Prime News Nepal
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
Prime News Nepal
कुनै परिणाम छैन
View All Result

भाई गुरुङको “पहिलो नजर” सार्वजनिक, २२ वर्ष पछि रिमेक

प्राइम न्युज प्राइम न्युज
१ महिना अगाडि
भाई गुरुङको “पहिलो नजर” सार्वजनिक, २२ वर्ष पछि रिमेक

पोखरा, २९ चैत्त ।

२२ वर्ष अघि निकै रुचाइएको गीत हो “पहिलो नजर” । अमित गुरुङको सिर्जनामा भाई गुरुङले उक्त गीतमा आवाज भरेका थिए । एउटै गीतबाट उनलाई सफलता मिल्यो । गीतलाई मन नपराउने कोहि भएनन् । सबैको मनमा बस्न सफल भयो । जताततै गुन्जिन थाल्यो । खासगरी युवायुवतीहरुको रोजाईमा पर्न सफल भयो ।

तत्कालिन समयमा पोखराबाट बनेका गीतले राम्रै सफलता पाउथ्यो । यहाँको पप गीतसंगीतलाई रुचाउनेहरुको जमात बाक्लो थियो । जसमा भाई गुरुङको “पहिलो नजर” नपर्ने कुरै थिएन । ५० को दशकमा ब्याण्डहरुको राजधानीका रुपमा पोखरालाई परिचित गरिन्थ्यो । भाई गुरुङ त्यस्ता बेला उदाए जतिबेला यहाँबाट स्थापित ब्याण्ड नेपथ्य, कन्दरा, देउराली, लेकालीको राम्रै प्रभाव थियो ।

उसो त भाई गुरुङ रहरले संगीतमा आएका हुन् । उनको रहर सबैका लागि अमृत हुन्छ भन्ने कुरा उनी आफैलाई पनि सायद पत्तो थिएन । गीत चल्यो र सबैको मुखमा झुण्डियो । पेशाले व्यवसायी समेत रहेका भाई गुरुङ यतिबेला फेरि सोहि गीत मार्फत सार्वजनिक भएका छन् । पहिलो नजरलाई रिमेक गरेका छन् । रिएरेण्ज गर्दै म्युजिक भिडियो समेत सार्वजनिक गरेका छन् ।

भाई गुरुङले सार्वजनिक गरेको म्युजिक भिडियोलाई रुचाउनेहरुको जमात पनि बढ्दै गएको छ । हिजो अडियो मन पराउनेहरुले आज भिडियोलाई समेत मन पराउन थालेका छन् । रोहन नेपालीको निर्देशनमा बनेको म्युजिक भिडियोलाई भाई गुरुङले आफ्नै युट्युब मार्फत सार्वजनिक गरेका छन् । सार्वजनिक भएको तीन दिनमै उक्त म्युजिक भिडियोलाई मन पराउने हरुको संख्या एक लाख २९ हजार भन्दा बढी छ ।

मिलन शंकरको छायाँकनमा बनेको गीतमा सागर थापा र कृष्टिना थापाको अभिनय छ । पोखराका विभिन्न स्थानमा छायाँकन गरिएको गीतबाट भाई गुरुङ आशावादी देखिन्छन् । भन्छन्,‘२२ वर्ष अघिको माया फेरि पाउनेमा विश्वस्त छु ।’ पछिल्लो समय चलेका पुराना गीतलाई रिमेक गर्ने प्रचलन बढ्दो भएकाले आफुले पनि पहिलो नजरलाई रिमेक गरेको भनाई उनको छ । गोपाल रसाइलीको संगीत संयोजनमा निर्माण भएको गीतबाट राम्रै प्रतिक्रिया आइरहेको उनी बताउँछन् ।

भाई गुरुङको गीतको विषयमा बोल्दै पोखरा सांगीतिक कलाकार संघका अध्यक्ष तथा कन्दरा ब्याण्डका ड्रमर एवम् कुशल संगीतकार सुनील थापाले भाई गुरुङले समयानुसार आफुलाई परिवर्तन गर्न खोजेको बताए । उनले २२ वर्ष पुरानो गीतलाई अहिलेको नयाँ जेनेरेशनले समेत उत्तिकै मन पराउने बताए । इमानदारिता र व्यवसायिक जिम्मेबारीमा कमी हुँदा पोखराको संगीत सुस्ताएको भनाई उनको छ । पोखरेली संगीतका विषयमा अन्तरक्रिया गर्नुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् । डिजीटल मिडियामा पोखरा पछाडी पर्दा यहाँबाट बनेका संगीत माथि उठ्न नसकेको तर्क उनको छ । तर पछिल्लो समय भने केही कलाकारको गीत निर्माण गर्ने निरन्तरता प्रति भने उनी सन्तुष्ट देखिन्छन् । पुराना गीतलाई रिमेक गर्दा सकरात्मक रुपमा बुझ्न उनको आग्रह छ ।

