पोखरा, २४ वैशाख ।
नेकपा एमाले पोखरा महानगर वडा नं ३३ ले आफ्नो नेतृत्वको वडामा भएका विकास निर्माणका कार्य सार्वजनिक गरेको छ । सो वडामा आफ्नो नेतृत्वमा भएका काम पारदर्शीरुपले जनताका घर दैलोमा पु¥याउने र सुशुचित गराउने लक्ष्यसहित सो पत्र सार्वजनिक गरिएको छ । उक्त वडामा सम्पन्न भएका र हुँदै गरेका काम उल्लेख्य गरी प्रकाशित पत्रमा जनताबाट प्राप्त सुझावसहितका भावी योजना समेत समेटिएको वडा अध्यक्षका प्रत्यासी समेत रहेका निवर्तमान वडाध्यक्ष शिवप्रसाद आचार्यले बताए ।
आचार्यले केही हुँदै गरेका काम र प्रस्तावित योजनासहित ‘हाम्रो अभिभारा स्वस्छ सुन्दर पोखरा’ को नारालाई मुर्त रुप दिंदै वडा न ३३ को सवृद्धि, हाम्रो अर्जुन दृष्टि, को अभियानमा अबको ५ वर्ष केन्द्रीत हुने जनाए । उनले स्थानीय सरकारमार्फ्त सवृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय अभिभारा पुरा गर्न आफ्नो नेतृत्वमा पूर्ण भौतिक पूर्वाधारसहितको स्वरोजगार युवा, कृषिमा आधुनिकीकरण, स्वावलम्वी महिला, प्राविधिक शिक्षा, पर्यटन विकास, सुशासनयुक्त जनमुखी सेवा, प्रविधिमा आधारित विकास,र आत्मनिर्भर वडा मुख्य योजना रहेको बताए ।
हेर्नुहोस के के काम भए र के हुँदै छन् ?
१) शक्ति अभाव, जीर्ण भौतिक अवस्था भएको वडा कार्यालयलाई सुधार गरी वडाबाटनै थुप्रै सेवा प्रदान गर्न सकिने गरी व्यवस्थित र सेवामैत्री बनाइएको ।
२) महानगरपालिकादेखि वडाका विभिन्न भूभागमा जोड्ने कनेक्टिङ सडक विस्तारका लागि चालु आ.व.मा नै सम्पन्न हुने गरी आदर्शचोक चिर्गादी बरेलिचोक सडक कालोपत्रे, भात्केको चौकी लाम्गादी सडक कालोपत्रेको कार्य निर्माणको क्रममा रहेको ।
३) ठूलढुंगा–गैरागाउँ, पानीटंकी–चैनपुर–देउराली, जिब्रेढुंगा–सुर्ताने, गरी (झन्डै १० किमी) सडक २०७९ कार्तिक भित्र कालोपत्रे सम्पन्न हुने गरेर ठेक्का सम्झौता भइसकेको, कालोपत्रेका लागि आवश्यक पूर्वाधार तयार गरी ग्राबेल सडक निर्माण गरी सकिएको ।
४) चवादी–कुरलिंग जोड्ने गरी २ लेनको पक्की मोटरेबल पुल निर्माण गर्नको लागि २०७९ चैत्रभित्र निर्माण सम्पन्न हुने गरेर ठेक्का÷सम्झौता भइसकेको, चवादीस्थित २ किमी सडक आवश्यक पूर्वाधार निर्माण गरी ग्राबेल सहित कालोपत्रेको लागि तयार गरी सकिएको ।
५) लप्सीकुना भगवातीचौतारा १० मिटर चौडा वाइपास सडक आवश्यक पूर्वाधार निर्माण गरी ग्राबेलसहित कालोपत्रेको लागि तयार गरी सकिएको ।
६) लाम्गादी–पुडीटार सडक (३ किमि), पानीटंकी–जुके–हनुमान पोखरी सडक (१ किमी), मनिलडाडा–पौवा सडक (२.५ किमी) पक्की नाला निर्माण र ग्राबेल गर्ने कार्य २०७९ असार भित्र सम्पन्न हुने गरी पूर्वाधार निर्माणको कार्य निर्माणाधीन अवस्थामा रहेको, कालोपत्रेगर्न तयारी अवस्थामा हुने ।
