Prime News Nepal
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
Prime News Nepal
कुनै परिणाम छैन
View All Result

पूर्व पश्चिम जहाँ भए पनि मादीको विकासमा मद्दत गर्छु ः देव गुरुङ

एमाले परित्याग गरेर एघार जना कांग्रेस प्रवेश

प्राइम न्युज प्राइम न्युज
३ हप्ता अगाडि
पूर्व पश्चिम जहाँ भए पनि मादीको विकासमा मद्दत गर्छु ः देव गुरुङ

पोखरा, २४ वैशाख ।

नेकपा माओवादी केन्द्रका नेता तथा देव गुरुङले जुन ठाउँमा भए पनि मादीको विकासका लागि सक्दो सहयोग गर्ने बताएका छन् । शनिबार मादी १० भाचोकमा आयोजित गठबन्धनको चुनावी आमसभालाई सम्बोधन गर्दै गुरुङले यस्तो बताएका हुन् ।

गुरुङ ०६४ सालमा कास्की एकबाट प्रतिनिधि सभा निर्वाचित भएँको थिए । ‘पार्टीको निर्णयको कारण निर्वाचन क्षेत्र यो हुन सकेन । पार्टीको कार्यकर्ता भएको हुनाले भुमिका निर्वाह गर्न लागि रहने छु,’ उनले भने, ‘मादीको विकास निर्माण र रक्षाको लागि पूर्व पश्चिम जहाँ पुगे पनि होस्टेमा हैसे गर्न लागि रहने छु ।’

मादी गाउँपालिकामा गठबन्धनका उम्मेद्वारलाई जिताउन अनुरोध गर्दै उनले तलदेखि माथिसम्म गठबन्धन सरकार बने विकासको ढोका खोल्ने बताएक छन् । विकासको लागि गठबन्धनलाई जिताउनुको विकल्प नरहेको उनको दाबी छ ।

गुरुङले संविधानको रक्षाका लागि गठबन्धन गरिएको जिकिर गर्दै, गठबन्धनकै कारण संविधान रक्षा भएको दाबी गरे । ‘ओलीले जंगेले बोलेपछि बाल्यो बोल्यो भने जस्तो गर्नु भयो । हामीले विरोध ग¥यौ तर उहाँले दुई दुई पटक संसद विघटन गर्नु भयो । ओलीको सरकार रहँदा सबै सम्पत्ति सक्न लाग्नु भयो । ओलीको विकल्प नखोजे डोमोक्रेसी सकिने खतरा बढ्यो,’ उनले भने, ‘राष्ट्रियता खतरामा परेपछि अन्तत ओली प्रवृति अन्त गर्न गठबन्धन गरेका हौं । गठबन्धन सरकारले गर्दा संविधान बचेको छ । चुनाव गर्न पाएका छौं ।’

ओलीको प्रतिगमनकारी सोच हाबी हुँदै आएको उनको आरोप छ । त्यसलार्य पुर्नविचार गर्न तयार नभई प्रतिनिधि सभाको दुई दुई पटकसम्म प्रतिनिधि सभा विघटन गरेको उनले बताए । ‘अहंकार राख्नु भयो । पुर्नविचार गरेर सुधार्न धेरै दलले कोसीस गरे । तर, उहाँले मान्नु भएन,’ उनले भने ।

अहिले स्थानीय तह निर्वाचनको चुनाव हेर्दा सामान्य देखिए पनि दुई विचारबिचको लडाई हुने उनले बताए । प्रतिगमनलाई दुरुत्साहित गरेर अग्रगमनलाई जिताउन गठबन्धनका उम्मेद्वारलाई मत हाल्न उनले आग्रह गरेका छन् । सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका पूर्व सभापति एवं नेपाली कांग्रेसका नेता कृष्ण केसीले विचारले फरक भए पनि मादीको विकास पूर्वाधार निर्माणमा देव गुरुङ र कांग्रेसको पालमा धेरै काम भएको दाबी गरे ।

मादी नदी तर्ने पुल निर्माणमा पहल गरेर देव गुरुङले मादीलाई पोखरासँग जोड्ने काम गरेको उनले बताए । ‘राजनीतिक रुपमा बिमति भए पनि विकासका पूर्वाधार बनेका छन् । यसको रक्षा गर्नका लागि पनि गठबन्धनको जरुरी छ,’ उनले भने, ‘कसैले नठान्नुस् लालबहादुर गुरुङ माओवादीका हुन् । देवी जंग गुरुङ कांग्रेसका । उहाँहरु गठबन्धनको नेता हो । यो ठाउँको अभिभावक ठान्नुस् । विकासले गति लिने छ ।’

भाई, छोरा उठेको छ भन्दैमा गलत निर्णय नलिन पनि उनले सजग गराएका छन् । २००७ सालयता राजनैतिक घटनाक्रम धेरै भए पनि विकास निर्माणको काम नभएको बताउँदै अब विकास निर्माणमा केन्द्रित हुनुपर्ने उनले बताए ।

