कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Prime News Nepal
Advertisement
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Prime News Nepal
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

लेखनाथको संबृद्धि सहकारीले आयोजना गरेको रक्तदान कार्यक्रममा ७४ युनिट रगत संकलन

प्राइम न्युज प्राइम न्युज
१ महिना अगाडि

पोखरा, १४ जेठ ।

संबृद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आयोजना गरेको रक्तदान कार्यक्रममा ७४ जनाले रक्तदान गरेका छन् । पोखरा महानगरपालिका वडा नंं २६ र २७ का वडाध्यक्ष नरेन्द्र थापा र पूर्णकुमार गुरुङ्गले पहिलो रक्तदाता समिक्षा गिरी र विश्वनाथ त्रिपाठीलाई ब्लड व्याग हस्तान्तरण गरेर कार्यक्रमको शुभारंभ गरेका थिए ।

कार्यक्रममा रक्तदान समेत गरेका वडा नं. २६ वडाध्यक्ष थापाले मानव सेवाका सवै कामहरुमा वडाले सहकार्य गर्ने उल्लेख गरे । रक्तदानका बारेमा युवापुस्तामा भ्रम रहेको उल्लेख गर्दै, अध्यक्ष थापाले चेतना अभिवृद्धिका कार्यक्रम ल्याउन समेत रक्तसंचार केन्द्रलाई आग्रह गरे । उनले वडाको विकासका लागि प्रभुद्ध वर्गसँग सहकार्य गरेर योजना बनाउने प्रतिवद्धता समेत व्यक्त गरे ।

पोखरा महानगरपालिका वडा नंं २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङ्गले रगतको आवश्यकता रहेको सन्देश रक्त संचारले गर्ने लगत्तै सहकारीले कार्यक्रमको आयोजना गरेर मानविय सेवा गरेको उल्लेख गरे । उनले जनताले दोश्रो कार्यकालका लागि समेत अनुमोदन गरेकाले जनताको विश्वासमा आँच नआउने गरी काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय रक्तसंचार केन्द्रले स्थायी रक्तदाताको परिचयपत्र उपलब्ध गराई अस्पतालका सेवाहरुमा सहुलियत दिन आग्रह गरे ।
२८ औं पटक रक्तदान गरेका सहकारी सदस्य पोखरा तालचोक निवासी सुरजजंग राणाले रक्तदानको महत्वको बारेमा वुझेकाले नियमित रक्तदान गर्दै आएको बताए । उनले आफ्नो बुवाको उपचारमा समेत धेरै पटक रगत दिनु परेकाले स्वास्थ्यले साथ दिईन्जेल रक्तदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।

सहकारीका अध्यक्ष सुमन भट्टराईले पोखरामा रगत अभाव भएको बेला आफ्नो संस्थालाई संझन रक्तसंचार केन्द्रलाई आग्रह गरे । कार्यक्रममा पहिलो पटक देखी २८ पटकसम्म रक्तदान गर्ने दाताहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन सचिव नवराज तिवारीले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

४ हप्ता अगाडि

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको परिषद बैठक

४ हप्ता अगाडि

प्रादेशिक बसपार्क निर्माणमा पोखरा महानगरले सहजिकरण र सहकार्य गर्छ ः मेयर आचार्य

लामाचौरमा नेवारी भाषा प्रशिक्षण कार्यक्रम आयोजना

रानाभाटद्धारा राष्ट्रिय नागरिक पार्टीको केन्द्रिय सदस्यबाट राजिनामा

जिल्ला फेन्सीङ संघ कास्कीको बरिष्ठ उपाध्यक्षमा गुरुङ

  • चर्चित
  • भर्खरै

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

६ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

७ महिना अगाडि

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

६ महिना अगाडि

सभापतिको उम्मेदवारको टुंगो लगाउन देउबा र पौडेल पक्ष छुटा छुटै बैठकमा

७ महिना अगाडि

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

0

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

0

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

0

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

0

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

४ हप्ता अगाडि

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको परिषद बैठक

४ हप्ता अगाडि

प्रादेशिक बसपार्क निर्माणमा पोखरा महानगरले सहजिकरण र सहकार्य गर्छ ः मेयर आचार्य

४ हप्ता अगाडि

लामाचौरमा नेवारी भाषा प्रशिक्षण कार्यक्रम आयोजना

४ हप्ता अगाडि
Prime News Nepal

© 2022 Prime News - Designed by MPG Solution.

महत्वपूर्ण लिङ्कहरु

  • Home
  • Prime News Nepal
  • Sample Page
  • Win Free Slot Machines Using Facebook

सामाजिक सञ्जालहरु

  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य