७) समथर भागमा १२, १० र ८ मिटर चौडा तथा भिरालो भागमा ८ र ६ मिटर चौडा नमुना पहुँच मार्ग विस्तार तथा स्तरोन्नती कार्य गरिएको, टोल–टोलमा, घर–घरमा सडक पहुँच पु¥याउने उद्देश्यले निरन्तर सडक विस्तार तथा स्तरोन्नती कार्य गरिएको ।
८) विरौटा दोबिल्ला बाघमारा पुडीटार सडकलाई कम्तीमा ४ लेनको सहरी सडकको रुपमा विकास गर्न पहल गरिएकोमा विकासमा भएको गलत राजनीतिका कारण सम्मानित सर्वोच्च अदालतमा मुद्दा दर्ता गरिएकोले थप कार्य गर्न नसकिएको ।
९) संघ र प्रदेश सरकारसंग समन्वय गरी इन्द्रचोक सडक, चिसापानी–सिगारेवास सडक तथा धम्डाकोचौर–गैरागाउ सडक निर्माण गरिएको ।
१०) स्थानीय कला संस्कृतिको जगेर्ना गर्नको लागि भेषभुषा, बाजा तथा नाचगान संरक्षणका कार्यक्रम गरिएको ।
११) मौलिकता झल्किने तथा आधुनिकता टल्किने गरी उपभोक्ताको समन्वयमा निलकन्ठेश्वर मन्दिर, कोटभैरव मन्दिर लगायत वडाका विभिन्न स्थानमा मन्दिर निर्माण गरिएको ।
१२) पर्यटन विकासको् लागि मालागिरीमा होमस्टे सञ्चालन गरिएको, जिब्रेढुंगामा होमस्टे सञ्चालनका लागि पूर्वाधार विकासका गरिएको, विभिन्न स्थानमा सिडी बाटो तथा पर्यटन पहुँच मार्ग निर्माण गरिएको ।
१३) सुनगुफाको संरक्षण र विकास गर्दै पूर्वाधार निर्माण गरी नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास गरिएको ।
१४) लाम्गादी, शिववबस्ती लगायत स्थानमा नमुना सार्वजनिक शौचालय निर्माण गरिएको, विभिन्न स्थानमा नमुना चौतारा निर्माण गरिएको, वृक्षारोपणसहित पार्क निर्माण कार्य सुरु गरिएको ।
१५) भरतपोखरी स्वास्थ्यचौकीको सेवा विस्तार गर्न लाम्गादी स्वास्थ्यचौकी स्थापना गरी सञ्चालन गरिएको ।
१६) सरस्वती टिका मावि लगायत विभिन्न विद्यालयमा नया भवन, वृक्षारोपण, घेरावार, बाल उद्यान, नमुना कक्षा, शौचालय निर्माण, जार र स्ट्यान्डसहित खानेपानी व्यवस्था गरिएको, पुरानो भवन मर्मत गरी शैक्षिक सुधारमा विशेष पहल गरिएको ।
१७) यस क्षेत्रको महत्वपूर्ण शैक्षिक केन्द्र सरस्वती टिका स्कुलमा प्राविधिक धार (इन्जिनियरिङ) शिक्षा पठनपाठन सञ्चालन गर्न विशेष पहल गरिएको ।
१८) एक घर एक धाराको नीति पुरा गर्न साना सहरी खानेपानी, सहलागानी खानेपानी, पुडी खानेपानी, मगरवेसी खानेपानी, छाप्लांग खानेपानी, ठूलोपाखा खानेपानी, जिब्रेढुंगा खानेपानी, चवादी खानेपानी, सिगारेवास खानेपानी लगायत विभिन्न खानेपानी योजना तयार गरी कार्यान्वयनमा नेतृत्व गर्दै संघ, प्रदेश तथा स्थानीय सरकारबाट सोही कार्य सम्पादन गर्न पहल गरिएको, जसका कारण झन्डै ९५ प्रतिशत नागरिकले स्वास्थ पिउनेपानी प्राप्त गर्ने अवस्था तयार भएको ।
१९) सिचाईं कुलो निर्माण तथा मर्मतमा पहल गरी संघ, प्रदेश तथा स्थानीय सरकारबाट सोही कार्य सम्पादन भएको, जस अन्तरगत सुरौदीमा सातसय सिचाईंंकुलो निर्माण सम्पन्न भएको, पुडीटार सिचाईंं योजना अगाडि बढेको, तिक्लांग कुलो, झौरीखेत कुलो लाम्गादी कुलो लगायत अन्य कुलो निर्माण भएको ।
