Prime News Nepal
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
Prime News Nepal
कुनै परिणाम छैन
View All Result

पोखरा २७ मा एमालेको घरदैलो

प्राइम न्युज प्राइम न्युज
३ हप्ता अगाडि
पोखरा २७ मा एमालेको घरदैलो

पोखरा, १३ बैशाख ।

। नेकपा एमाले पोखरा महानगरपालिका वडा २७ ले स्थानीय निर्वाचनमा आफ्नो पोल्टामा अधिकतम मत तान्दै विजयी हुने लक्ष्यका साथ घरदैलो अभियानलाई तीव्रता दिएको छ । वडाबाट सर्वसम्मत उम्मेदवार टुंगो लगाई चुनावी प्रचारमा केन्द्रीत भएको एमालेले वडाका ७५ प्रतिशत मतदाताको घरदैलोमा पुगेको वडा इन्चार्ज एवं निर्वाचन परिचालन संयोजक गणेशराज धमलाले जानकारी दिए ।

‘उम्मेदवार चयन प्रक्रिया सकिएसँगै हामी मतदाताका घरदैलोमा पुग्ने अभियानलाई अघि बढायौं,’ उनले भने, ‘घरदैलो अभियान अन्तिम चरणमा पुग्न लागेको छ । त्यसपश्चात्त रणनीतिक निर्वाचन परिचालनका विकल्पमा हामी केन्द्रीत हुने छौं ।’

एमालेबाट पोखराको मेयर उम्मेदवार कृष्ण थापा र उपमेयर उम्मेदवार मञ्जुदेवी गुरुङ चुनावी प्रतिस्पर्धामा छन् । मेयर र उपमेयरसहित वडाका उम्मेदवारहरुको चुनावी कोण सभाका कार्यक्रम केही दिनभित्र तय गरिने इन्चार्ज धमलाले जानकारी दिए । एमाले २७ बाट अध्यक्षमा सूर्यमणि लामिछाने, महिला सदस्यमा बुद्धिमाया थापामगर, दलित महिला सदस्यमा उमा परियार, खुला सदस्यमा प्रकाश देवकोटा र तारानाथ दवाडी चुनावी मैदानमा छन् ।

हालसम्म एमालेले पोखरा २७ का क्षेत्रहरु रिठेपानी, कुमाल गाउँ, लमतरा, भण्डारी टोल, छत्रे ढुंगा, एकता टोल, तीन तहरा, कालीमाटी, पण्डित थर, आवासनगर, गोलपाटन, मरेखरे, भुवन कुना, तालचोक, डाँडाकोनाक, डाँडाबारी, जरुवा, बिर्ता, खरानेफाँट, कालीगण्डकी, गन्दर्वटोल, धर्मशाला, बडहरेमा घरदैलो अभियान सम्पन्न गरेको छ । अर्घौबेँसी, नहरचोक, सतीफाँट, पुरानो लेखनाथ नपा कार्यालय वरिपरि, अर्चले, बाह्रघर, कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल, ठूलीपोखरीमा भोलिदेखी घरदैलो केन्द्रीत गरिने भएको छ ।

घरदैलोका बेला अध्यक्षका उम्मेदवार सूर्यमणि लामिछानेले निर्वाचनका क्रममा गरेका प्रतिबद्धता पूरा गरी छाड्ने बताए छन् । ‘निर्वाचनमा बोलिने र निर्वाचनपछि गरिने व्यवहारमा एमाले २७ बाट र हामी उम्मेदवारबाट फरक पाउनुहुन्न,’ मतदाताहरुसमक्ष भोट माग्दै उनले भने, ‘हजुरहरुलाई गलत आश्वासन दिन्नौं तर बोलेका र प्रतिबद्धता गरेका वाचा पूरा गरी छाड्छौं ।’

उम्मेदवार लामिछानेले निर्वाचनमा आफूसहितका उम्मेदवार मतदान गरी आगामी पाँच वर्ष सेवक हुने मौका प्रदान गर्न अनुरोध गरे । वडा २७ लाई महानगरस्तरीय मोडलमा विकास गर्न भएपनि एमालेलाई जिताउन मतदाता समक्ष उनको आग्रह छ ।

पोखरा २७ मा यस स्थानीय निर्वाचनमा ६ हजार ९ सय ३२ मतदाता छन् । यस वडामा चार मतदान स्थल रहने छन् भने, आठ वटा मतदान केन्द्र रहने निर्वाचन आयोगले सार्वजनिक गरेको छ । जसमध्ये वीर आधारभूत विद्यालय रिठेपानीमा १ हजार ९ सय ४२, महिला विकास समाज घरेलुचौरमा १ हजार ४ सय ६७, तरुण आधारभूत विद्यालय अर्चलेमा १ हजार ४ सय ७२, लक्ष्मी आदर्श मावि ज्यामिरकुनामा २ हजार ०५१ मतदाता रहेका छन् ।

गत स्थानीय निर्वाचनमा भन्दा यसपटक १ हजार ८ सय ८० मतदाता यस वडामा थपिएको निर्वाचन आयोगको तथ्यांक छ । पोखरा २७ मा नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतका दलहरुले समेत प्रचार थालेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

आजदेखि आइतबार पनि सरकारी बिदा

आजदेखि आइतबार पनि सरकारी बिदा

१ दिन अगाडि
पोखरामा गठबन्धनको अग्रता

पोखरामा गठबन्धनको अग्रता

१ दिन अगाडि

काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

१७ पालिकाको मतपरिणाम आउँदा कांग्रेस पहिलो

१२ पालिकाको अन्तिम परिणाम सार्वजनिक

पोखरा महानगरपालिकामा ४ वटा वडाको मतगणना जारी

  • चर्चित पाना
  • ताजा पाना
महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

५ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

५ महिना अगाडि
तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

५ महिना अगाडि
एनिमल लभर चाँदनी

एनिमल लभर चाँदनी

४ हप्ता अगाडि
आजदेखि आइतबार पनि सरकारी बिदा

आजदेखि आइतबार पनि सरकारी बिदा

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

आजदेखि आइतबार पनि सरकारी बिदा

आजदेखि आइतबार पनि सरकारी बिदा

१ दिन अगाडि
पोखरामा गठबन्धनको अग्रता

पोखरामा गठबन्धनको अग्रता

१ दिन अगाडि
काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

१ दिन अगाडि
१७ पालिकाको मतपरिणाम आउँदा कांग्रेस पहिलो

१७ पालिकाको मतपरिणाम आउँदा कांग्रेस पहिलो

१ दिन अगाडि

मिडल भ्वाईस मिडिया ग्रुप प्रा.लि.
www.primenewsnepal.com

पोखरा -०५, पर्स्याङ्ग
कास्की
सञ्चालक: रघुनाथ वाग्ले
सम्पादक: दिनेश राज वाग्ले
[email protected]
दर्ता नम्बर: सूचना विभाग -२४८८/०७७-७८
9856038316

ताजा अपडेटहरु

  • आजदेखि आइतबार पनि सरकारी बिदा
  • पोखरामा गठबन्धनको अग्रता
  • काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

हाम्रा सामाजिक सञ्जालहरु

Facebook Twitter Google+ RSS

© 2020 Prime News Nepal | Designed by: MPG Solution Nepal

  • Login
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result

© 2021 Premier Pana | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In