पोखरा, १९ वैशाख ।
मादी गठबन्धन २०७९ को सम्पर्क कार्यालय पोखरा १२ शितलादेवीमा विधिवत उद्घाटन गरिएको छ । सोमबार गठबन्धनका साझा उम्मेद्वार द्वय देवी जंग गुरुङ र लालबहादुर गुरुङले सम्पर्क कार्यालयको उद्घाटन गरेका हुन् ।
सम्पर्क कार्यालय उद्घाटनपछि मादी गाउँपालिका अध्यक्ष पदका नेपाली कांग्रेसका उम्मेद्वार देवी जंग गुरुङले मादीको विकासका लागि गठबन्धना साझा उम्मेद्वारहरुले उम्मेद्वारी दिएको बताए । आफूहरुको साझा उम्मेद्वारी नै आधार भएको उनले बताए ।


माओवादी केन्द्रबाट मादी उपाध्यक्ष पदका उम्मेद्वार लालबहादुर गुरुङले मादीको विकासका लागि गठबन्धन आएको बताए । गठबन्धनका साझा उम्मेद्वारहर अहिले घरदैलो कार्यक्रममा गाउँ गाउँ पुगेको नेपाली कांग्रेस कास्की एकका सचिव सरोज केसीले जानकारी दिए ।
प्रतिक्रिया लेख्नुहोस्:-