कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Prime News Nepal
Advertisement
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Prime News Nepal
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

होटल संघ गण्डकीको नयाँ कमिटी

प्राइम न्युज प्राइम न्युज
१ महिना अगाडि

पोखरा, ०९ जेठ ।

होटल संघ नेपाल (हान) गण्डकी गठन गरिएको छ । संस्थाको अध्यक्षमा पुराना पर्यटन व्यवसायी हरिप्रसाद शर्मा गैह्रे निर्विरोध निर्वाचित भएका छन् । गण्डकी प्रदेश स्थिति विभिन्न ११ जिल्लाका होटल संघका अध्यक्षहरुको भेलाले शर्मालाई अध्यक्ष चुन्दै नयाँ कार्यसमिति समेत चयन गरेको छ । शर्मा होटल संघ पोखरा नेपालका पूर्व अध्यक्ष एवं सल्लाहकार हुन् । उनी लेकसाइड स्थित होटल पोखरा भिलेजका संचालक पनि हुन् ।

प्रदेशको प्रथम बोर्ड बैठक नाम दिइएको भेलालले भरतराज पराजुलीलाई प्रथम उपाध्यक्षको जिम्मेवारी दिएको छ । पराजुली हानका केन्द्रिय सदस्य एवं होटल संघ पोखरा नेपालका पूर्व अध्यक्ष एवं सल्लाहकार पनि हुन् । यसैगरी प्रदेश कमिटीको द्वितीय उपाध्यक्षमा तनहुँका पुराना होटल व्यवसायी राजकुमार श्रेष्ठलाई चयन गरिएको छ । गोर्खाका व्यवसायी मनप्रसाद धितालले सचिवको जिम्मेवारी पाएका छन् भने पर्वतका होटल व्यवसायी कृष्णप्रसाद श्रेष्ठ कोषाध्यक्षमा चयन भएका छन् ।

यसैगरी समितिको सदस्यमा होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदी, बाग्लुङका अध्यक्ष सञ्जयकुमार श्रेष्ठ, म्याग्दीकी अध्यक्ष सिर्जना भट्टचन, तनहुँका अध्यक्ष जीवन शाही, नवलपुरका अध्यक्ष डीवी चौधरी र लम्जुङका अध्यक्ष रामकुमार श्रेष्ठ रहेका छन् । स्याङजा, मुस्ताङ र मनाङबाट पनि समितिमा छिटै प्रतिनिधित्व गराइने नवनिर्वाचित अध्यक्ष गैह्रेले जानकारी दिए ।

सो अवसरमा बोल्दै सबै पदाधिकारी र सदस्यहरुले व्यवसायिक एकतामा जोड दिएका थिए । होटल क्षेत्रले उद्योग सरहको मान्यता पाउनुपर्ने, पर्यटकको संख्या भन्दा गुणस्तरमा ध्यान दिनुपर्ने, प्रबद्र्धनको कामलाई अगाडि बढाउनुपर्ने लगायतका भनाई पनि उनीहरुले राखेका थिए । नवनिर्वाचित अध्यक्ष गैह्रेले सबै जिल्लाका सबै होटल संघ र सम्बन्धित व्यवसायीलाई समेटेर उहाँहरुको सल्लाह र सुझाव अनुसार नै प्रदेश कमिटी अगाडि बढ्ने भनाई राखे । हानका केन्द्रिय सदस्य विप्लव पौडेलले प्रदेश कमिटी गठन गर्न केन्द्रबाट पाएको जिम्मेवारी आफूले पूरा गरेको भन्दै नयाँ कमिटीलाई बधाई ज्ञापन गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

४ हप्ता अगाडि

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको परिषद बैठक

४ हप्ता अगाडि

प्रादेशिक बसपार्क निर्माणमा पोखरा महानगरले सहजिकरण र सहकार्य गर्छ ः मेयर आचार्य

लामाचौरमा नेवारी भाषा प्रशिक्षण कार्यक्रम आयोजना

रानाभाटद्धारा राष्ट्रिय नागरिक पार्टीको केन्द्रिय सदस्यबाट राजिनामा

जिल्ला फेन्सीङ संघ कास्कीको बरिष्ठ उपाध्यक्षमा गुरुङ

  • चर्चित
  • भर्खरै

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

६ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

७ महिना अगाडि

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

६ महिना अगाडि

सभापतिको उम्मेदवारको टुंगो लगाउन देउबा र पौडेल पक्ष छुटा छुटै बैठकमा

७ महिना अगाडि

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

0

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

0

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

0

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

0

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

४ हप्ता अगाडि

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको परिषद बैठक

४ हप्ता अगाडि

प्रादेशिक बसपार्क निर्माणमा पोखरा महानगरले सहजिकरण र सहकार्य गर्छ ः मेयर आचार्य

४ हप्ता अगाडि

लामाचौरमा नेवारी भाषा प्रशिक्षण कार्यक्रम आयोजना

४ हप्ता अगाडि
Prime News Nepal

© 2022 Prime News - Designed by MPG Solution.

महत्वपूर्ण लिङ्कहरु

  • Home
  • Prime News Nepal
  • Sample Page
  • Win Free Slot Machines Using Facebook

सामाजिक सञ्जालहरु

  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य