नुपर्ने छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

१ महिना अगाडि

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको परिषद बैठक

१ महिना अगाडि

प्रादेशिक बसपार्क निर्माणमा पोखरा महानगरले सहजिकरण र सहकार्य गर्छ ः मेयर आचार्य

लामाचौरमा नेवारी भाषा प्रशिक्षण कार्यक्रम आयोजना

रानाभाटद्धारा राष्ट्रिय नागरिक पार्टीको केन्द्रिय सदस्यबाट राजिनामा

जिल्ला फेन्सीङ संघ कास्कीको बरिष्ठ उपाध्यक्षमा गुरुङ

  • चर्चित
  • भर्खरै

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

७ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

७ महिना अगाडि

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

६ महिना अगाडि

सभापतिको उम्मेदवारको टुंगो लगाउन देउबा र पौडेल पक्ष छुटा छुटै बैठकमा

७ महिना अगाडि

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

0

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

0

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

0

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

0

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

१ महिना अगाडि

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको परिषद बैठक

१ महिना अगाडि

प्रादेशिक बसपार्क निर्माणमा पोखरा महानगरले सहजिकरण र सहकार्य गर्छ ः मेयर आचार्य

१ महिना अगाडि

लामाचौरमा नेवारी भाषा प्रशिक्षण कार्यक्रम आयोजना

१ महिना अगाडि
Prime News Nepal

© 2022 Prime News - Designed by MPG Solution.

महत्वपूर्ण लिङ्कहरु

  • Home
  • Prime News Nepal
  • Sample Page
  • Win Free Slot Machines Using Facebook

सामाजिक सञ्जालहरु

  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य