कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Prime News Nepal
Advertisement
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Prime News Nepal
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

आज गणतन्त्र दिवस

प्राइम न्युज प्राइम न्युज
१ महिना अगाडि

पोखरा, १५ जेठ ।

आज गणतन्त्र दिवस । देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । गणतन्त्र घोषणा भएको १४ वर्ष पूरा भइ १५ वर्ष लागेको छ । जननिर्वाचित पहिलो संविधान सभाबाट २०६५ साल जेठ १५ गते निरङ्कुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको घोषणा भएको थियो। २०६३ साल वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले आन्दोलनरत दलको मार्गचित्रबमोजिम २०५९ साल जेठ ८ गते विघटन भएको संसद् पुनःस्थापना गर्नुभयो ।

गणतन्त्र स्थापनाका लागि यही आन्दोलन जगका रूपमा स्थापित भयो। संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण चुनाव हुन सकेन। चुनाव नभएपछि राजाले इच्छा लागेका मानिसलाई प्रधानमन्त्री बनाउने र हटाउने शृङ्खला चल्यो ।राजा ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवा गरी तीन जनालाई प्रधानमन्त्री बनाउँदै हटाउँदै गर्नुभयो । २०६१ साल माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र तत्कालीन सशस्त्र युद्धरत नेकपा (माओवादी) का बीच १२ बुँदे समझदारी भयो । पूर्ण लोकतन्त्र स्थापनाका लागि दुवै शक्तिबीच समझदारी भएको थियो ।

२०६२ साल मङ्सिरमा १२ बुँदे समझदारीका माध्यमबाट तीन ध्रुवमा विभाजन भएका राजनीतिक शक्ति दुई ध्रुवमा आएपछि आन्दोलनले गति लियो । २०६२ साल फागुनदेखि सुरु भएको निर्णायक आन्दोलनले चैतमा गति लियो । नयाँ वर्षसँगै लाखौँ नागरिक सडकमा आए । त्यसपछि ज्ञानेन्द्र शाह दलहरूको मार्गचित्रमा सहमत हुनुभयो । आन्दोलनरत दलले गरेकै मस्यौदाका आधारमा उहाँले वैशाख ११ गते राति संसद् पुनःस्थापनाको घोषणा गरी बैठकसमेत आह्वान गर्नुभयो । यसैले वैशाख ११ गतेलाई लोकतन्त्र दिवस भनिन्छ । यो दिनलाई नै गणतन्त्रको जगको रूपमा लिइन्छ ।

२०६३ साल जेठ ४ गतेको संसद्ले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन गर्याे। बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर संविधान सभा चुनाव गर्ने सङ्कल्प प्रस्ताव पारित गरेको थियो । २०६४ साल चैत २८ गते पहिलो संविधान सभा चुनाव भयो । संविधान सभाको २०६५ साल जेठ १५ गते बसेको पहिलो बैठकले २ सय ४० वर्षे राजसंस्थाको विधिवत् अन्त्य गर्यो ।

२०७० साल मङ्सिर ४ गते सम्पन्न दोस्रो संविधान सभा निर्वाचनबाट निर्वाचित सभाले २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गर्यो । संविधानबमोजिम तीनै तहको चुनाव भइ संविधान कार्यान्वयन भयो । जसअनुसार सङ्घीय, प्रादेशिक र स्थानीय सरकारले शासन सञ्चालन गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

४ हप्ता अगाडि

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको परिषद बैठक

४ हप्ता अगाडि

प्रादेशिक बसपार्क निर्माणमा पोखरा महानगरले सहजिकरण र सहकार्य गर्छ ः मेयर आचार्य

लामाचौरमा नेवारी भाषा प्रशिक्षण कार्यक्रम आयोजना

रानाभाटद्धारा राष्ट्रिय नागरिक पार्टीको केन्द्रिय सदस्यबाट राजिनामा

जिल्ला फेन्सीङ संघ कास्कीको बरिष्ठ उपाध्यक्षमा गुरुङ

  • चर्चित
  • भर्खरै

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

६ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

७ महिना अगाडि

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

६ महिना अगाडि

सभापतिको उम्मेदवारको टुंगो लगाउन देउबा र पौडेल पक्ष छुटा छुटै बैठकमा

७ महिना अगाडि

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

0

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

0

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

0

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

0

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

४ हप्ता अगाडि

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको परिषद बैठक

४ हप्ता अगाडि

प्रादेशिक बसपार्क निर्माणमा पोखरा महानगरले सहजिकरण र सहकार्य गर्छ ः मेयर आचार्य

४ हप्ता अगाडि

लामाचौरमा नेवारी भाषा प्रशिक्षण कार्यक्रम आयोजना

४ हप्ता अगाडि
Prime News Nepal

© 2022 Prime News - Designed by MPG Solution.

महत्वपूर्ण लिङ्कहरु

  • Home
  • Prime News Nepal
  • Sample Page
  • Win Free Slot Machines Using Facebook

सामाजिक सञ्जालहरु

  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य