पोखरा, २२ वैशाख ।
कर्णजित पुन नेतृत्वको नेकपा माओवादी (समाजवादी) का गण्डकी प्रदेश संयोजक र कास्की जिल्ला अध्यक्षले पार्टी परित्याग गरेका छन् । सो पार्टीबाट कम्युनिष्ट क्रान्ती सम्भव नभएको भन्दै केन्द्रिय सदस्य समेत रहेका प्रदेश संयोजक बाबुराम मिजार (क.सन्दिप) र जिल्ला अध्यक्ष मंगली वि.कले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।
पार्टी परित्याग लगत्तै उनिहरु राम कार्कीको नेतृत्वमा रहेको नेकपा समाजवादीमा प्रवेश गरेका छन् । उनिहरुलाई नेकपा समाजवादीका नेता कृष्णप्रसाद जैशीले पोखरामा एक कार्यक्रम गरि पार्टी प्रवेश गराएका हुन् ।


नेकपा समाजवादी देशभरी मोर्चाबन्दि गर्दै चुनावमा होमिएको छ । पोखरा महानगरपालिकामा पनि उसले प्रमुख तथा उपप्रमुख पदमा उमेदवारी दर्ता गरेको छ । पार्टीको तर्फबाट मेयरमा गोविन्द प्रसाद शर्मा र उपमेयर शितला थापा उमेदवार छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-