Prime News Nepal
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
Prime News Nepal
कुनै परिणाम छैन
View All Result

पोखरा–१५ को घरदैलो ः हिजो गरिएका सामाजिक कामको प्रेरणाले वडा वासीले जिताउने विश्वास

प्राइम न्युज प्राइम न्युज
३ हप्ता अगाडि
पोखरा–१५ को घरदैलो ः हिजो गरिएका सामाजिक कामको प्रेरणाले वडा वासीले जिताउने विश्वास

पोखरा, १६ वैशाख ।

नेकपा एमाले वडा नं –१५ ले आजदेखि घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमको थालनी गरेको छ। पाँचै जना उम्मेद्वारसहित कार्यकर्ताको टोलीले आज फूलबारी होटलको दोस्रो गेटदेखि घरदैलो तथा भेटघाट कार्यक्रमको थालनी गरेको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा नं –१५ का वडा अध्यक्ष पदका प्रस्तावित उम्मेद्वार तोरण बहादुर बानियाँले आसन्न निर्वाचनमा सूर्य चिन्हमा मतदान गरी नेकपा एमालेलाई जिताउन घरदैलो कार्यक्रमको थालनी गरिएको बताए। सामाजिक अभियन्ता समेत रहेका बानियाँले हिजो गरिएका सामाजिक कामको प्रेरणाले आफूहरुलाई वडा वासीले बहुमतले जिताउने विश्वास गरे। नेकपा एमाले पार्टी मात्र नभई परिवार भएकाले वडा नं –१५ लाई राम्रो वडा, हाम्रो वडा र सुखी सम्वृद्ध वडा बनाउने उद्देश्यका साथ अगाडि बढेकाले यो उद्देश्यलाई पूरा गर्न आफुहरुले चाहेर मात्र सम्भव नहुने भएकाले वडा वासीको साथ सहयोग र समर्थनको खाँचो रहेको औंल्याए। उनले सूर्य चिन्हमा मतदान गरी आफूहरु पाँचै जनालाई निर्वाचित गराउन स्थानीयसँग आग्रह गरे।

कार्यक्रममा खुल्ला सदस्य पदका उम्मेद्वार आशिष भण्डारीले विकास र परिवर्तनका लागि युवाहरुको नेतृत्व गर्दै आफू समग्र वडा नं –१५ को तल्लो क्षेत्रको प्रतिनिधित्व गर्दै अगाडि सरेको बताए। उनले हिजोका दिनमा छुटेका विकासका कामहरुलाई अगाडि बढाउन अब आउने पाँच वर्षमा तल्लो क्षेत्रलाई समेटेर लैजाने सक्ने युवा र आफ्नो भाई, छोरा भएको नाताले आफूलाई विश्वास गरी अत्याधिक मतले निर्वाचित गराउन आग्रह गरे। उनले अबको पाँच वर्षमा समग्र १५ नंवर वडा र विशेष गरी तल्लो क्षेत्रसँग मन जोड्नका लागि पुलको रुपमा आएको स्पष्ट पारे। उनले आफ्नो वडा वासिको दुःख पीडालाई बुझेर सबैको भावनालाई समेटेर अगाडि बढ्ने पनि प्रतिवद्धता व्यत गरे।

यस्तै, दलित महिला सदस्य पदकी उम्मेद्वार मन्दिरा परियारले वडाका महिला तथा दलित महिलाको गुनासो सुन्न र समस्याको समाधान गर्न पुनः आफूले उम्मेद्वारी दिएको बताइन्। यसअघि पनि वडा वासीको बहुमतले बिजयी भएको स्मरण गर्दै परियारले महिला उत्थान र महिला स्वरोजगारका कार्यक्रमहरु ल्याउने भन्दै आफुहरुलाई निर्वाचित गर्न आग्रह गरिन् ।
यस्तै, खुल्ला सदस्यकै उम्मेद्वार वलराम पौडेलले विकास निर्माणमा जनजनको मन जोडिनुपर्ने भन्दै सबैको मन जोडिए मात्रै फूल्न र फल्न सक्ने बताए । उनले वडामा सबै आफ्ना छिमेकी भएकाले हिजो पनि सँगै रहेको र अबपनि हर समस्यामा सँगै रहने र वडा वासीलाई साथ दिने बताए। उनले आफ्नो वडामा सबैको नहरको फोहोर थुप्रिने डम्पिङ बनेको भन्दै त्यसको व्यस्थापन र सिंचाईलाई व्यवस्थित गर्ने प्रतिवद्धता व्यत गरे।

