पोखरा , १५ जेठ ।
बिहान ९ बजेर ५५ मिनेटजादा पोखराबाट जोमसोमका लागि उडेको तारा एयर सम्पर्क बिहिन छ । जहाजको पछिल्लो अवस्थाको बारेमा अहिलेसम्म कुनै जानकारी आएको छैन । सो जहाजमा १६ जना नेपाली र भारतीय नागरिकसहित ६ जना विदेशी नागरिक रहेको खुलेको छ ।
विमानमा इन्द्र बहादुर गोले, पुरुषेत्तम गोले, राजन कुमार गोले, मिक ग्र्याट, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकर बहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुल्सादेवी तामाङ, अशोक कुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, युवी विल्नर र वैभवी बाण्डेकर सवार थिए ।
यस्तै विमान क्याप्टेन प्रभावकर घिमिरेले उडाएका थिए भने सहचालक उत्सव पोखरेल र एयर होस्टेज किस्मी थापा थिइन् । बिहान १०:१० बजेसम्म सम्पर्कमा रहेको सो जहाज बिहान १०:१५ बजे जोमसोममा अवतरण हुने समय थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-