पोखरा, १९ वैशाख ।
नेकपा एमाले पोेखरा १३ ले आज वडाका विभिन्न स्थानमा मतदाता भेटघाट गरेको छ । उमेद्वारसँगै कार्यकर्ता र शुभेच्छुकको उल्लेखनीय उपस्थितिमा वडाका विभिन्न टोलमा मतदाता भेटघाट गरिएको हो ।
घरदैलो गरिरहँदा वडाका उमेद्वारलाई मतदाताले खादा र अविरसहित जितको शुभकामना दिए । बिहान ८ बजेदेखि सुरु गरिएको भेटघाट कार्यक्रममा युवासँगै वृद्धवृद्धाको समेत बाक्लो उपस्थिति थियो ।


पोखरा १३ मा नेकपा एमालेका तर्फबाट वडाध्यक्षमा बसन्त बराल ‘राजु’, खुला महिला सदस्यमा कृष्णकुमारी गुरुङ, दलित महिला सदस्यमा कमला विक, खुला सदस्यमा नीलकण्ठ सिग्देल र अमजत अलिमिया उमेद्वार छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-