पोखरा, २२ वैशाख ।
नेकपा एमाले गण्डकी प्रदेश कमिटीका उप–सचिव प्रभावशाली बौद्धिक युवा नेता रश्मि आचार्यले एमाले विकासको च्याम्पियन भएको बताएका छन् । एमालेको जस्तो विकासको योजना र कार्यान्वयनको खाका अरु कुनै दलसंग नभएको हुँदा विकासमा श्रेस्ठता हासिल गर्न पार्टी भएको बताए । पोखरा ३३ को मालागिरीमा आजोयित निर्वाचन केन्द्रित कोणसभालाई सम्बोधन गर्दै उनले विगत केपी ओलीको सरकारले अरु पार्टीले १५ वर्षमा गर्ने नसक्ने काम ५ वर्षमा गरेको बताउँदै देश र जनताको समृद्धिका लागि जनताले निर्विल्ल्प एमाले रोज्ने जिकिर गरेका छन् ।
एमालेका जनप्रतिनिधि जनताको शासक नबनी सेवक बनेर काम गरेको बिगतका उदाह ण प्रस्तुत गर्दै आचार्यले नेकपा एमालेको विरासतलाई जनताको अपार मायाले पोखरा ३३ को बिरासतलाइ जस्ता सुकै गठबन्धनले पनि भत्काउन नसक्ने उल्लेख गरे । उक्त वडाका स्थायी बासिन्दा समेत रहेका नेता आचार्यले ने क पा एमालेको स्थानिय वडा प्रतिनिधि रातदिन जनताको सेवामा आफूले देखेको भन्दै जनताको माया र साथले आफूहरुले चुनाव जितिसकेको र औपचारिक घोषणालाई मात्रै कुरेको उल्लेख गरेका छन् ।


निर्वाचन प्रचार–प्रसार अन्तरगत सो वडाका लाम्गादी, भन्ज्याङ, मालागिरी ,तिक्लाङ लगायतका स्थानमा घरदैलो सम्पन्न गरिएको छ । सो अवसरमा उक्त वडाका अध्यक्ष पदका प्रत्यासी शिवप्रसाद आचार्यले मालागिरी क्षेत्रलाई वडाको महत्वपूर्ण पर्यटकीय हव बनाउने योजना अघि बढेको र छिट्टै मुर्त रुप प्राप्त गर्ने, सो क्षेत्रका होमस्टेलाई थप ब्व्यवस्थापन गरिने उल्लेख गरे । उनले सो क्षेत्रमा पनि कृषि सडकको निर्माण संगै थप भौतिक पुर्बाधार निर्माणका काम अगाडी बढेको जानकारी दिएका छन् ।
सो अवसरमा उमेद्वार महिला सदस्य शान्ति पाध्या, दलित महिला सदस्य लिलादेवी नेपाली, सदस्य बिनोद भण्डारी र शंकरबहादुर अधिकारी, एमाले ३३ का अध्यक्ष दिपकराज लामिछाने, पूर्व सचिव बसन्तराज आचार्य, एमाले पोखरा महानगर कमिटी सदस्य चन्द्र पौडेल, साविक भरत पोखरी गाविस अध्यक्षद्वय यज्ञप्रसाद अधिकारी र गोपाल पुन सहित वडा कमिटी तथा टोल कमिटी र स्थानीयको उत्साहजनक उपस्थिति रहेको उप–सचिव रमेश आचार्यले जानकारी दिएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-