कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Prime News Nepal
Advertisement
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Prime News Nepal
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कार्यालय आउजाउमै सकिन्छ चार घण्टा, त्यही पनि फेरि वडाध्यक्ष लड्दै हिमबहादुर

हिमबहादुरले दैनिक चार घण्टा हिँडेर कार्यालय आउजाउ गरे । यो चुनावमा पनि उनी वडाध्यक्षका दाबेदार छन् ।

प्राइम न्युज प्राइम न्युज
२ महिना अगाडि

पोखरा, १५ वैशाख ।

गाउँगाउँमा चुनावी माहोल तातेको छ । अन्नपूर्ण आधार शिविर (एबिसी)को प्रवेश द्वार छोम्रोङमा पनि उम्मेद्वारी दर्तासँगै चुनावी माहोल गर्मिएको छ । गुरुङ समुदायको बाक्लो वस्ती भएको छोम्रोङ कास्कीको अन्नपूर्ण गाउँपालिका ११ मा पर्छ । यही गाउँका ५९ वर्षीय हिमबहादुर गुरुङ चुनावी प्रचारप्रसारमा जुटेकाले गाउँमा चुनावी माहोल अरु गाउँभन्दा फरक छ । दोस्रो कार्यकालका लागि पनि उनले नेकपा (एमाले)बाट उम्मेद्वारी दर्ता गराएका छन् ।

२०७४ सालको निर्वाचनमा हिमबहादुर एक सय २० मतान्तरले विजयी भएका थिए । हिमबहादुरले पाँच सय ३० मत ल्याउँदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका भूवनेश्वर गुरुङले चार सय १० मत पाएका थिए । २०६१ सालदेखि २०६८ सम्म छोम्रोङ पर्यटन व्यवस्थापन समितिको चार कार्यकाल अध्यक्ष भए । जनतामाझ परिचित भएको र काम गर्ने स्वभाव भएकाले उनले २०७४ सालमा एमालेबाट टिकट पाएका थिए ।

पछिल्लो कार्यकालमा उनले घरघरमै सामाजिक सुरक्षा भत्ता पुग्ने वातावरण बनाए । ‘हाम्रोमा बैंकको सुविधा लिन गाह्रो छ । वृद्धभत्ता लिन सबै बुढाबुढी जान सक्ने अवस्था छैन । मेरो कार्यकालमा टोलटोलमा बैंकको कर्मचारी पु¥याएर भत्ता वितरण गरेँ । धेरै बा–आमालाई सहज भयो,’ हिमबहादुरले सुनाए, ‘अपांगता भएकालाई पनि टोलमै लगेर भत्ता दिने व्यवस्था गरेँ ।’

वडा नम्बर ११ पर्यटकीय गतिविधि निकै चलायमान हुने वडा हो । त्यसैले आफ्नो चासो नै पर्यटन विकास भएको हिम सुनाउँछन् । ‘हाम्रो पदमार्ग पर्यटन राम्रो छ । पछिल्लो कार्यकालमा आधार शिविर पुग्ने बाटो स्तरोन्नति, ठाउँठाउँमा पुल बनाउने काम गरेँ । पर्यटकलाई कसरी अझ एसिबी आउने वातावरण बनाउने भन्ने मेरो जोड रहन्छ,’ उनले सुनाए ।

पछिल्लो पाँच वर्षे कार्यकालमा वडाका खोलामाथि झोलुंगे पुल बनाउने, सिँचाइ योजना, पदमार्ग स्तरोन्नतिलगायत काममा बजेट छुट्याउन प्रदेश र संघसम्म पहुँच पु¥याए । पाँच वर्षमा गाउँपालिका, प्रदेश र संघ सरकारबाट ३१ करोड ३४ लाख रुपैयाँ बजेट वडाले पाएको उनले बताए । कुल बजेटमध्ये गाउँपालिकाबाहेक प्रदेश सरकारको २० करोड ३१ लाख पचास हजार र संघ सरकारबाट ६ करोड ६५ लाख रुपैयाँ वडामा परेको हो । पुल, सडक, पदमार्ग, खेलमैदान, भवन निर्माणमा बजेट खर्च भएको हिमबहादुरले सुनाए ।

