पोखरा, ०४ जेठ ।
विवादपछि रोकिएको पोखरा महानगरपालिका–७ को मतगणना पुनः सुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय, दलका उम्मेद्वार र नेताबीचको बैठकपछि साढे पाँच बजेदेखि मतगणना पुनः सुरु भएको हो ।
कांग्रेसले धाँधली गरेको भन्दै नेकपा एमालेका कार्यकर्ताले बुधबार दिउँसो मतगणना स्थलमा नाराबाजी गरेका थिए ।
कांग्रेसले निर्धारितभन्दा बढी प्रतिनिधि राखेर धाँधली गरेको भन्दै एमालेका कार्यकर्ताले नाराबाजी गरेपछि मतगणना रोकिएको थियो । एमाले कास्की उपाध्यक्ष तेजनारायण अधिकारीमाथि हातपात गरेका कांग्रेस कार्यकर्ताले माफी मागेपछि मतगणना पुनः सुरु भएको हो ।
प्रतिक्रिया लेख्नुहोस्:-