पोखरा, ०६ बैसाख ।
हृदयको आवाज कास्कीको आयोजनामा महिलाहरुका लागि ३ दिवसीय उद्घोषण तथा कार्यक्रम सञ्चालन सम्बन्धि तालिम गरिएको छ । पोखराको बाटुलेचौरमा रहेको कालिका बहुदेस्यीय सभाहलमा बैसाख २ गतेदेखि ५ गतेसम्म भएको उक्त तालिममा विभिन्न आमा समुहमा आवद्ध ३० जना महिलाहरुको सहभागिता थियो ।
तालिमको समापनका अवसरमा बोल्दै हृदयको आवाज कास्कीका अध्यक्ष शारदा बस्नेतले महिलाहरुलाई सक्षम ढंगले कार्यक्रम सञ्चालनबारे जानकारी दिन र बोल्ने कलाको थप विकास गर्न संस्थाले तालिम आयोजना गरेको बताउनुभयो ।


कार्यक्रममा बोल्दै सहभागीहरु मध्येकी नारायणी बस्नेतले मञ्चमा उभिएर बोल्दा निकै डर लाग्ने गरेको भएपनि ३ दिनको तालिमले आफूहरुमा आत्मविश्वास बढेको बताउनुभयो । तालिममा सहभागीहरुले आगामी दिनमा सफल उद्घोषक बन्ने अठोट व्यक्त गरे ।
तालिममा थ्रि एन्जल्स रेडियोका कार्यक्रम व्यवस्थापक जीवन सुवेदीले सहजीकरण गरेका थिए । तालिमपछि सहभागिताको प्रमाणपत्र वितरण गर्दै प्रशिक्षक सुवेदीले सिकाइलाई व्यवहारिक प्रयोगमा ल्याउन आग्रह गर्दै सबै सहभागीहरूलाइ सफलताको शुभकामना व्यक्त गरे ।
प्रतिक्रिया लेख्नुहोस्:-