पोखरा, २५ वैशाख ।
पोखरामा मंगलवार पोखरा महानगरपालिका नगर प्रमुख (मेयर) पद का उम्मेदवारहरू र नागरिकबीच अन्तरक्रिया ( ककस ) कार्यक्रम हुने भएको छ । पोखरा जेसीज, पोखरा लेडी जेसीज र लेखनाथ जेसीजको संयुक्त आयोजना तथा सगरमाथा टेलिभिजनको सहकार्यमा उक्त कार्यक्रम हुन लागेको हो ।
स्थानीय निर्वाचन २०७९ लाई लक्षित गरी उम्मेदवारहरूको आफ्नो योजना र प्रतिबद्धता प्रस्तुत गर्ने तथा नागरिक सङ्गको अन्तरक्रिया बिषयक एकमात्र कार्यक्रम ककस को आयोजना गरिएको पोखरा जेसीजका अध्यक्ष मिनराज खड्काले जानकारी दिनुभयो ।


खड्का अनुसार कार्यक्रम वैशाख २७ गते मंगलवार विहान ७ः४५ बजे मानवअधिकार चोकमा चिप्लेढुङ्गा हुने छ । कार्यक्रममा सम्पुर्ण पोखरावासी जनसमुदायहरूलाई यही सूचनालाई आधार मानी उपस्थिति लागि आयोजकले आग्रह गरेको छ ।
उक्त कार्यक्रमक सगरमाथा टेलिभिजनबाट प्रत्यक्ष प्रसारण तथा अन्य बिभिन्न संचार माध्यमहरूबाट पनि प्रसारण गरिने खड्काले जानकारी दिनुभयो ।
प्रतिक्रिया लेख्नुहोस्:-