कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Prime News Nepal
Advertisement
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Prime News Nepal
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

प्रथम गण्डकी प्रदेश स्तरीय जिम्न्यास्टिक प्रतियोगितामा सीता र रोशन प्रथम

प्राइम न्युज प्राइम न्युज
१ महिना अगाडि

पोखरा, १४ जेठ ।

पोखरामा शनिबार सम्पन्न प्रथम गण्डकी प्रदेश स्तरीय जिम्न्यास्टिक प्रतियोगितामा कास्कीका रोशन पुन र सीता कुमारी खड्का प्रथम भएका छन् । कास्की जिल्ला जिम्न्यास्टिक संघले प्रतियोगिता आयोजना गरेको हो । महिलातर्फ सीता कुमारी प्रथम हुँदा सुबि भासिका द्वितीय र कृति खत्री तृतीय भइन् । यस्तै, पुरुषतर्फ रोशन सर्वोत्कृष्ट रहँदा कास्कीकै विशाल पुन द्वितीय र बाग्लुङका कृष्ण कँडेल तृतीय भए ।

प्रतियोगितामा विजेताहरुले नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ, गण्डकी प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष ध्वजकुमार गुरुङ, जिम्न्यास्टिक संघका केन्द्रीय सदस्य योगेन्द्र गुरुङलगायतले उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार प्रदान गरे ।

प्रमुख अतिथि मन्त्री गुरुङले जिम्न्यास्टिक खेललाई बालबालिका तहसम्मै लगेर यसरी प्रतियोगिता आयोजना गरेकोमा आयोजकप्रति आभार व्यक्त गरे । उनले पोखरा रंगशालामा जिम्न्यास्टिक खेल अभ्यासका लागि स्थान उपलब्ध गराएको जानकारी गराउँदै गण्डकी प्रदेश सरकार यस खेल विकासको लागि प्रतिबद्ध रहेको जनाए ।

कार्यक्रमको अध्यक्षतासमेत गरेका संघ कास्कीका कार्यवाहक अध्यक्ष राजु कायस्थले प्रत्येक खेलका लागि जिम्न्यास्टिक सहायक खेल भएकोले ‘मदर अफ स्पोर्टस्’ अर्थात् जिम्न्यास्टिकलाई खेलको जननी मानिएपनि सो अनुसार प्राथमिकतामा पर्नुपर्नेमा जोड दिए ।

सचिव प्रकाशचन्द्र सापकोटाले व्यक्तिको सन्तुलन, लचकता, बल, नियन्त्रण, धैर्यता र साहसिक गुणको समिश्रणका कारण जिम्न्यास्टिक हरेक खेलको जननी रूपमा रहेकाले राज्यले नै यसको विकासका लागि ध्यान दिनुपर्ने बताए । कार्यक्रममा स्वागत सहसचिव राजु केसीले गरेका थिए ।

नेपालमा २०२३ सालमा जापानी सहयोगमा जिम्न्यास्टिक खेलको सुरुवात भएको पाइन्छ । त्यसको चार वर्षपछि राष्ट्रिय खेलकुद परिषद (राखेप)ले जिम्न्यास्टिक संघ गठन गरेको थियो । जिम्न्यास्टिक संघ नेपालको पुरानो संघमा पर्छ तर राज्यको प्राथमिकतामा नपर्दा आफ्नो अस्तित्व जोगाउन अहिलेपनि संघर्ष गरिरहेको छ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

४ हप्ता अगाडि

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको परिषद बैठक

४ हप्ता अगाडि

प्रादेशिक बसपार्क निर्माणमा पोखरा महानगरले सहजिकरण र सहकार्य गर्छ ः मेयर आचार्य

लामाचौरमा नेवारी भाषा प्रशिक्षण कार्यक्रम आयोजना

रानाभाटद्धारा राष्ट्रिय नागरिक पार्टीको केन्द्रिय सदस्यबाट राजिनामा

जिल्ला फेन्सीङ संघ कास्कीको बरिष्ठ उपाध्यक्षमा गुरुङ

  • चर्चित
  • भर्खरै

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

६ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

७ महिना अगाडि

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

६ महिना अगाडि

सभापतिको उम्मेदवारको टुंगो लगाउन देउबा र पौडेल पक्ष छुटा छुटै बैठकमा

७ महिना अगाडि

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

0

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

0

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

0

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

0

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

४ हप्ता अगाडि

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको परिषद बैठक

४ हप्ता अगाडि

प्रादेशिक बसपार्क निर्माणमा पोखरा महानगरले सहजिकरण र सहकार्य गर्छ ः मेयर आचार्य

४ हप्ता अगाडि

लामाचौरमा नेवारी भाषा प्रशिक्षण कार्यक्रम आयोजना

४ हप्ता अगाडि
Prime News Nepal

© 2022 Prime News - Designed by MPG Solution.

महत्वपूर्ण लिङ्कहरु

  • Home
  • Prime News Nepal
  • Sample Page
  • Win Free Slot Machines Using Facebook

सामाजिक सञ्जालहरु

  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य