हिमबहादुरको गाउँ छोम्रोङ र पहिला वडा कार्यालय भएको घान्द्रुक गाउँ वारिपारिको डाँडामा पर्छ । सडक नहुँदा हिँडेर आउजाउ गर्न आठ घण्टा खर्चिनुपथ्र्यो । अहिले कार्यालय सारेपछि चार घण्टा समय छोटिएको छ । फेरि उनी हिँडाइका दुःख सहने अठोटसहित वडाध्यक्षमा उठेका छन् ।

पछिल्लो निर्वाचनमा उनले कांग्रेसको गढ भत्काएर चुनाव जिते । यसपटक गठबन्धनविरुद्ध लड्नुपर्ने भएकाले पनि पार्टीले उनैलाई उठाएको छ । ३ हजार जनसंख्या रहेको अन्नपूर्ण ११ मा १९ सय मतदाता छन् । ‘मैले गरेको काम देखेर पार्टीले पनि पत्यायो । घरमै बस्नुभन्दा एकपटक फेरि लडौं भन्ने भयो । हिँड्न सक्ने भएपछि ओहोरदोहोर गाह्रो छैन,’ हिमबहादुरले फेरि चुनाव लड्नुको कारण सुनाए, ‘यो कार्यकाल कोभिड, सरकार परिवर्तनले गर्दा गर्छु भनेका कति काम गर्न सकिनँ । जितेँ भने पछिल्लो कार्यकालका थाँती काम सक्छु ।’

तत्कालीन घान्द्रुक गाविसमा ९ वटा वडा थिए । ती वडा अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर १० र ११ मा गाभियो । त्यसैले यी दुई वडाको भूगोल ठूलो छ । वडा कार्यालय पर्यटकीय गाउँ घान्द्रुकमा थियो । वडाको बीच भागमा पर्ने उरीमा स्थानीयको घर भाडामा लिएर वडा कार्यालय चलाइएको छ । वडाको आफ्नो भवन निर्माणाधीन छ । वडाका गुर्जुङ, मेलाँचेजस्ता गाउँलाई सडक सुविधाले कार्यालयबाट सेवा लिन सहज भएको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

४ हप्ता अगाडि

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको परिषद बैठक

४ हप्ता अगाडि

प्रादेशिक बसपार्क निर्माणमा पोखरा महानगरले सहजिकरण र सहकार्य गर्छ ः मेयर आचार्य

लामाचौरमा नेवारी भाषा प्रशिक्षण कार्यक्रम आयोजना

रानाभाटद्धारा राष्ट्रिय नागरिक पार्टीको केन्द्रिय सदस्यबाट राजिनामा

जिल्ला फेन्सीङ संघ कास्कीको बरिष्ठ उपाध्यक्षमा गुरुङ

  • चर्चित
  • भर्खरै

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

६ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

७ महिना अगाडि

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

६ महिना अगाडि

सभापतिको उम्मेदवारको टुंगो लगाउन देउबा र पौडेल पक्ष छुटा छुटै बैठकमा

७ महिना अगाडि

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

0

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

0

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

0

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

0

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

४ हप्ता अगाडि

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको परिषद बैठक

४ हप्ता अगाडि

प्रादेशिक बसपार्क निर्माणमा पोखरा महानगरले सहजिकरण र सहकार्य गर्छ ः मेयर आचार्य

४ हप्ता अगाडि

लामाचौरमा नेवारी भाषा प्रशिक्षण कार्यक्रम आयोजना

४ हप्ता अगाडि
Prime News Nepal

© 2022 Prime News - Designed by MPG Solution.

महत्वपूर्ण लिङ्कहरु

  • Home
  • Prime News Nepal
  • Sample Page
  • Win Free Slot Machines Using Facebook

सामाजिक सञ्जालहरु

  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य