२०) महिलाको लागि आयआर्जनमा मद्दत पुग्ने सिपमुलक तालिम प्रदान गरी सिलाई मेसिन र विपन्न वर्गलाई आयआर्जनको लागि चल्ला वितरण गरिएको, महिलाको नेतृत्व तथा क्षमता विकासका कार्यक्रम नियमित रुपमा सञ्चालन गरिएको ।
२१) कृषि तथा पशुपालनको लागि अनुदान तथा बिउविजनका कार्यक्रम, उन्नत जातको बोका रागामा अनुदान प्लास्टिक टनेल निर्माणमा अनुदान आदी कार्यक्रम नियमित रुपमा सञ्चालन गरिएको ।
२२) लाम्गादी सामुदायिक भवन, पानीटंकी सामुदायिक भवन तल्ला थप, सिप्लेंनीतरा ट्रस भवन, उपल्लो पुडी सामुदायिक भवन, रविन्द्र स्मृती सामुदायिक भवन (सुनागुफा, गैरागाउँ, जामुनाबोट) सहित सामुदायिक भवन, रेडक्रस भवन, अधैत संस्था भवन, विभिन्न आमा समूह भवनको निर्माण÷तल्ला थप तथा मर्मत गरी आवश्यक फर्निचर व्यवस्थापन सहित सञ्चालन योग्य बनाइएको ।
२३) घाट, खोला, सडक छेउ, चोक लगायत विभिन्न स्थानमा प्रतिक्षालय एवं ट्रस्ट निर्माण गरिएको ।
२४) घाट तथा नदी÷खोला संरक्षणको लागि सेती नदी, सुरौदी खोला र अन्य खोला÷खहरेमा तटबन्धनका कार्य गरिएको ।
२५) ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ टोल–टोलमा खेलमैदान तयार गरी स्तरोन्नती गरिएको, अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तयार गर्न पहल गरिएको ।
२६) पुडीटारमा औद्योगिक क्षेत्र स्थापनाको लागि विशेष पहल गरिएको ।
आगामी कार्यकालका लागि प्रतिवद्धता ः
सडक तथा पुल÷कल्भर्ट
१) दोविल्ला बाघमारा लाम्गादी सडकलाई कम्तीमा ४ लेनको सहरी सडकको रुपमा विकास गर्ने ।
२) लाम्गादीदेखि तल्लो पुडीटारसम्म कम्तीमा २ लेनको पक्की सडक निर्माण गर्ने ।
३) पानीटंकी जुके हनुमान पोखरी खैरेनीसम्म कम्तीमा २ लेनको पक्की सडक निर्माण गर्ने ।
४) मनिल डाडा–पौवा र चवादी–कुर्लिंङसम्म २ लेनको पक्की सडक निर्माण गर्ने ।
५) जामुनाबोट–सिगारेवास–दोभानसम्म २ लेनको पक्की सडक निर्माण गर्ने ।
६) नमुना मार्ग स्तरोन्नती गर्ने, ठूलोपाखा–कस्यारी–भन्ज्याङ जाने सडक स्तरोन्नती गरी नियमित गाडी चल्ने गरी ग्राबेल सडकको रुपमा विकास गर्ने ।
७) चीर्गादी–बरेलिचोक, चीर्गादी–बसपार्क, चीर्गादी–कालिकास्थान, चीर्गादी–भगवातीचौतारासम्म २ लेनको पक्की सडक निर्माण गर्ने ।
८) चीर्गादी–जुनाकिरी बजार–खहरे–तल्लोखैरेनी–तिक्लांग–लाम्गादीसम्म वैकल्पिक मार्ग विस्तार गरी कालोपत्रे गर्न पहल गर्ने ।
९) समथर भागमा १२, १० र ८ मिटर चौडा तथा भिरालो भागमा ८ र ६ मिटर चौडा नमुना पहुँच मार्ग विस्तार तथा स्तरोन्नती कार्य निरन्तरता दिने, उपभोक्ताको सहभागितामा कालोपत्रे गर्न पहल गर्ने, टोल–टोलमा,घर–घरमा सडक पहुँच पु¥याउने र स्तरोन्नती गर्ने कार्यलाई निरन्तरता दिने ।
१०) वडाभित्रका सम्पूर्ण कृषि सडक स्तरोन्नती गर्ने, कृषकको माग अनुसार आवश्यकता पहिचान गरी नयाँ ट्रयाक विस्तार गर्ने ।
