कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Prime News Nepal
Advertisement
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Prime News Nepal
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

बालश्रम न्यूनिकरणमा परिवार, विद्यालय र समाजको भूमिका महत्वपूर्ण ः मन्त्री थापा

प्राइम न्युज प्राइम न्युज
१ महिना अगाडि

पोखरा, १४ जेठ ।

गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले बालश्रम न्यूनिकरणमा परिवार, विद्यालय र समाजको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । पोखरा उद्योग बाणिज्य संघले किडासाको सहयोगमा शनिबार आयोजना गरेको श्रम तथा जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकाहरुका लागि “शैक्षिक सामग्री तथा विद्यालय पोशाक वितरण कार्यक्रम” लाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

मन्त्री थापाले बालश्रम न्यूनिकरण र बालबालिकालाई विद्यालय पठाउने विषयमा किडासा जस्तो संस्थाले उल्लेखनिय काम गर्दै आएको बताउनुभयो । बालबालिकाका लागि यस्ता कार्यक्रम अत्यन्त आवश्यक रहेको भनाई उहाँको थियो । उहाँले बालबालिकालाई शिक्षाबाट वण्चित नगराउन परिवारलाई आग्रह गर्नुभयो । नेपाल सरकारले सरकारी विद्यालयहरुमा ५ कक्षा सम्म उपलब्ध गराउँदै आएको निशुल्क खाजाका कारण विद्यार्थीहरुको आकर्षण बढ्दै गएको भनाई उहाँको थियो ।

“न्युन आयस्तर भएका परिवारका बालबालिकालाई शैक्षिक सामाग्री सहयोग गर्दा विद्यालय पठाउने बानीको विकास हुनेछ । सरकारी विद्यालयले शैक्षिक स्तरोन्नतिलाई विशेष ध्यान दिनुपर्ने आवश्यकता छ ।”, उहाँले भन्नुभयो । अहिले प्रविधिमैत्री शिक्षाको आवश्यकता रहेको र विद्यालयहरुले समेत त्यसलाई अनुसरण गर्नुपर्ने आवश्यकतालाई उहाँले औंल्याउनुभएको छ । गण्डकी प्रदेश सरकारले ७० प्रतिशत बालबालिकालाई प्राविधिक शिक्षा उपलब्ध गराउने गरी काम गरिरहेको जानकारी उहाँले गराउनुभयो ।

नैतिक शिक्षा सँगै प्राविधिक शिक्षाको अभावमा रोजगारीका लागि अब कोहि बालबालिका पछि भौतारिन नपर्ने धारणा उहाँको छ । “आजका बालबच्चा भोलीको कर्णदार हुन् । सबल शिक्षाले नै बालबालिकालाई अगाडि बढ्न प्रेरित गर्छ । जसका लागि विद्यालयमा बालबालिकाको आकर्षण बढाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।”, उहाँले भन्नुभयो । पोखरा उद्योग बाणिज्य संघले व्यवसायिक हक हितका लागि मात्र काम नगरी सामाजिक उत्तरदायित्व अन्तर्गत गरेका यस्ता कार्यले थुप्रै बालबालिकाले लाभ लिनेमा उहाँ आशावादी हुनुहुन्छ ।

कार्यक्रममा क्लेपका अध्यक्ष राजेन्द्र कुमार लालचन, पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष नारायण कोइराला, पोखरा महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख हेम प्रसाद आचार्य, पोखरा उद्योग बाणिज्यसंघका उपाध्यक्षद्वय पवन प्रजापति, अर्जुन पोखरेल, महासचिव सुरेन्द्रमान बिजुक्छे, कोषाध्यक्ष बलराम आचार्य लगायतको उपस्थिति थियो । उनीहरु सबैले पोखराको शैक्षिक विकासका सबै मिलेर काम गर्नुपर्ने आवश्यकता आजको भएको बताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

४ हप्ता अगाडि

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको परिषद बैठक

४ हप्ता अगाडि

प्रादेशिक बसपार्क निर्माणमा पोखरा महानगरले सहजिकरण र सहकार्य गर्छ ः मेयर आचार्य

लामाचौरमा नेवारी भाषा प्रशिक्षण कार्यक्रम आयोजना

रानाभाटद्धारा राष्ट्रिय नागरिक पार्टीको केन्द्रिय सदस्यबाट राजिनामा

जिल्ला फेन्सीङ संघ कास्कीको बरिष्ठ उपाध्यक्षमा गुरुङ

  • चर्चित
  • भर्खरै

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

६ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

७ महिना अगाडि

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

६ महिना अगाडि

सभापतिको उम्मेदवारको टुंगो लगाउन देउबा र पौडेल पक्ष छुटा छुटै बैठकमा

७ महिना अगाडि

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

0

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

0

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

0

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

0

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

४ हप्ता अगाडि

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको परिषद बैठक

४ हप्ता अगाडि

प्रादेशिक बसपार्क निर्माणमा पोखरा महानगरले सहजिकरण र सहकार्य गर्छ ः मेयर आचार्य

४ हप्ता अगाडि

लामाचौरमा नेवारी भाषा प्रशिक्षण कार्यक्रम आयोजना

४ हप्ता अगाडि
Prime News Nepal

© 2022 Prime News - Designed by MPG Solution.

महत्वपूर्ण लिङ्कहरु

  • Home
  • Prime News Nepal
  • Sample Page
  • Win Free Slot Machines Using Facebook

सामाजिक सञ्जालहरु

  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य