पोखरा, २५ वैशाख ।
जनता समाजबादी पार्टीको प्रभाव हिमाल र पहाडको तुलनामा मधेशमा अत्याधिक रहेको छ । तर पछिल्लो समय जसपा पहाड हुँदै हिमाल उक्लिएको छ । कास्कीको हिमाली भेग समेटिएको अन्नपुर्ण गाउँपालिकामा यसपटक जसपाले युवा उम्मेदवार नवराज पौडेललाई गाउँपालिका प्रमुखको रुपमा अगाडि सारेको छ ।
बिभिन्न सामाजिक संघसंस्थामा आवद्ध पौडेलको उम्मेदवारीले अन्नपुर्ण गाउँपालिकामा युवाहरुमाँझ राम्रै प्रभाब पारेको देखिन्छ । पार्टीको प्रभाव अरु पार्टीको भन्दा कम भएपनि प्रमुख पदका उम्मेदवार पौडेलसहितको टोली घरघर भोट माग्दै हिडेको छ । पौडेलले गाउँमा युवा र बृद्धहरुसँग आशिर्वाद लिएर भोट माग्दै आफ्ना चुनावी एजेण्डाहरु बताउँदै हिडिरहेका छन् ।


पौडेलको प्रचारशैलीमा बाबुरामको शैलीलाई नै पछ्याएको देखिन्छ । साधारण प्रचारशैलि र शालिन प्रस्तुतीका साथ पौडेलले घरदैलो अभियान संचालन गरेका छन् । शिक्षा,स्वास्थ्य,पर्यटन र कृषीलाई मुल एजेण्डा बनाएर हिडेका पौडेले आफ्नो पार्टीलाई यो निर्वाचनले बलियो पार्टीको रुपमा स्थापित गर्ने दावी गरेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-