कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Prime News Nepal
Advertisement
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Prime News Nepal
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

तमु धिं नेपालले ३७ औं स्थापना दिवस मनायो, नवनिर्मित बैठक कक्ष उद्घाटन

प्राइम न्युज प्राइम न्युज
१ महिना अगाडि

पोखरा, ५ जेठ

तमु समुदायको पुरानो, अग्रणी सामाजिक संस्था तमु धिं नेपालले आफ्नो ३७ औं स्थापना दिवस मनाएको छ। विसं. २०४२ सालको जेठ ५ गते स्थापित तमु धिं नेपालले पोखरा ९ नयाँबजारस्थित तमु धिंमा शुभकामना आदानप्रदानसँगै तमु धिं नेपालको नवनिर्मित बैठककक्षको उद्घाटन गर्दै स्थापना दिवस मनाएको हो।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य मीना गुरुङले कार्यक्रम एवम निर्वाचन क्षेत्र पुर्वाधार विकास अन्र्तगत माननीय गुरुङद्धारा कास्की क्षेत्र नं.२ ख को कार्यक्रममा समावेश तमु धिं नेपालको नवनिर्मित बैठक कक्षको उद्घाटन गर्नुभएको हो। कार्यक्रममा तमु धिं नेपालको स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुहुदै प्रमुख अतिथि गुरुङले तमु धि नेपाल तमु समुदायको मात्रै नभई मानवहितकारी संस्था भएको बताउनुभयो। सामुदायिक एकता, हित, तमु समुदायको मौलिकताको संरक्षण र विकाससँगै सामाजिक एवम मानवीय हितकार्यको प्रसंशा गर्नुभयो। उहाँले तमु धिं नेपालको संस्थापक अध्यक्ष कर्म तमुको योगदान र वर्तमान अध्यक्ष हुमबहादुर तमुको क्रियाशिलता अनुकरणीय रहेको भन्दै सिमित श्रोतबाट संस्थागत विकासका लागि सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो भने आगामी दिनमा सक्दो सहयोग गर्ने बताउनुभयो।

कार्यक्रममा सल्लाहकार एवम संरक्षक सदस्य मेजर डिलबहादुर गुरुङ, संस्थाहरुको तर्फबाट ङ्योए तमु धिंका महासचिव काशीमाया गुरुङ,क्षेत्रिय समाजका अध्यक्षहरुको तर्फबाट अघौं तमु समाजका अध्यक्ष गोपालमान गुरुङ, साउथ इष्ट रिजनल तमु धिं युकेका पुर्व अध्यक्ष क्या.नारायणबहादुर गुरुङ एमभिओ, कोने घोताने घोण्डे तमु समाज युकेका चेलीबेटी अध्यक्ष चन्द्रदेवी गुरुङ, तमु धिं नेपाल युवा समितिका संयोजक एवम हालै अन्नपुर्ण गाँउपालिका वडा नं.९ को वडाध्यक्षमा निर्वाचित रमेश गुरुङ लगायतको तमु धिं नेपालको स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा युवा समितिका संयोजक एवम हालै अन्नपुर्ण गाँउपालिका वडा नं.९ को वडाध्यक्षमा निर्वाचित हुनुभएकोमा रमेश गुरुङ र बुद्ध जयन्तीको अवसरमा बुद्ध जयन्ती मुल समारोह समिति कास्कीबाट सम्मानित तमु धिं नेपालका सल्लाहकार एवम संरक्षक सदस्य रुद्रकुमारी गुरुङ मैनालाई बधाई ज्ञापन गरिएको थियो। यसरी नै नेपाल आगमनको क्रममा साउथ इष्ट रिजनल तमु धिं युकेका पुर्व अध्यक्ष क्या.नारायणबहादुर गुरुङ एमभिओ र कोने घोताने घोण्डे तमु समाज युकेका चेलीबेटी अध्यक्ष चन्द्रदेवी गुरुङलाई तमु धिं नेपालले स्वागत गरेको थियो।

यसैबिच क्या.नारायण बहादुर गुरुङ÷चन्द्रदेवी गुरुङले तमु धिं नेपालमा निर्माण सहयोगार्थ १ लाख ५रुपैया सहयोग हस्तान्तरण गर्नुभएको थियो। तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष सुमे श्रीप्रसाद गुरुङले स्वागत र महासचिव जुनाकुमारी गुरुङले कार्यक्रम संचालन गर्नुभएको थियो।
—

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

४ हप्ता अगाडि

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको परिषद बैठक

४ हप्ता अगाडि

प्रादेशिक बसपार्क निर्माणमा पोखरा महानगरले सहजिकरण र सहकार्य गर्छ ः मेयर आचार्य

लामाचौरमा नेवारी भाषा प्रशिक्षण कार्यक्रम आयोजना

रानाभाटद्धारा राष्ट्रिय नागरिक पार्टीको केन्द्रिय सदस्यबाट राजिनामा

जिल्ला फेन्सीङ संघ कास्कीको बरिष्ठ उपाध्यक्षमा गुरुङ

  • चर्चित
  • भर्खरै

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

६ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

७ महिना अगाडि

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

६ महिना अगाडि

सभापतिको उम्मेदवारको टुंगो लगाउन देउबा र पौडेल पक्ष छुटा छुटै बैठकमा

७ महिना अगाडि

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

0

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

0

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

0

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

0

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

४ हप्ता अगाडि

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको परिषद बैठक

४ हप्ता अगाडि

प्रादेशिक बसपार्क निर्माणमा पोखरा महानगरले सहजिकरण र सहकार्य गर्छ ः मेयर आचार्य

४ हप्ता अगाडि

लामाचौरमा नेवारी भाषा प्रशिक्षण कार्यक्रम आयोजना

४ हप्ता अगाडि
Prime News Nepal

© 2022 Prime News - Designed by MPG Solution.

महत्वपूर्ण लिङ्कहरु

  • Home
  • Prime News Nepal
  • Sample Page
  • Win Free Slot Machines Using Facebook

सामाजिक सञ्जालहरु

  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य