पोखरा, ०५ जेठ ।
गण्डकी प्रदेश सभाको बजेट अधिवेशन २०७९ जेठ ११ गते दिनको १ बजे बस्ने भएको छ ।
प्रदेश सरकारको जेठ ५ गते बसेको मन्त्रिपरिषदको सिफारिस अनुसार प्रदेश प्रदेश प्रमुख माननीय पृथ्वीमान गुरुङले अधिवेशन आह्वान गर्नुभएको हो । जेठ १२ गते बजेटका सिद्धान्त तथा प्राथमिकता पेस गर्ने तयारी सरकारले गरेको छ ।
बजेटका सिद्धान्त तथा प्राथमिकतामाथि छलफल सकिएपछि नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ । प्रदेश सरकारले असार १ गते बजेट प्रस्तुत गर्नुपर्ने हुन्छ ।
प्रतिक्रिया लेख्नुहोस्:-