गायक विनोद बानियाँले पहिलो नजरले ५० को दशकको पोखरेली संगीतको चामलाई ब्यँुताएको बताए । उनले मेकिङको हिसाबले भिडियो पनि उत्कृष्ट बनेको अभिव्यक्ति दिए । गायन,संगीत, निर्देशन सबै पक्षबाट गीतले सफलता पाउनेमा उनी विश्वस्त छन् । संगीतमा समन्वय पाटो कमजोर हुँदा पोखरेली संगीत उठ्न नसकेको तर्क उनको छ । पोखरामा संगीत क्षेत्रमा लागेका हरेकले एकले अर्कोसँग हातेमालो नगरेसम्म गीतसंगीत माथि उठ्न नसक्ने उनी बताउँछन् ।

रोहन नेपाली पोखराका निर्देशकलाई पत्याएको खण्डमा आउटपुट पनि राम्रो दिन सक्ने दाबी गर्छन् । ‘गीतको म्युजिक भिडियो निर्माणका लागि काठमाडौं नै जानुपर्छ भन्ने सोच अब फालौं’, उनी भन्छन्, ‘राम्रा सिर्जना र लगानी भएमा काठमाडौं भन्दा राम्रो आउटपुट हामीले पनि दिन सक्छौं ।’ भाई गुरुङको म्युजिक भिडियो निर्देशन गर्न पाउँदा उनी खुशी देखिन्छन् ।

चलचित्र पत्रकार संघका निर्वतमान अध्यक्ष, नेपाल पत्रकार महासंघ कास्कीका सह—सचिव एवम् कलाकार रेम विकले पोखराको संगीत क्षेत्र पछिल्लो समय तातिरहेको बताए । जसको निरन्तरताको कामना उनले गरेका छन् । पोखरेली संगीतलाई माथि उठाउन पत्रकारिता क्षेत्रबाट समेत सहयोग मिल्ने भनाई उनको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

आजदेखि आइतबार पनि सरकारी बिदा

आजदेखि आइतबार पनि सरकारी बिदा

५ घण्टा अगाडि
पोखरामा गठबन्धनको अग्रता

पोखरामा गठबन्धनको अग्रता

५ घण्टा अगाडि

काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

१७ पालिकाको मतपरिणाम आउँदा कांग्रेस पहिलो

१२ पालिकाको अन्तिम परिणाम सार्वजनिक

पोखरा महानगरपालिकामा ४ वटा वडाको मतगणना जारी

  • चर्चित पाना
  • ताजा पाना
महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

५ महिना अगाडि
तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

५ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

५ महिना अगाडि
एनिमल लभर चाँदनी

एनिमल लभर चाँदनी

३ हप्ता अगाडि
आजदेखि आइतबार पनि सरकारी बिदा

आजदेखि आइतबार पनि सरकारी बिदा

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

आजदेखि आइतबार पनि सरकारी बिदा

आजदेखि आइतबार पनि सरकारी बिदा

५ घण्टा अगाडि
पोखरामा गठबन्धनको अग्रता

पोखरामा गठबन्धनको अग्रता

५ घण्टा अगाडि
काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

५ घण्टा अगाडि
१७ पालिकाको मतपरिणाम आउँदा कांग्रेस पहिलो

१७ पालिकाको मतपरिणाम आउँदा कांग्रेस पहिलो

५ घण्टा अगाडि

मिडल भ्वाईस मिडिया ग्रुप प्रा.लि.
www.primenewsnepal.com

पोखरा -०५, पर्स्याङ्ग
कास्की
सञ्चालक: रघुनाथ वाग्ले
सम्पादक: दिनेश राज वाग्ले
[email protected]
दर्ता नम्बर: सूचना विभाग -२४८८/०७७-७८
9856038316

ताजा अपडेटहरु

  • आजदेखि आइतबार पनि सरकारी बिदा
  • पोखरामा गठबन्धनको अग्रता
  • काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

हाम्रा सामाजिक सञ्जालहरु

Facebook Twitter Google+ RSS

© 2020 Prime News Nepal | Designed by: MPG Solution Nepal

  • Login
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result

© 2021 Premier Pana | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In