पोखरा, ३० वैशाख ।
स्याङ्गजाको वालिङमा मतदाता बोकेको जिप दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ भने, १२ घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय स्याङ्गजाका प्रहरी नायव उपरीक्षक रविन्द्र खनालका अनुसार सिख्रेबाट मतदानका लागि आउँदै गरेको ग २ च ३०२६ नंवरको जिप वालिङ नगरपालिका –१४ पन्चमुल स्थित दुर्घटना भएको हो। घाइते मध्ये ५ जनालाई थप उपचारका लागि पोखरा पठाइएको छ।


जिपमा २५ जना सवार रहेको बुझिएको छ। जिप सडकबाट अन्दाजी ५०० मिटर तल खसेको बताइएको छ। भने दुर्घटनाको कारण खुलिसकेको छैन।
प्रतिक्रिया लेख्नुहोस्:-