११) ठूलढुंगा सेराको चौतारा चिसापानी बार्हबिसे खहरेसम्म वैकल्पिक मार्ग कनेक्सन गरी स्तरोन्नती गर्ने ।
१२) पुडीखोलामा २ वटा पक्की कल्भर्ट निर्माण गरी उपल्लोपुडी–पौवा र तल्लोपुडी–जारकाटे–चवादी–सुरौदी–सिगारेवास सडक स्तरोन्नतीसहित नियमित गाडी चल्ने ग्राबेल सडकको रुपमा विकास गर्ने ।
१३) सार्वजनिक यातायातको रुटलाई पुनरावलोकन गरी सेवाग्राही अनुकुल हुने गरी प्रयोगमा ल्याउन विशेष पहल गर्ने ।
१४) संघ र प्रदेश सरकारसंग समन्वय गरी सेती नदीमा रातीखहरे पुल, सतिपोले घाट, पशुपती घाट र छाप्लांग जोड्ने मोटरेबल पुल निर्माण गरी करिव ४ किमी दुरीमा पोखरा अन्तराष्ट्रिय विमानस्थल (चाउथे चोक–बाघमारा) बाट यस वडालाई जोड्न पहल गर्ने ।
१५) चाउथे चोक
कृषि तथा सिचाईं
१) दुधमा आत्मनिर्भर बनाउनका लागि साना किसानलाई केन्द्रित गरी अनुदान दिने, उन्नत जातका रागा तथा भैंसीमा अनुदानका कार्यक्रम बनाउने, दुध सहकारी स्थापना गरिने, अत्याधुनिक उपकरसहित दुध संकलन केन्द्र सञ्चालन गर्ने ।
२) मासुमा आत्मनिर्भर बनाउनको लागि बाख्रा तथा लोकल कुखुराको खोर निर्माणमा अनुदान दिने, उन्नत जातका बोका वितरण गर्ने, आधुनिक वधशाला निर्माण गर्ने, स्थानीय उत्पादनलाई बजारीकरण गर्नको लागि खसी बोका कुखुराको न्युनतम मूल्य निर्धारण गरी संकलन केन्द्रमार्फत् बजार व्यवस्थापन गर्ने ।
३) पहाडी भेगमा कफी खेती, सुन्तला खेती, एभोकाड़ो खेतीको लागि माटो परिक्षण गरी पकेट क्षेत्रको रुपमा विकास गर्ने ।
४) बागमारा, लाम्गादी र पुडीटारमा गोलभेडा, आलु खेती आदी को उत्पादनमा प्रोत्साहन गर्ने ।
५) बेमौसमी तरकारी खेतीमा जोड दिने, तरकारी पकेट क्षेत्र बनाई सुपरजोनमा अग्रसर हुने, प्लास्टिक टनेल निर्माणमा अनुदान दिने, अनुदानमा हाते ट्याक्टर लगायत कृषि उपकरण वितरण गर्ने ।
६) बाँदर नियन्त्रणको लागि सामुहिक हेरालोको अवधारणा तयार गरी सोही बमोजिम कृषकको खेतीवाली संरक्षणको लागि कार्यक्रम बनाउने र कार्यान्वयन गर्ने, जंगलमा केरा खेती लगायत बाँदरको लागि वैकल्पिक खाद्य उत्पादनको व्यवस्था गरी बादर न्यूनीकरणमा पहल गर्ने वैकल्पिक विधिको परिक्षण गर्ने ।
७) खेतीयोग्य जमिनमा अनिवार्य खेती गर्ने वा न्युनतम भाडादर कायम गरी अन्य कृषकले खेती गर्न मिल्ने गरी अनिवार्य न्युनतम भाडामा दिने नीति तयार गरी प्रयोगमा ल्याइने छ ।
८) अदुवा, बेसार, पिडालु, तरुल जस्ता परम्परागत खेतीबाली संरक्षण गर्ने, कोल्डस्टोर निर्माण गर्ने र कृषकको आम्दानी बढाउने गरी बजार व्यवस्थापनमा ध्यान दिने ।
९) पुडीटार फाट सिचाईं, लाम्गादी सिचाईं एवं बागमारा सिचाईंको लागि भूमिगत लगायत अन्य वैकल्पिक माध्ययमको खोजी तथा अन्य स्थानीय सिचाईं कुलो निर्माण गरी व्यवस्थित गर्ने ।
पर्यटन