महिला सदस्य उम्मेद्वार सेतीमाया गुरुङले आफ्नो परिचय दिँदै आफू भूमिहिन संगठनको केन्द्रिय सदस्य भएकाले वडाका भूमिहीन दिदीबहिनी तथा वस्तिका लागि केहि सहयोग गर्न सक्छु कि भनेर आफू अगाडि सरेको बताइन्। उनले पार्टीले आफूलाई दिएको जिम्मेवार सफलता पूर्वक निर्वाह गर्ने बताइन्।

यस्तै, कार्यक्रम संयोजक विष्णु गिरिले शुभकामना व्यक्त गर्दै फूलबारी क्षेत्र पहिले पिछडिएको ठाउँ भएपनि नेकपा एमालेले यहाँ धेरै विकासका काम गरेको दाबी गरिन्। उनले शुरुआती दिनमा फूलबारी आमा समुहमा आफू मात्र एक्लै एमाले भएर चिनिएकोमा अहिले समुहका सबै दिदीबहिनी एकजुट हुँदा खुशी लागेको बताइन्। उनले घरदैलो कार्यक्रमलाई सफलताको शुभकामना दिँदै निर्वाचित भएपछि यही ठाउँबाट विकासका कार्य अगाडि बढाउन सुझाव दिइन्।

कार्यक्रम संचालिका पार्वती कार्कीले यस अगाडि रातो रङको सूर्यमा मतदान गरिँदै आइएकोमा आसन्न निर्वाचनमा हरियो रङको सूर्यमा मतदान गर्न आग्रह गर्दै मतदाता शिक्षाको लागि आफूहरु घर घरमा जाने बताइन्।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

१५ घण्टा अगाडि
पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

१५ घण्टा अगाडि

पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

हरियोखर्क अस्पताल अनुगमनमा मुख्यमन्त्री पोखरेल

नैतिकता भए उपकुलपति डा. जगमानले राजीनामा दिनुपर्छः महेन्द्र गुरुङ

थप ६ जनामा कोरोना संक्रमण

  • चर्चित पाना
  • ताजा पाना
महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

५ महिना अगाडि
तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

५ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

५ महिना अगाडि
एनिमल लभर चाँदनी

एनिमल लभर चाँदनी

४ हप्ता अगाडि
पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

१५ घण्टा अगाडि
पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

१५ घण्टा अगाडि
पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

१८ घण्टा अगाडि
हरियोखर्क अस्पताल अनुगमनमा मुख्यमन्त्री पोखरेल

हरियोखर्क अस्पताल अनुगमनमा मुख्यमन्त्री पोखरेल

१९ घण्टा अगाडि

मिडल भ्वाईस मिडिया ग्रुप प्रा.लि.
www.primenewsnepal.com

पोखरा -०५, पर्स्याङ्ग
कास्की
सञ्चालक: रघुनाथ वाग्ले
सम्पादक: दिनेश राज वाग्ले
[email protected]
दर्ता नम्बर: सूचना विभाग -२४८८/०७७-७८
9856038316

ताजा अपडेटहरु

  • पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी
  • पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित
  • पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

हाम्रा सामाजिक सञ्जालहरु

Facebook Twitter Google+ RSS

© 2020 Prime News Nepal | Designed by: MPG Solution Nepal

  • Login
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result

© 2021 Premier Pana | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In