पोखरा, ०६ वैशाख ।
पोखरा २६ का अटेरी उम्मेद्वारले कार्ययोजना (घोषणापत्र) सार्वजनिक गरेका छन् । स्थानीय तह दलीय नबनाऔं भन्ने उद्घोष सहित पोखराबाट सुरु भएको यो अभियानमा अहिले देशैभर अभियानकर्ताहरु जोडिएका छन् ।
यसअघि पोखरा महानगरबाट अटेरी उम्मेद्वारी घोषणा गरेर अभियानको सुरुआत गरेका गनेस पौडेलले पोखरा लक्ष्य २०७९ नाम दिएर घोषणापत्र सार्वजनिक गरि सकेका छन् । वडा नम्बर ३ पछि वडा नम्बर २६ का अटेरी उम्मेद्वारले कार्ययोजना पत्र सार्वजनिक गरेका हुन् ।


कार्ययोजना पत्र सार्वजनिकीकरण कार्यक्रमपछि वडाको विकासका लागि दिलोज्यान दिएर लाग्ने वडाध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेका नविन ढुंगानाले बताए । उनले कार्ययोजना पत्रमा सार्वजनिक भए अनुसार योजना पूरा गर्न बफादार भएर लाग्ने बताए ।
अभियानका परिकल्पनाकार तथा पोखरा महानगरका प्रमुख पदमा उम्मेद्वारी दिएका गनेस पौडेलले अहिलेका राजनीतिक दलले व्यवस्था मात्रै फेरेको अवस्था फेर्न नसकेको बताए । राजनीतिक दलले देखिने गरि मात्रै केही विकास भए पनि महसुस गर्ने गरि विकास गर्न नसकेको बताए ।
हाल कुनै पनि दलमा संलग्न नभए सबै खाले अवसरबाट बञ्चित हुनुपर्ने बाध्यता रहेको बताए । कार्यक्रममा अभियानकी महिला परिचालन संयोजक युनिका ढकालले स्वागत मन्तव्य राखेकी थिइन् भने निर्वाचन अभियान संयोजक हरि कार्कीले कार्यक्रमको सञ्चालन गरेका थिए । कार्यक्रममा सहभागीसँग अभियान्ताहरुले प्रश्नोत्तर समेत गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-