पोखरा, ३० वैशाख ।
पोखरा महानगरपालिका वडा नम्वर ४ का निवर्तमान वडाध्यक्ष शंकर बास्तोलाले पत्रकार कञ्चन थापालाई दुर्व्यवहारको प्रयास गरेका छन् ।
वडा नम्वर ४ मा रहेको मतदान स्थल नवीन माविमा एक जना वृद्व आमालाई मतदान गर्न काँग्रेसी कार्यकर्ताले तानातान गरेपछि शुरु भएको झगडाको फोटो भिडियो खिच्ने र झगडा मिलाउने क्रममा निवर्तमान वडाध्यक्ष तथा काँग्रेश नेता शंकर बास्तोलाले पत्रकार थापालाई दुर्व्यवहार गरेका हुन् ।


उनले पत्रकारको ज्याकेट खोल भन्दै धम्की दिनुका साथै हातपात गर्न खोजेको पत्रकार थापाले बताईन् । उनले भनिनः–“ अरु व्यक्तिहरुले नरोक्नुभएको भए उहाँले मलाई हात हाल्नुहुन्थ्यो, अरुले शंकरजी समातेर म जोगिए ।“
आफू वृद्व भएर एक्लै भोट हाल्न नसक्ने भएपछि छोरीलाई सँगै लिएर मतदान गर्न आएकी आमालाई काँग्रेशका कार्यकर्ताले भोट हाल्न तानतान गर्दा झगडाले उग्र रुप लिएको पत्रकार थापाले बताईन् ।
प्रतिक्रिया लेख्नुहोस्:-