कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Prime News Nepal
Advertisement
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Prime News Nepal
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

जेष्ठनागरिकलाई खाजा र सुत्केरीलाई पोषण खर्च उपलब्ध गराउने निर्णय गर्दै वडा नं. २६ का जनप्रतिनिधिको पदस्थापन

प्राइम न्युज प्राइम न्युज
१ महिना अगाडि

पोखरा, १३ जेठ ।

पोखरा महानगरपालिकाको वडा नं. २६ को नवनिर्वाचित जनप्रतिनिधिले वडाभित्र रहेका जेष्ठ नागरिकका लागि खाजा र विपन्न सुत्केरी महिलालाई पोषण खर्च उपलब्ध गराउने निर्णय गरेका छन् ।

वडाध्यक्ष नरेन्द्र थापाले शुक्रबार वडा कार्यालयमा पदभारग्रहण गर्दै, वडामा रहेका जेष्ठ नागरिक सेवा केन्द्रका जेष्ठ नागरिकलाई दिवा खाजा र विपन्न सुत्केरी महिलालाई पोषण खर्च वापत दुई हजार रुपैया उपलब्ध गराउने निर्णय गरेका हुन ।

पदस्थापन पछि आयोजित कार्यक्रममा बोल्दै वडाध्यक्ष नरेन्द्र थापाले वडाको विकासका लागि सवै राजनितिक पार्टीको सहयोग आवश्यक रहेको बताए । उनले चुनाव अघि आस्थाको आधारमा राजनितिक पार्टीले टिकट दिए पनि विजय पश्चात सवैको साझा जनप्रतिनिधिको रुपमा काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

अध्यक्ष थापाले दल विशेषका आधारमा कसैलाई विभेद नगरिने उल्लेख गर्दै, विगतमा भएका राम्रा कामहरुलाई निरन्तरता दिदै, महानगरको उत्कृष्ट वडा वनाउन सहयोगको खाँचो औल्याए ।

कार्यक्रममा निवर्तमान अध्यक्ष नारायण प्रसाद बरालले नवनिर्वाचित पदाधिकारीलाई बधाई दिदै, वडाको विकासमा पूर्व जनप्रतिनिधिको रुपमा सहयोग गर्ने प्रतिवद्धता जनाए । बरालले राजनितिक पार्टीहरुलाई जनताले गुण र दोषको आधारमा आवधिक निर्वाचन मार्फत अनुमोदन गर्ने उल्लेख गर्दै, युवाले नेतृत्व गरेको वडामा जनताले आशा र भरोसा गरेको बताए ।

नेकपा एमालेबाट चुनावी मैदानमा उत्रिएर पराजित भएका सुर्यनाथ भण्डारीले निर्वाचित जनप्रतिनिधिलाई राजनितिको घेरा भन्दा माथि उठेर समन्यायिक विकासमा जोडदिन आग्रह गरे । स्वतन्त्र उमेदवार नारायण लामिछानेले मुलुकमा युवा पुस्ताबाट जनताले आशा गरेको उल्लेख गर्दै, वडा नं. २६ मा परिवर्तन हुने आशा रहेको बताए ।

यसैगरी पदस्थापन पछि वडा कार्यालयका कर्मचारीसँग नवनिर्वाचित जनप्रतिनिधिले सेवा प्रवाह लगाएका बिषयमा छलफल गरेका थिए । वडा सदस्यहरु लक्ष्मी देबी भट्टराई, तिर्थवहादुर राजभाट, सुदिपराज ढुंगाना र सुजता बराल सुनारले जनताको काम छिटो छरितो गर्ने वातावरण मिलाउन कर्मचारीहरुलाई आग्रह गरेका थिए । वडा सचिव मीना भट्टराई भण्डारीले जनप्रतिनिधि र कर्मचारीको सहकार्यले वडाका विकास निर्माण र सेवा प्रवाहलाई सहज बनाउन सकिने बताईन ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

४ हप्ता अगाडि

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको परिषद बैठक

४ हप्ता अगाडि

प्रादेशिक बसपार्क निर्माणमा पोखरा महानगरले सहजिकरण र सहकार्य गर्छ ः मेयर आचार्य

लामाचौरमा नेवारी भाषा प्रशिक्षण कार्यक्रम आयोजना

रानाभाटद्धारा राष्ट्रिय नागरिक पार्टीको केन्द्रिय सदस्यबाट राजिनामा

जिल्ला फेन्सीङ संघ कास्कीको बरिष्ठ उपाध्यक्षमा गुरुङ

  • चर्चित
  • भर्खरै

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

६ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

७ महिना अगाडि

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

६ महिना अगाडि

सभापतिको उम्मेदवारको टुंगो लगाउन देउबा र पौडेल पक्ष छुटा छुटै बैठकमा

७ महिना अगाडि

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

0

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

0

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

0

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

0

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

४ हप्ता अगाडि

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको परिषद बैठक

४ हप्ता अगाडि

प्रादेशिक बसपार्क निर्माणमा पोखरा महानगरले सहजिकरण र सहकार्य गर्छ ः मेयर आचार्य

४ हप्ता अगाडि

लामाचौरमा नेवारी भाषा प्रशिक्षण कार्यक्रम आयोजना

४ हप्ता अगाडि
Prime News Nepal

© 2022 Prime News - Designed by MPG Solution.

महत्वपूर्ण लिङ्कहरु

  • Home
  • Prime News Nepal
  • Sample Page
  • Win Free Slot Machines Using Facebook

सामाजिक सञ्जालहरु

  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य