१) मालागिरी होमस्टे व्यवस्थित बनाउने, जिब्रेढुंगा होमस्टे सञ्चालन गर्ने ।
२) पर्यटन पदमार्ग तथा पहुँचमार्ग पहिचान गरी निर्माण गर्ने ।
३) सुनागुफाको प्रचार–प्रसार गरी आन्तरिक तथा बाह्यय पर्यटक भित्राउने ।
४) पिकनिक सपोर्टको विकास गरी सञ्चालन गर्ने, प्रतिक्षालय तथा अवलोकन केन्द्र निर्माण गर्ने, पार्क निर्माण गर्ने ।
५) एग्रो टुरिजमको विस्तार तथा विकासका लागि अध्ययन गर्ने, सामुहिक खेती गर्ने, सुन्तला पार्क, कफी पार्क आदिको विकास गर्ने ।
६) कोत्रे–कुविन्ड़े पर्यटन मार्ग विस्तारमा पहल गर्ने ।
शिक्षा
१) विद्यालय भर्ना दर शतप्रतिशत पु¥याउन भर्ना अभियानलाई प्रभावकारी बनाउने, एसइइसम्मको अध्ययन अनिवार्य गर्ने अवधारणा तयार गरी न्युन आयका कारण सानै उमेरमा विद्यालय छाड्ने विपन्न बालबालिकालाई छात्रवृत्तिको कार्यक्रम तयार गरी प्रभाबकारी कार्यान्वयन गर्ने, वैकल्पिक आय–आर्जनका कार्यक्रम तयार गरी सो को व्यवस्थित प्रयोग गर्ने ।
२) सम्पूर्ण सार्वजनिक विद्यालयमा अनिवार्य गुणस्तरीय शिक्षाको लागि आवश्यक व्यवस्था गर्ने, शिक्षकको क्षमता विकास गर्ने, अभिभावकमा सार्वजनिक विद्यालयप्रतिको विस्वास र भरोसा बढाउने कार्यक्रम गर्ने ।
३) सरस्वती टिका माविको प्राविधिक धारलाई प्रभावकारी बनाउन ल्याबलाई व्यवस्थित बनाउने ।
४) सरस्वती टिका बहुमुखी क्याम्पस नयाँ भवन निर्माण सुरुआत गरिएकोमा आवश्यकता अनुसार व्यवस्थित र सुविधा सम्पन्न पूर्वाधार निर्माण गर्ने साथै शैक्षिक अभिवृद्धिमा टेवा पुग्ने योजना बनाई कार्यान्वयन गर्ने ।
५) सार्वजनिक विद्यालयमा बालमैत्री फनपार्क निर्माण गर्ने, बालमैत्री कक्षा बनाउने, बालमैत्री पुस्तकालय स्थापना, बालबालिकालाई दिवा खाजाको व्यवस्था गर्ने तथा खेल मैदान व्यवस्थित गर्ने ।
६) बालबालिकाको शिक्षा सिकाईलाई प्रभावकारी बनाउन प्रविधियुक्त कक्षा बनाउने, विद्यालयमा इन्टरनेट जडान गर्ने, मावि तहमा डिजिटल डिस्प्लेबाट अध्ययन गर्ने व्यवस्था मिलाउने ।
७) किशोरीको महिनावारी हुँदा विद्यालय उपस्थित हुन नसक्ने अवस्था अन्त्य गर्न बालिकामैत्री शौचालय तयार गरी निशुल्क स्यानिटरी प्याडको व्यवस्था गर्ने, किशोरीको लागि आराम कक्ष व्यवस्था गर्ने ।
८) विद्यालय छाडेका र विद्यालय उमेर समुह बाहिरका युवालाई आयआर्जन गर्नका लागि कृषि, इलेक्ट्रोनिक, प्लम्बर तालिम जस्ता स्वरोजगारमूलक तालिम प्रदान गर्ने ।
स्वास्थ्य
१) महामारीको बेला आकस्मिक उपचार गर्ने व्यवस्थाको लागि कम्तिमा ५० शैयाको महामारी नियन्त्रण अस्थायी अस्पताल सञ्चालन गर्न सकिने सार्वजनिक भवन निर्माण गरी तयारी अवस्थामा राख्ने ।
२) अन्नपूर्ण स्वास्थ्य चौकीलाई ५० शैयाको अस्पताल बनाउन पहल गर्ने, कम्तीमा प्रसुती सेवा दिन सकिने गरी नियमित डाक्टर तथा नर्स हुने व्यवस्था गरी आकस्मिक सेवा सञ्चालन गर्ने ।
