Prime News Nepal
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
Prime News Nepal
कुनै परिणाम छैन
View All Result

स्थानीय निर्वाचनमा मत माग्ने अनौठो शैली

तमसुक पत्रमा सहिछाप गर्दै , मत माग्दै उन्नत लोकतन्त्रका उम्मेदवार आशिष थापा

प्राइम न्युज प्राइम न्युज
३ हप्ता अगाडि
स्थानीय निर्वाचनमा मत माग्ने अनौठो शैली

पोखरा, २२ बैशाख ।

चुनावमा मत माग्ने आ–आफ्नै तरीका हुन्छन् । आफ्नो पक्षमा जनताको मत तान्न गरीने क्रियाकलापले नै मतदाताको मन छुने गर्छ । सबै राजनितिक दलहरु घरदैलोमा ब्यस्त हुँदै कोणसभासहित प्रचारप्रसारमा लागिरुहेका बेला उन्नत लोकतन्त्र पार्टी(एडिपी) का पोखरा महानगरपालिकाका उम्मेदवारको मत माग्ने शैली भने सबैमा चाखलाग्दो बनेको छ ।

आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पोखराको प्रमुखसहित केही वडामा उम्मेदवारी दिएको पार्टीले घरदैलोमा जाँदा आफु विजय भएपश्चात के के गर्ने भन्ने प्रतिवद्धता पत्रमा ल्याप्चेसहितको तमशुक गर्ने शैली अपनाएको छ । प्रचारको यो शैली निक्कै प्रभावकारी बन्दै गएको पार्टीको दाबी छ । पोखराको मेयर पदका लागि उम्मेदवारी दिएका आशीस थापाले जनतालाई बाचा गर्ने तर चुनाव जितेपछि पुरा नगर्ने प्रवित्तीसँग जनता वाक्क भएकाले पहिल्यै सहिछापसहित प्रतिवद्धता जनाउने पार्टीको नीति बनेको जानकारी दिए । “ठूला भनिएका दलहरुले आम सभा र कोण शभा गरेर नागरीकलाई अनेक आश्वासन बाँड्छन् तर हामी प्रत्यक्ष रुपमा भेटेर कबुलियतनामा गरेर नै मत मागिरहेका छौँ । ”, थापाले भने ।

बिजयी भएपश्चात गर्ने कामहरुलाई पहिल्यै तमशुक गरेर प्रतिवद्धता जनाएकोमा आफुसँग आम पोखरेली समेत खुशी भएको उनको दाबी छ । उन्नत लोकतन्त्र पार्टीले जारी गरेको तमसुक पत्रै प्रतिवद्धता जनाएका काम हरु पुरा नगरे दिईसकेको मत समेत मतदाताले बदर गराउन सक्ने उल्लेख छ । पत्रमा लेखिएको छ–”उल्लेखित कार्यहरु निर्वाचित भएर नगरेमा हामीलाई दिएको भोट फिर्ता लिई ५१ प्रतिशतबाट प्रत्यावहन गरेमा समेत मञ्जुरी छ । पछि होईन छैन भन्ने छैनौ । भनेमा यसै कागजद्वारा बदर गरी हामीलाई पदबाट बर्दास्त गरेमा कतै उजुरबाजुर गर्ने छैनौ भनी मतदाताका नाममा सहिछाप गरी यो करारनामासरहको तमशुक गरी दिएको छु । ”

तमसुक पत्रमा महानगरमा बत्ती पानी , स्वास्थ्य शिक्षा र भूमीहिनलाई आवास निर्देशिका बनाई निशुल्क रुपमा उपलब्ध गराउने जनाईएको छ । अनावश्यक रुपमा पालिकाले लगाएको दोहोरो तेहेरो कर अन्त्य विद्यालय , बन उपभोक्ता समितिमा राजनीतिकरणको अन्त्य , पालिका बाट हुने सबै राजनीतिक नियुक्तीको बदर , फोहोरबाट मल र ईन्धन उत्पादनमा जोड , निर्देशिका सहित युवाहरुलाई आवश्यक योजनाको तय , पालिकाभित्र रहेका सबै विदेशी कामदारको तथ्याङक राखि नीति निर्माण गर्नेसहितका २१ ओटा बुँदाको तमसुक पत्रमा सहिछाप गरी पार्टीको चुनाव चिन्ह ‘किताब’ मा मत मागिरहेको मेयरका उम्मेदवार थापाले जानकारी दिए ।

