पोखरा, २३ वैशाख ।
स्थानीय तहको निर्वाचनका लागि प्रचारप्रसारको समय केही दिन मात्र बाँकी रहदाँ पोखरा महानगरपालिका वडा नं ९ का उम्मेदवारहरुले आफ्नो चुनावी अभियानको गति तिब्र पारेका छन् ।
नेपाली काँग्रेसको तर्फबाट वडा नं ९ को उम्मेदवार बनेकाहरु पार्टीको चुनावी घोषणा पत्रका लिएर वडाबासी मतदाता भेट्ने चुनावी अभियानलाई तिब्र पारेका हुन् । कार्यकर्ता एवम् मतदाताहरुको उत्साहजनक सहभागितामा उम्मेदवाहरुले शुक्रबार अनुपम टोल, भूपू टोल, सेतीगंगा टोल तथा राममन्दिर पछाडिको क्षेत्रमा घरदैलो गरेका थिए ।


प्रत्येक मतदाताको घर घरमा पुगी गरिएको सो अभियानमा वृद्ध आमाबुबासंग आर्शिवाद लिनुका साथै कसरी मत दिने भन्ने मतदाता शिक्षा पनि दिइएको नेपाली काँग्रेस महासमिति सदस्य मुना बाँस्तोलाले जानकारी दिइन् ।
‘९ नं वडाका प्रत्येक टोल मेरा लागि आफ्नै टोल हुन् तर आज घरदैलो सम्पन्न यी टोलहरुसंग मेरो घनिष्ठता बढी छ’ वडाध्यक्ष पदका उम्मेदवार दिपेन्द्र मर्सानीले भने ‘टोल टोलमा पुगेर मतदातासंग कुराकानी गर्दा आफ्नै घरमा पुगेको माया र अपनत्व पाए ।’
मतदाता भेटघाट तथा घरदैलो अभियानमा वडा सदस्यका उम्मेदवारहरु भावना श्रेष्ठ, गीता चर्मकार, लक्ष्मी पहारी र नन्दराम गिरी पनि मतदातासंग प्रत्यक्ष भेटघाटमा जुटेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-