‘मैले यही राजनीतिमा लाग्दा ६० वर्ष भए । अब विकास निर्माणका लागि लाग्नुपर्छ । राजनीतिका लागि लड्दा लड्दा हाम्रो भविष्य त गयो गयो,’ उनले भने, ‘अब पनि गल्ति गरे हाम्रो छोरा नातिको भविष्य पनि जान्छ । सबैलाई अनुरोध छ । यो वा त्यो कारण मेरो गाउँले हो मेरो ङोलो हो ङोल्स्यो हो भनेर भोट हाल्ने होइन । राम्रो काम गर्नेलाई भोट हाल्नुहोस् ।’

मादीका विकासका लागि गठबन्धन बाहेकका उम्मेद्वारको विकल्प नरहेको उनले सुनाए । अहिले राम्रो गर्छु भनेर ढाट छल गर्नेसँग सजग रहन समेत उनले सुझाए । सोही कार्यक्रममा एमाले परित्याग गरेर ११ जना कांग्रेस प्रवेश गरेका थिए अमृत भुजेल, चेत बहादुर नेपाली, टेक बहादुर गुरुङ, मिन बहादुर नेपाली, सोम बहादुर गुरुङ, आशा नेपाली, बखत बहादुर गुरुङ, पर्दामान गुरुङ, लिल बहादुर क्षेत्री, लहुकुम सिंह बिकलाई कांग्रेस नेता कृष्ण केसीले पार्टी प्रवेश गराएका थिए ।

कार्यक्रम अध्यक्षता मादी १० सभापति लोक प्रसाद गुरुङले गरेका थिए । प्रमुख अतिथि नेकपा माओवादी केन्द्र नेता पूर्व मन्त्री देव गुरुङ, विशेष अतिथि नेपाली कांग्रेस कास्की पूर्व सभापति कृष्ण बहादुर केसी, संविधान सभा सदस्यद्वय यसोधा गुरुङ, तेज कुमारी पौडेल, नेकपा माओवादी केन्द्रिय सदस्य सोमती गुरुङ, प्रदेश सांसद गायत्री गुरुङ, गठबन्धनका साझा उमेदवार अध्यक्ष पदका नेपाली कांग्रेसका देवीजंग गुरुङ, उपप्रमुख नेकपा माओवादीका लालबहादुर गुरुङ, नेपाली कांग्रेस कास्की १ सचिब सरोज केसी, ओम प्रकाश गुरुङ, डम्बरजंग गुरुङ, क्षितिज सापकोटा, आसपुर गुरुङ, कृष्ण बहादुर गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट

मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट

८ घण्टा अगाडि
राष्ट्रिय युवा संघ नेपाल पोखरा–१५, को रक्तदान कार्यक्रम सम्पन्न

राष्ट्रिय युवा संघ नेपाल पोखरा–१५, को रक्तदान कार्यक्रम सम्पन्न

८ घण्टा अगाडि

आर्वा विजय भाविको सुविधायुक्त पक्कि भवन उद्घाटन

कल्याण शेरचनको ७५ औं जयन्तीमा राष्ट्रिय खुल्ला लोकदोहोरी प्रतियोगिता हुने

होटल संघ गण्डकीको नयाँ कमिटी

पोखराका मेयर जिसी र जिल्ला समन्वयका अध्यक्ष अधिकारीको वडामा नेपाली काँग्रेसका उम्मेदवार विजयी

  • चर्चित पाना
  • ताजा पाना
महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

५ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

६ महिना अगाडि
तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

५ महिना अगाडि
एनिमल लभर चाँदनी

एनिमल लभर चाँदनी

१ महिना अगाडि
मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट

मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट

मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट

८ घण्टा अगाडि
राष्ट्रिय युवा संघ नेपाल पोखरा–१५, को रक्तदान कार्यक्रम सम्पन्न

राष्ट्रिय युवा संघ नेपाल पोखरा–१५, को रक्तदान कार्यक्रम सम्पन्न

८ घण्टा अगाडि
आर्वा विजय भाविको सुविधायुक्त पक्कि भवन उद्घाटन

आर्वा विजय भाविको सुविधायुक्त पक्कि भवन उद्घाटन

८ घण्टा अगाडि
कल्याण शेरचनको ७५ औं जयन्तीमा राष्ट्रिय खुल्ला लोकदोहोरी प्रतियोगिता हुने

कल्याण शेरचनको ७५ औं जयन्तीमा राष्ट्रिय खुल्ला लोकदोहोरी प्रतियोगिता हुने

१ दिन अगाडि

मिडल भ्वाईस मिडिया ग्रुप प्रा.लि.
www.primenewsnepal.com

पोखरा -०५, पर्स्याङ्ग
कास्की
सञ्चालक: रघुनाथ वाग्ले
सम्पादक: दिनेश राज वाग्ले
[email protected]
दर्ता नम्बर: सूचना विभाग -२४८८/०७७-७८
9856038316

ताजा अपडेटहरु

  • मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट
  • राष्ट्रिय युवा संघ नेपाल पोखरा–१५, को रक्तदान कार्यक्रम सम्पन्न
  • आर्वा विजय भाविको सुविधायुक्त पक्कि भवन उद्घाटन

हाम्रा सामाजिक सञ्जालहरु

Facebook Twitter Google+ RSS

© 2020 Prime News Nepal | Designed by: MPG Solution Nepal

  • Login
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result

© 2021 Premier Pana | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In