पोखरा, ३१ वैशाख ।
पोखरा महानगरपाकिलाकामा ४ वटा वडाको मतगणना अहिले जारी छ । पोखरा महानगरपालिका वडा नम्बर १, २, १२ र २३ को गणना भएको हो ।
यहाँको मतगणना ८ ठाउँबाट भएको छ । पोखरामा करिब ६९ प्रतिशत मत खसेको थियो । २ लाख ७ हजार ७ सय १२ मतदातामध्ये १ लाख ४३ हजार २ सय २६ जनाले मतदान गरेका छन् । यो अघिल्लो पालिका तह चुनावमा भन्दा करिब ५ प्रतिशतले कम हो ।


कास्कीको रुपा गाउँपालिका, अन्नपुर्ण, माछापुच्छे, मादी गाउँपालिकामा मतगणना चलिरहेको छ । अन्नपूर्ण गाउँपालिकामा २० लाख ३ सय ४८ मतदाता रहेकोमा १४ हजार ९ सय ४ मत खसेका निर्वाचन कार्यालयले जानकारी दिएको छ । माछापुच्छे गाउँपालिकामा २० हजार ३ सय १६ जना मतदाता रहेका छन् ।
यस मध्ये १५ हजार १ सय ५० जनाले मतदान गरे । मादी गाउँपालिकामा १८ हजार ७ सय ८२ मतदातामा १३ हजार ७ सय ६३ जनाले मतदान गरेका छन् । रुपा गाउँपालिकामा १४ हजार ६ सय ७५ मतदातामा १० हजार ३ सय ४४ जनाले मतदान गरेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-