पोखरा, १६ वैशाख ।
गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बरालले जीवनले कृषि उत्पादनलाई प्रबद्र्धन गर्न र आत्मनिर्भर अर्थतन्त्र बनाउनको लागि गाउँ फर्क अभियान सुरु गर्नुपर्ने बताउनु भएको छ । पोखरा २२ को घरेडी घोताने १२ भाई समाज घर को शुक्रबार पुम्दी पुम्दीको कालाबाङमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा वोल्दै मन्त्री बरालले उक्त कुरा बताउनु भएको हो ।
पछिल्लो समयमा घर गाउँका बस्ती रित्तिदै जाने क्रम नरोकिएकोले गाउँ फर्क अभियान सुरु गर्न सके कृषि उत्पादनमा बृद्धि हुने जसले खाद्यन्नमा समेत आत्म निर्भर हुने भएको मन्त्री बरालको भनाई थियो । पोखरा २२ पर्यटन र कृषिको उत्तिकै सम्भावना भएकोले अर्थ मन्त्रालयले पनि पर्यटन र कृषि प्रबद्र्धन गर्नको लागि सडक निर्माणमा बिषेश जोड दिदै आएको मन्त्री बरालले बताउनु भयो । अर्थ मन्त्रालय हाल बजेट निर्माणको चरणमा भएकोले जनताका आवश्यकताको आधारमा योजना छनौट गर्ने मन्त्रालयको योजना रहेको उहाँको भनाई थियो । उक्त अवसरमा समाजले मन्त्री बराललाई फुल माला, खादा, भाङग्रा र फेता लगायर सम्मान गरेको थियो ।


समाजका अध्यक्ष भत्त बहादुर गुरुङको अध्यक्षतमा सम्पन्न भएको कार्यक्रममा माओबादी केन्द्र पोखरा २२ का अध्यक्ष नवराज बराल, समाजका सल्लाहकार पे्रमकाजी गुरुङ, स्थानिय समाजसेवी मिन बहादुर गुरुङ, समाजका पूर्व उपाध्यक्ष सन्तोस गुरुङ लगायतले वोल्नु भएको उषा गुरुङले बताउनु भयो ।
प्रतिक्रिया लेख्नुहोस्:-