Prime News Nepal
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
Prime News Nepal
कुनै परिणाम छैन
View All Result

घरदैलोको क्रममा गलेश्वरवासीसँग बानियाँले भने – “हामीलाई जिताउनुस्, गाली गर्ने ठाउँ पाउनुहुन्न“

प्राइम न्युज प्राइम न्युज
२ हप्ता अगाडि
घरदैलोको क्रममा गलेश्वरवासीसँग बानियाँले भने – “हामीलाई जिताउनुस्, गाली गर्ने ठाउँ पाउनुहुन्न“

पोखरा, १९ वैशाख ।

“यो बाटो जसले पक्की बनाइदिन्छ, बाटो बनाउने विश्वासिलो आधार जसले देखाउँछ हाम्रो भोट उसैलाई जान्छ ।” गलेश्वर मार्ग निवासी मिदिना गुरुङले घरदैलो कार्यक्रमका लागि पुगेका उम्मेदवारलाई घरको गेटबाट निस्किदै भनिन् । उनले घर अगाडिको बाटो ढलानका लागि पटक–पटक सम्बन्धित निकायमा ताकेता गर्दा सुनुवाई नभएको गुनासो गरिन् ।

सोही मार्गकै देवी तिमिल्सिनाले बाटो बनाउन र सरकारी खानेपानीको पाईप विस्तार गर्न उम्मेदवारलाई सुझाए । तिमिल्सिनाको भनाई लाई समर्थन गर्दै छिमेकी डम्बर बहादुर थापाले पनि सहमती जनाए । अर्का छिमेकी सुमित्रा थापाले उम्मेदवारलाई टिका लगाइदिंदै जितको शुभकामना दिइन् र राम्रो काम गरेर नाम राख्नु भनेर पाँचै जनालाई आशिर्वाद दिइन् । स्थानीय तहको निर्वाचन नजिकिएसँगै नेकपा एमाले पोखरा –१५ ले घरदैलो कार्यक्रमलाई तीब्रता दिएको छ ।

वडावासीसँग भेटघाटका साथै समस्या सुन्न निस्किएको उम्मेदवारको टोलीलाई घरदैलोकै क्रममा गलेश्वरका स्थानीयले मन फुकाएर समस्याहरु राखे, भलाकुसारी गरे र आशिर्वाद दिएर पठाए। वडा नं –१५ का खुल्ला वडा सदस्य पदका उम्मेदवार हुन् गलेश्वर निवासी युवा उम्मेदवार आशिष भण्डारी। गलेश्वरस्थित पार्क बनाउन, बास्केटबल ग्राउण्ड बनाउन र उक्त क्षेत्रका हरेक विकासका गतिविधि र कार्यक्रमको आयोजना उनकै अगुवाईमा हुँदै आएको छ। स्थानीयले उनलाई यसअघि नै युवा समाजसेवीका रुपमा चिन्दै आएका छन्। झन् वडा सदस्यका लागि मनोनयनमा परेपछि उनीसंग स्थानीयले धेरै आश गरेका छन्।

आजको घरदैलोमा त्यसकारणपनि गुनासो र समस्याहरु धेरै आएका थिए। जनताको घर–घरमा समस्या सुन्न र भोट माग्न भण्डारी अन्य उम्मेदवारसँगै थिए। भण्डारीले सबैलाई आफूसहित पाँचै जनालाई भोट दिएर निर्वाचित गराए आफ्नो क्षेत्रका जनताले महसुस गर्ने गरी छिट्टै विकासको लहर ल्याउने प्रतिवद्वता व्यक्त गरे। यस्तै वडा अध्यक्ष पदका उम्मेदवार तोरण बहादुर बानियाँले गलेश्वर क्षेत्रको भित्रि मार्गको प्लानिङ आफूले गरेको भन्दै निर्वाचित भएको खण्डमा गलेश्वरवासीको समस्याको समाधान गर्न यथासक्य पहल गर्ने बताए।

बानियाँले सबै मतदातासँग आफ्नो क्षेत्रको विकास गर्नकै लागि राजनीतिमा होमिएको बताए। उनले आफू लगायत आफ्नो टिमलाई जिताउन मतदातासँग प्रतिवद्वता जनाउँदै भने –“हामीलाई जिताउनुस् , गाली गर्ने ठाउँ पाउनुहुन्न।“ घरदैलोका लागि निस्किएको उम्मेदवारसहितको टोली गलेश्वरस्थित गणेश मन्दिर भित्र पसी सामुहिक फोटो खिचाउँदै भने – ’जितेपछि भने फेरी यही मन्दिरमा आएर आशिर्वाद लिएर जनताको सेवामा लाग्छौं।“

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

आजदेखि आइतबार पनि सरकारी बिदा

आजदेखि आइतबार पनि सरकारी बिदा

२ दिन अगाडि
पोखरामा गठबन्धनको अग्रता

पोखरामा गठबन्धनको अग्रता

२ दिन अगाडि

काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

१७ पालिकाको मतपरिणाम आउँदा कांग्रेस पहिलो

१२ पालिकाको अन्तिम परिणाम सार्वजनिक

पोखरा महानगरपालिकामा ४ वटा वडाको मतगणना जारी

  • चर्चित पाना
  • ताजा पाना
महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

५ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

५ महिना अगाडि
तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

५ महिना अगाडि
एनिमल लभर चाँदनी

एनिमल लभर चाँदनी

४ हप्ता अगाडि
आजदेखि आइतबार पनि सरकारी बिदा

आजदेखि आइतबार पनि सरकारी बिदा

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

आजदेखि आइतबार पनि सरकारी बिदा

आजदेखि आइतबार पनि सरकारी बिदा

२ दिन अगाडि
पोखरामा गठबन्धनको अग्रता

पोखरामा गठबन्धनको अग्रता

२ दिन अगाडि
काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

२ दिन अगाडि
१७ पालिकाको मतपरिणाम आउँदा कांग्रेस पहिलो

१७ पालिकाको मतपरिणाम आउँदा कांग्रेस पहिलो

२ दिन अगाडि

मिडल भ्वाईस मिडिया ग्रुप प्रा.लि.
www.primenewsnepal.com

पोखरा -०५, पर्स्याङ्ग
कास्की
सञ्चालक: रघुनाथ वाग्ले
सम्पादक: दिनेश राज वाग्ले
[email protected]
दर्ता नम्बर: सूचना विभाग -२४८८/०७७-७८
9856038316

ताजा अपडेटहरु

  • आजदेखि आइतबार पनि सरकारी बिदा
  • पोखरामा गठबन्धनको अग्रता
  • काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

हाम्रा सामाजिक सञ्जालहरु

Facebook Twitter Google+ RSS

© 2020 Prime News Nepal | Designed by: MPG Solution Nepal

  • Login
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result

© 2021 Premier Pana | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In