पोखरा, २२ बैशाख ।
नेकपा एमाले पोखरा १७ ले उम्मेदवार सहितको घरदैलो कार्यक्रमलाई तिब्रता दिएको छ । स्थानीय निर्वाचनको मिति नजिकिदै गर्दा एमालेले घरदैलो कार्यक्रमलाई तिब्रता दिएको हो ।
दोविल्लाबाट चारदिन अघिदेखि शुरु गरेको घरदैलो कार्यक्रम अन्तर्गत प्रगतिटोल, लामातरा, महतगौडा, रातोपैह्रा, घारीपाटन, आँखा अस्पतालचोक, डेमसाईड, हुँदै आज विरौटा, राममन्दिर र पावरहाउस क्षेत्रमा केन्द्रित भएको छ ।


पोखरा महानगरपालिकाका ३३ वटा मध्ये मतदाताको हिसावले दोश्रो सवै भन्दा ठूलो वडा पोखरा १७ मा भएको घरदैलो कार्यक्रममा पार्टी कार्यकर्ता तथा स्थानीय वासिन्दाको सहभागिताले थप उत्साहि बनाएको एमाले वडाअध्यक्ष ऋषव तिमिलाले जानकारी दिनुभयो ।
घरदैलोमा मत माग्न पुगेका उम्मेदवारलाई स्थानीयवासिन्दाले विजय भएपछि नभुल्न र समानुपातिक विकास निर्माणसंगै दुःख सुखमा साथ दिन अनुरोध गरेका थिए ।
बैशाख ३० गते हुन गहिरहेको स्थानीय तह निर्वाचनमा नेकपा एमालेले पोखरा १७ मा वडाअध्यक्ष राधिका शाही योगी, महिला सदस्यमा बिष्णुथापा भुजेल, दलित महिला सदस्यमा तारा सेवा तथा खुल्ला सदस्यमा शिवराम भण्डारी र विक्रम गुरुङलाई उम्मेवार बनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-