ठूला भनिएका दलहरुका कारण आम जनतामा दलहरुप्रति वितृष्णा फैलिएको घरदैलोका क्रममा आफुले महसुस गरेको पनि थापाको भनाई छ । “ठूला र स्थापित दलहरुसँग प्रतिस्पर्धा गर्ने हुँदा जित कसको हुन्छ भन्ने भन्दा पनि कसको एजेण्डालाई जनताले मनमा लिनेछन् भन्ने कुरा ठूलो हो । तर ठूला दलहरुप्रति जनताको वितृष्णा बढ्दो रहेछ । ” , थापाले भने ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट

मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट

१६ घण्टा अगाडि
राष्ट्रिय युवा संघ नेपाल पोखरा–१५, को रक्तदान कार्यक्रम सम्पन्न

राष्ट्रिय युवा संघ नेपाल पोखरा–१५, को रक्तदान कार्यक्रम सम्पन्न

१६ घण्टा अगाडि

आर्वा विजय भाविको सुविधायुक्त पक्कि भवन उद्घाटन

कल्याण शेरचनको ७५ औं जयन्तीमा राष्ट्रिय खुल्ला लोकदोहोरी प्रतियोगिता हुने

होटल संघ गण्डकीको नयाँ कमिटी

पोखराका मेयर जिसी र जिल्ला समन्वयका अध्यक्ष अधिकारीको वडामा नेपाली काँग्रेसका उम्मेदवार विजयी

  • चर्चित पाना
  • ताजा पाना
महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

५ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

६ महिना अगाडि
तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

५ महिना अगाडि
एनिमल लभर चाँदनी

एनिमल लभर चाँदनी

१ महिना अगाडि
मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट

मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट

मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट

१६ घण्टा अगाडि
राष्ट्रिय युवा संघ नेपाल पोखरा–१५, को रक्तदान कार्यक्रम सम्पन्न

राष्ट्रिय युवा संघ नेपाल पोखरा–१५, को रक्तदान कार्यक्रम सम्पन्न

१६ घण्टा अगाडि
आर्वा विजय भाविको सुविधायुक्त पक्कि भवन उद्घाटन

आर्वा विजय भाविको सुविधायुक्त पक्कि भवन उद्घाटन

१६ घण्टा अगाडि
कल्याण शेरचनको ७५ औं जयन्तीमा राष्ट्रिय खुल्ला लोकदोहोरी प्रतियोगिता हुने

कल्याण शेरचनको ७५ औं जयन्तीमा राष्ट्रिय खुल्ला लोकदोहोरी प्रतियोगिता हुने

२ दिन अगाडि

मिडल भ्वाईस मिडिया ग्रुप प्रा.लि.
www.primenewsnepal.com

पोखरा -०५, पर्स्याङ्ग
कास्की
सञ्चालक: रघुनाथ वाग्ले
सम्पादक: दिनेश राज वाग्ले
[email protected]
दर्ता नम्बर: सूचना विभाग -२४८८/०७७-७८
9856038316

ताजा अपडेटहरु

  • मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट
  • राष्ट्रिय युवा संघ नेपाल पोखरा–१५, को रक्तदान कार्यक्रम सम्पन्न
  • आर्वा विजय भाविको सुविधायुक्त पक्कि भवन उद्घाटन

हाम्रा सामाजिक सञ्जालहरु

Facebook Twitter Google+ RSS

© 2020 Prime News Nepal | Designed by: MPG Solution Nepal

  • Login
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result

© 2021 Premier Pana | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In