कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Prime News Nepal
Advertisement
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Prime News Nepal
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

लामाचौरमा नेवारी भाषा प्रशिक्षण कार्यक्रम आयोजना

प्राइम न्युज प्राइम न्युज
४ हप्ता अगाडि

पोखरा १९ जेठ ।

गण्डकी प्रज्ञा प्रतिष्ठानको सहयोगमा पोखराको लामाचौरमा नेवारी भाषा प्रशिक्षण कार्यक्रम आयोजना भएको छ । प्रशिक्षण कार्यक्रमको उद्घाटन शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश, पोखराका सचिव देवेन्द्र लामिछानेले गर्नुभयो ।

शुभारम्भ कार्यक्रममा बोल्दै सचिव लामिछानेले गण्डकी प्रज्ञा प्रतिष्ठानले विभिन्न जातीको मातृभाषा संरक्षणको लागि प्रशिक्षण कार्यक्रम आयोजना गर्न सहयोग गरेकोमा प्रशंसा गर्नुभयो । मातृभाषा संरक्षणका लागि यस्ता कार्यक्रम फलदायी बन्ने उहाँको विश्वास छ ।

लामाचाौर नेवाः खलः गुठीका अध्यक्ष राम प्रसाद क्षेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर १९ का अध्यक्ष पुष्पेन्द्र पाण्डे, नेवाः खलः कास्कीका अध्यक्ष अशोक पालिखे, गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले आफ्ना भनाइ राख्नुभएको थियो । नेवारी भाषा प्रशिक्षण कार्यक्रमको प्रशिक्षकमा विक्रम उदास र मधुसुदन जोशी रहनुभएको छ ।

नेवाः खलः कास्की र नेवाः ल्याम्हं पुचः कास्कीको आव्हान तथा लामाचौर नेवाः खलः गुठीको आयोजनामा सुरु भएको प्रशिक्षण कार्यक्रम एक महिनासम्म सञ्चालन हुनेछ । प्रशिक्षण कार्यक्रममा १० वर्ष देखि माथीको उमेर समुहका २५ जना प्रशिक्षार्थीको सहभागीता रहेको छ ।

गण्डकी प्रज्ञा प्रतिष्ठानको सहयोगमा स्थापित जाती विस्तापित भाषा नाम दिएर यो प्रशिक्षण कार्यक्रम आयोजना भईरहेको छ । जस अनुसार तामाङ, र दुरा भाषाको प्रशिक्षण कार्यक्रम सम्पन्न भइसकेको गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले बताउनुभयो । नेवारी भाषा प्रशिक्षण कार्यक्रम भने दोस्रोपटक हुन लागेको हो । यसअगाडि नेवाः खलः पृथ्वीचोको आयोजनामा नेवारी भाषा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो ।

यसैगरी यहीं जेठ २२ गतेबाट गुरुङ भाषाको प्रशिक्षण कार्यक्रम पोखरामा सुरु गरिने गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङले जानकारी दिनुभयो । प्रतिष्ठानले साहित्यका सबै विधालाई महत्वका साथ स्थान दिँदै यिनको संरक्षण तथा प्रवद्र्धन गर्न निरन्तर कार्य गर्ने उपकुलपति गुरुङको भनाई छ । आगामी आर्थिक वर्षमा समेत मातृभाषा प्रशिक्षण कार्यक्रमलाई निरन्तरता दिने योजना गण्डकी प्रज्ञा प्रतिष्ठानले बनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

४ हप्ता अगाडि

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको परिषद बैठक

४ हप्ता अगाडि

प्रादेशिक बसपार्क निर्माणमा पोखरा महानगरले सहजिकरण र सहकार्य गर्छ ः मेयर आचार्य

लामाचौरमा नेवारी भाषा प्रशिक्षण कार्यक्रम आयोजना

रानाभाटद्धारा राष्ट्रिय नागरिक पार्टीको केन्द्रिय सदस्यबाट राजिनामा

जिल्ला फेन्सीङ संघ कास्कीको बरिष्ठ उपाध्यक्षमा गुरुङ

  • चर्चित
  • भर्खरै

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

६ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

७ महिना अगाडि

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

६ महिना अगाडि

सभापतिको उम्मेदवारको टुंगो लगाउन देउबा र पौडेल पक्ष छुटा छुटै बैठकमा

७ महिना अगाडि

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

0

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

0

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

0

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

0

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

४ हप्ता अगाडि

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको परिषद बैठक

४ हप्ता अगाडि

प्रादेशिक बसपार्क निर्माणमा पोखरा महानगरले सहजिकरण र सहकार्य गर्छ ः मेयर आचार्य

४ हप्ता अगाडि

लामाचौरमा नेवारी भाषा प्रशिक्षण कार्यक्रम आयोजना

४ हप्ता अगाडि
Prime News Nepal

© 2022 Prime News - Designed by MPG Solution.

महत्वपूर्ण लिङ्कहरु

  • Home
  • Prime News Nepal
  • Sample Page
  • Win Free Slot Machines Using Facebook

सामाजिक सञ्जालहरु

  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य