पोखरा, १९ वैशाख ।
पोखरा मेयरका उम्मेदवार धनराज आचार्यले विकासका लागि हुने कुनै पनि काम बन्द कोठाबाट निर्णय नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले पोखरा महानगरको वडा ३३ मा ल्यान्डफिल साइड र औद्योगिक क्षेत्र बनाउने छलफल हुँदा स्थानियसँग समन्वय नहुन दुःखद रहेको बताए । उनले उक्त कुरामा आफू स्थानीय जनतासंग छलफल गरेर न्यायपुर्ण संगतमा अघि बढ्ने बताए ।
उनले राजमार्ग देखि वडा २ देखि ३ मिनेटको दुरीमा रहे पनि वडालाई जोड्ने पुल नहुदा समस्या आएको बताए । उनले एउटा पुल बनाउने काम भइरहेको र अर्को पुलको पनि आवश्यकता रहेको उल्लेख गरे । गठबन्धनको जित भएमा जंगलको समस्याको समाधान समेत हुने भनाई उनको छ ।


महानगर भएपनि बसको सुबिधा नहुँदा स्थानीयले समस्या भोग्नुपरेको उनले उल्लेख गरे । उनले पृथ्वी चोकमा सिटि बसपार्क बनाउने र लामेआहालमा बसपार्क निर्माण गरेपछी पोखरामा कोठा लिएर बस्नपर्ने बाध्यता नहुने बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-