पोखरा, ०६ जेठ ।
पोखरा महानगरपालिकामा गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले मतान्तर फराकिलो पारेका छन् । पोखरामा अहिलेसम्म आचार्यले एमालेका कृष्ण थापालाई ३ हजार १ सय ६६ मतान्तरले पछि पारेका छन् ।
आचार्यले २६ हजार ४११ मत ल्याउँदा एमालेका उम्मेदवार थापाले २३ हजार २४५ मत ल्याएका छन् । उपमेयरमा भने प्रतिस्पर्धात्मक देखिएको छ । कांग्रेसकी कोपिला रानाभाटले २६ हजार ६४४ मत ल्याउँदा एमालेकी मञ्जु गुरुङले २६ हजार ५७८ मत ल्याएकी छन् ।
मेयरमा राप्रपाका शंकर खरालले २ हजार ७०३ मत ल्याएका छन् भने स्वतन्त्र उम्मेदवार गनेस पौडेलले १ हजार ५७७ मत ल्याएका छन् । उपमेयरमा राप्रपा उम्मेदवार रञ्जना सेनले २ हजार ५०८ मत पाएकी छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-