३) बालबालिकालाई नियमित खोप लगाउनको लागि पुडीटार र मनिलडाडामा व्यवस्थित खोप केन्द्र थप गर्ने ।
महिला÷बालबालिका÷जेष्ठ नागरिक तथा सामाजिक सुरक्षा
१) जेस्ठ नागरिक भत्ता, एकल महिला भत्ता, अपांग भत्ता लगायत अन्य सामाजिक सुरक्षा भत्तालाई बैंकमार्फत् वितरण गरिने, टोल–टोलमा नवीकरण अभियान चलाएर नवीकरणमा हुने झन्झट हटाउने ।
२) जेष्ठ नागरिक सम्मान गर्ने, एकल महिलालाई आत्मनिर्भर बनाउने सीपमुलक तालिम निशुल्क उपलव्ध गराउने ।
३) न्युनतम वर्षको २ पटक जेष्ठ नागरिकको नियमित स्वास्थ्य उपचारको लागि घर–घरमा डाक्टर कार्यक्रम सञ्चालन गर्ने ।
४) महिलाको लागि नेतृत्व विकास, क्षमता विकास, आयआर्जनका सहभागी बनाउन सीप विकास र सशक्तिकरणका कार्यक्रमलाई निरन्तरता दिने ।
५) महिला हिंसा अन्त्य गर्नको लागि जागरण अभियान चलाउने, किशोरी सुरक्षा योजना बनाई कार्यान्वयन गर्ने ।
६) बालविवाह निरुत्साहित गर्ने, बालश्रम पूर्ण रुपमा अन्त्य गर्ने, ५ वर्षभित्र आवश्यक सूचक पुरा गरी बालमैत्री वडा घोषणा गर्ने ।
अन्य
१) कला संस्कृति संरक्षणको लागि परम्परागत नाचगान, बाजा, भेषभुषा संरक्षण गर्ने, मठमन्दिर निर्माण र मर्मतको कार्य नियमित रुपमा गर्ने ।
२) सुर्तानेमा सामुदायिक भवन निर्माण गर्ने, निर्माणाधीन रहेका जिब्रेढुंगा, खैरेनी, पुडीटार, मालागिरी सामुदायिक भवन निर्माण कार्य सम्पन्न गर्ने, आवश्यकता अनुसार आमा समूह, युवा क्लब, सामुदायिक भवन, अधैत संस्था भवन आदिको नया भवन निर्माण तथा मर्मत र फर्निचर व्यवस्थापन गर्ने ।
३) खेलखुद समिति गठन गरी नियमित खेलकुदका कार्यक्रम गर्ने, वडा तथा टोलमा निर्माण सुरु भएका खेल मैदान निर्माणका कार्य सम्पन्न गर्ने, पशुपतिघाटमा क्रिकेट रंगशाला निर्माण गर्न पहल गर्ने, पुडीटार खेलमैदान र तिक्लांग खेलमैदान निर्माण कार्य गरी व्यवस्थित बनाउने ।
४) पुडीटारमा औद्योगिक क्षेत्र स्थापना गर्न थप पहल गरी निर्माण कार्य अगाडि बढाउन प्रदेश र संघ सरकार संग समन्वय गर्ने ।
५) मुख्य चोक, पार्क, विद्यालय क्षेत्र लगायत विभिन्न सार्वजनिक स्थानमा फ्रि इन्टरनेट सेवा उपलबध गराउने, वडाभित्रका मुख्य चोकमा सडक बत्ती तथा सोलार लाइट जडान गर्ने ।
६) सुकुम्वासी तथा अव्यवस्थित बसोबास भएका नागरिकलाई लालपुर्जा वितरणको लागि पहल गर्ने ।
७) श्रमिकको न्युनतम ज्याला कार्यान्वयन गर्न नियमित अनुगमन तथा नियमन गर्ने ।
८) सार्वजनिक जग्गा पहिचान गरि संरक्षण गर्ने र सार्वजनिक हितमा प्रयोग गर्ने ।
९) वडावासीको नियमित सेवा–प्रवाहलाई व्यवस्थित गर्न प्रविधिमैत्री इ–सेवा सुरु गर्ने, घरमै बसेर निवेदन दर्ता गर्न मिल्ने गरी सेवाप्रवाहलाई चुस्त र प्रविधिमैत्री बनाउने, सुसाशनको प्रत्याभूति हुने गरी व्यवस्थित रुपमा कार्यालय सञ्चालनका लागि नया वडा कार्यालय निर्माण गर्ने ।


प्रतिक्रिया लेख्नुहोस्:-