Prime News Nepal
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
Prime News Nepal
कुनै परिणाम छैन
View All Result

राप्रपा अब देशको ठुलो पार्टी बन्दैछ ः केन्द्रीय उपाध्यक्ष गुरुङ

प्राइम न्युज प्राइम न्युज
३ हप्ता अगाडि
राप्रपा अब देशको ठुलो पार्टी बन्दैछ ः केन्द्रीय उपाध्यक्ष गुरुङ

पोखरा, १७ बैशाख ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय उपाध्यक्ष हेमजंग गुरुङले आगामी चुनावमा पार्टी नेपालकै तेस्रो ठुलो पार्टी हुने दाबी गरेका छन् । पछिल्लो समय नेतृत्व परिवर्तन भएसँगै युवाहरुको आकर्षण राप्रपाप्रति बढेको उनले बताए ।

‘पछिल्लो समयको तथ्यांकले यो देखाउँछ कि, हाम्रो पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीप्रति धेरै जनताको आशा धेरै बढेको छ । र, पार्टीमा पछिल्लो समय देखिएको आकर्षणले पनि यो कुरालाई पुष्टी गर्छ ।’ पोखरामा आयोजित राप्रपाको स्थानीय तह निर्वाचनका उम्मेदवार प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा राप्रपा केन्द्रीय उपाध्यक्ष गुरुङले भने–‘हामी धर्मयुद्धमा छौँ । र, यो कुरामा स्पष्ट हुनुहोस् कि अन्त्यमा धर्मकै जित हुन्छ ।’

पछिल्लो समय देशव्यापी रुपमा राप्रपा र राप्रपाले उठाएका मुद्दाको विषयमा सकारात्मक वहश चल्ने क्रम बढेको उनले बताए । पार्टीको यस्तो खाले माहौल बनेको ईतिहासमै पहिलोपटक भएको उनको दाबी छ । ‘राजेन्द्र लिंदेनको नेतृत्वले यो माहौल बनाएको हो । र, पार्टीको स्वरुप पनि अब चाँडै फेरिने निश्चित छ ।’ उनले भने ।

गुरुङले राप्रपाका उम्मेदवारहरुलाई चुनाव जित्नका लागि अन्य दलका उम्मेदवारहरुलाई गालीगलौज नगर्न पनि सुझाव दिए । ‘हामीले हाम्रो एजेन्डाले जनताको मन जित्ने हो । र, चुनाव पनि त्यहि जनमतले जिताउने हो । हामी धार्मिक पार्टी हौँ र हामीले कसैलाई गाली गरेर आफुलाई चोख्याउने काम गर्नुहुँदैन ।’ गुरुङले भने–‘जनतामाझ गएर जबरजस्ती आफ्ना धारणा मात्रै नसुनाउनुहोस् । बरु सकेसम्म जनताको कुरा सुन्ने गर्नुहोस् ।’ उनले जनताले राजनीतिक विकल्प खोजेकोले त्यो विकल्प राप्रपा बन्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा राप्रपाका गण्डकी प्रदेश अध्यक्ष पञ्चराम गुरुङ, केन्द्रीय सदस्य डा. महेन्द्रबहादुर केसी, राप्रपा नेता जयलाल पुन, जिल्ला अध्यक्ष नारायण गुरुङ लगाएतले बोलेका थिए ।

राप्रपाले आसन्न निर्वाचनका लागि पोखरा महानगरपालिकाको मेयरमा शंकर खराल र उपमेयरमा रञ्जना सेन पौडेललाई उम्मेदवारको रुपमा अगाडि सारेको छ । पार्टीले देशभरीका स्थानीय तहमा कुल १२ हजार ४ सय ३७ जना उम्मेदवारलाई उठाएको छ ।

राप्रपामा ४४ जनाको प्रवेश
राष्ट्रिय प्रजातन्त्र पार्टीमा शुक्रबार एकैदिन ४४ जनाले पार्टी प्रवेश गरेका छन् । विभिन्न पार्टी परित्याग गरि उनीहरुले राप्रपामार्फत आफ्नो राजनीतिक यात्रालाई अगाडि बढाउने निर्णय लिएका हुन् ।

विश्व हिन्दु महासंघका पुर्व कास्की जिल्ला अध्यक्ष पार्वता पौडेल, विश्व हिन्दु महासंघ कास्कीका साँस्कृतिक विभाग प्रमुख उषा माता, मनबहादुर विश्वकर्मा, सामाजिक अभियन्ता पुन्य पौडेल लगाएत ४४ जना राप्रपामा प्रवेश गरेको पार्टीले जनाएको छ । पार्टी प्रवेश गर्ने मध्ये पार्वता पौडेल काँग्रेस परित्याग गरि राप्रपा प्रवेश गरेकी हुन् भने मनबहादुर विश्वकर्मा नेकपा एमाले त्यागेर पार्टीमा प्रवेश गरेका हुन् ।

पछिल्लो समय राप्रपामा दैनिक पार्टी प्रवेश गर्नेहरुको संख्या बढ्दै गएको पार्टीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

वर्ल्डलिंक इन्टरनेट झनै सस्तो, तीन महिने नयाँ प्याकेज सार्वजनिक

वर्ल्डलिंक इन्टरनेट झनै सस्तो, तीन महिने नयाँ प्याकेज सार्वजनिक

८ मिनेट अगाडि
पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

२१ घण्टा अगाडि

पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

हरियोखर्क अस्पताल अनुगमनमा मुख्यमन्त्री पोखरेल

नैतिकता भए उपकुलपति डा. जगमानले राजीनामा दिनुपर्छः महेन्द्र गुरुङ

  • चर्चित पाना
  • ताजा पाना
महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

५ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

५ महिना अगाडि
तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

५ महिना अगाडि
एनिमल लभर चाँदनी

एनिमल लभर चाँदनी

४ हप्ता अगाडि
वर्ल्डलिंक इन्टरनेट झनै सस्तो, तीन महिने नयाँ प्याकेज सार्वजनिक

वर्ल्डलिंक इन्टरनेट झनै सस्तो, तीन महिने नयाँ प्याकेज सार्वजनिक

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

वर्ल्डलिंक इन्टरनेट झनै सस्तो, तीन महिने नयाँ प्याकेज सार्वजनिक

वर्ल्डलिंक इन्टरनेट झनै सस्तो, तीन महिने नयाँ प्याकेज सार्वजनिक

८ मिनेट अगाडि
पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

२१ घण्टा अगाडि
पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

२१ घण्टा अगाडि
पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

२४ घण्टा अगाडि

मिडल भ्वाईस मिडिया ग्रुप प्रा.लि.
www.primenewsnepal.com

पोखरा -०५, पर्स्याङ्ग
कास्की
सञ्चालक: रघुनाथ वाग्ले
सम्पादक: दिनेश राज वाग्ले
[email protected]
दर्ता नम्बर: सूचना विभाग -२४८८/०७७-७८
9856038316

ताजा अपडेटहरु

  • वर्ल्डलिंक इन्टरनेट झनै सस्तो, तीन महिने नयाँ प्याकेज सार्वजनिक
  • पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी
  • पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

हाम्रा सामाजिक सञ्जालहरु

Facebook Twitter Google+ RSS

© 2020 Prime News Nepal | Designed by: MPG Solution Nepal

  • Login
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result

© 2021 Premier Pana | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In