पोखरा, २७ वैशाख ।
अनेम संघकी केन्द्रीय सदस्य देवका पहारी पोखरा ६ मा नेकपा एमालेका उमेद्वारलाई भोट माग्न आफैं अगाडि सरेकी छिन् । उनले आज घरदैलोको अन्तिम दिन पार्टीको तर्फबाट वडाका उमेद्वार र उलेख्य मात्रामा महिलाहरुको समुह सहित पार्टीका उमेद्वारको लागि वडामा भोट मागेकी हुन् ।
पहारीले घरदैलो कार्यक्रममा बोल्दै अहिले मतदाता समक्ष पार्टीका उमेद्वार खाली हात आएको भए पनि आम मतदाताको समस्या समाधान गरिने बताइन् । विकास तथा योजनाको खाका भने आफूहरुसंग रहेको नेतृ पहारीको भनाई थियो । अहिलेको निर्वाचनमा वडामा पार्टीबाट २ जना मात्रै उमेद्वार भए पनि आगामी निर्वाचनमा ५ जना नै महिला उमेद्वार हुने उनले घोषणा गरेकी छिन् । ‘आगामी निर्वाचनमा महिलालाई प्राथमिकता दिइने छ ।’ उनले भनिन्, ‘अवसर पाएको खण्डमा महिला पनि कम छैनन्, त्यसैले वडामा आगामी निर्वाचनमा ५ जना नै एमालेको तर्फबाट महिला उमेद्वार हुने छन् ।’


नेकपा एमालेबाट वडामा अध्यक्षका प्रत्यासी विष्णुबहादुर भट्टराईले यो निर्वाचन जितेको खण्डमा अर्को स्थानीय निर्वाचनमा वडामा भएका विकासका कामहरुलाई लिएर आउने बताए । प्रतिवद्धतापत्रमा आफूले उल्लेख गरेका योजना तथा विकासका कामलाई अक्षरशः पालना गर्ने समेत उनको भनाई छ ।
सो भेलामा अध्यक्षमा प्रत्यासी भट्टराई, महिला सदस्यका उमेद्वार जमुना पहारी पराजुली, दलित महिला सदस्यका उमेद्वार राममाया विश्वकर्मा, पुरुषतर्फ खुल्ला सदस्यका उमेद्वार दीपेन्द्र पहारी र बासुदेव बरालका साथ पार्टीका जिम्मेवारी सदस्यको सहभागिता थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-