पोखरा, १७ वैशाख ।
नेपाली कांग्रेसको भातृ संगठन तरुण दलका युवाहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । तरुण दल पोखरा २१का उपाध्यक्ष राजु गिरीसहित युवाहरु एमाले प्रवेश गरेका हुन् । युवा व्यवसायी गिरीसहित युवाहरु नेकपा एमालेको कार्य देखेर प्रभावित भई नेकपा एमालेमा प्रवेश गरेको नेकपा एमाले जिल्ला कमिटि सदस्य तथा पोखरा–२१का इन्चार्ज अर्जुन गिरीले बताए ।
उनिहरुलाई नेकपा एमालेका तर्फबाट पोखरा महानगरपालिकाको मेयर, उपमेयरसहित स्थानीय तहका उम्मेदवारहरुको परिचयात्मक कार्यक्रम तथा प्रतिवद्धता पत्र सार्वजनिक समारोहमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ,ईश्वर पोख्रेल र उप महासचिव पृथ्वीसुब्बा गुरुङले अबिर र माला लगाउँदै पार्टी प्रवेश गराएका हुन् ।


पार्टी प्रवेश गर्नेमा उपाध्यक्ष गिरी, सविन गिरी, विष्णु सापकोटा, दिपक सापकोटा, केशव गिरी, उमेश खड्का र शिव गिरी रहेका छन् ।एमाले पार्टी प्रवेश गर्दै राजु गिरीले पोखरा–२१मा एमाले अझ बलियो भएर अघि बढेको दाबी गरे । गिरीका अनुसार यसपटकको चुनावमा विगतको भन्दा धेरै मतान्तरले एमालेको उम्मेदवारले विजय हाँसिल गर्नेछन् ।
पोखरा २१ मात्र नभएर कास्की र गण्डकी प्रदेशमा नेकपा एमालेले जनताको मन जित्ने काम गरेको धारणा ब्यक्त गरे । गिरी पोखरा–२१ का युवा व्यवसायी मात्रै होइनन् त्यस क्षेत्रका प्रभावशाली व्यक्ति हुन् ।
प्रतिक्रिया लेख्नुहोस्:-