Prime News Nepal
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
Prime News Nepal
कुनै परिणाम छैन
View All Result

फेवा नव बर्ष महोत्सवको तयारी अगाडि बढ्दै

प्राइम न्युज प्राइम न्युज
२ महिना अगाडि
फेवा नव बर्ष महोत्सवको तयारी अगाडि बढ्दै

पोखरा, २२ चैत ।

कोभिड– १९ बाट शिथिल बनेको पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्ने उद्धेश्यसहित पोखरामा आयोजना हुने १७ औं फेवा नव बर्ष महोत्सवको तयारी अगाडि बढाइएको छ । यही चैत ३० देखि आगामी बैशाख १ गतेसम्म लेकसाइड स्थित फिस्टेल गेटदेखि हल्लनचोकसम्मको तीन किलोमिटर सडकमा महोत्सव संचालन हुने छ ।

महोत्सवलाई सफलतापूर्वक सम्पन्न गर्न विभिन्न २१ वटा उपसमितिहरु गठन गरी तयारी अगाडि बढाइएको आयोजक होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । पर्यटन, संस्कृति र खानालाई विशेष जोड दिएर संघले पहिलोपटक सडकमा नै महोत्सव आयोजना गर्न लागेको महोत्सवका संयोजक समेत रहेका सुवेदीले बताए । पोखराका होटलमा अहिले २० प्रतिशत हाराहारी अकुपेन्सी रहेको जानकारी दिंदै सुवेदीले आन्तरिक र भारतीय पर्यटकको आगमन विस्तारै बढ्न थालेको जानकारी दिए । महोत्सवका अवसरमा आफ्ना सदस्य होटलमा बस्ने पाहुनालाई ३० प्रतिशत छुटको घोषणा गर्दै अध्यक्ष सुवेदीले रेष्टुरेण्ट र प्याराग्लाइडिङ क्षेत्रबाट समेत महंगीका वापजुद पुरानै मूल्यमा सेवा प्रदान गर्ने प्रतिबद्धता प्राप्त भएको बताए ।

पत्रकार सम्मेलनमा बोल्दै संघका सल्लाहकार एवं होटल संघ नेपालका केन्द्रिय सदस्य भरतराज पराजुलीले पछिल्ला बर्षहरुमा पोखरा र वरपरका क्षेत्रमा नयाँ पर्यटकीय गन्तव्यहरु थपिने क्रम रहेको स्मरण गराउँदै यसले पर्यटकको बसाई अवधि लम्ब्याउन मद्दत पुग्ने विचार राखे । विशाल शिव मूर्ति, केवलकार, बञ्जी जम्पिङ र जिपलाइन जस्ता पर्यटकीय सम्पदाले यस क्षेत्रमा आकर्षण थपिएको पराजुलीले बताए । होटल संघ पोखरा नेपालका निवर्तमान अध्यक्ष विकल तुलाचनले पनि कार्यक्रममा आफ्ना भनाई राखेका थिए । कार्यक्रमको संचालन संघका महासचिव राजेन्द्र ढकालले गरेका थिए ।

परम्परागत नेपाली खानाको प्रस्तुती र विक्री, सांस्कृतिक झाँकीका कार्यक्रम, प्रख्यात कलाकारबाट पप कन्सर्ट, मनोरञ्जनात्मक कार्यक्रमहरुको प्रस्तुती र लोक दोहोरीका कार्यक्रम महोत्सवका आकर्षण रहेका छन् । अम्मट र सेन्टर प्वाइन्टमा स्टेज निर्माण गरी ती कार्यक्रमहरु संचालन गरिने संघले जनाएको छ । नेपाली संस्कृतिको संरक्षण र परम्परागत नेपाली खानाको प्रबद्र्धन गर्ने मुख्य उद्धेश्य महोत्सवले लिएको छ । अन्नपूर्ण केवलकार प्रालि महोत्सवको मुख्य प्रायोजक रहेको छ भने नेपाल पर्यटन बोर्ड प्रबद्र्धक रहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट

मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट

७ घण्टा अगाडि
राष्ट्रिय युवा संघ नेपाल पोखरा–१५, को रक्तदान कार्यक्रम सम्पन्न

राष्ट्रिय युवा संघ नेपाल पोखरा–१५, को रक्तदान कार्यक्रम सम्पन्न

७ घण्टा अगाडि

आर्वा विजय भाविको सुविधायुक्त पक्कि भवन उद्घाटन

कल्याण शेरचनको ७५ औं जयन्तीमा राष्ट्रिय खुल्ला लोकदोहोरी प्रतियोगिता हुने

होटल संघ गण्डकीको नयाँ कमिटी

पोखराका मेयर जिसी र जिल्ला समन्वयका अध्यक्ष अधिकारीको वडामा नेपाली काँग्रेसका उम्मेदवार विजयी

  • चर्चित पाना
  • ताजा पाना
महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

५ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

६ महिना अगाडि
तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

५ महिना अगाडि
एनिमल लभर चाँदनी

एनिमल लभर चाँदनी

१ महिना अगाडि
मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट

मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट

मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट

७ घण्टा अगाडि
राष्ट्रिय युवा संघ नेपाल पोखरा–१५, को रक्तदान कार्यक्रम सम्पन्न

राष्ट्रिय युवा संघ नेपाल पोखरा–१५, को रक्तदान कार्यक्रम सम्पन्न

७ घण्टा अगाडि
आर्वा विजय भाविको सुविधायुक्त पक्कि भवन उद्घाटन

आर्वा विजय भाविको सुविधायुक्त पक्कि भवन उद्घाटन

७ घण्टा अगाडि
कल्याण शेरचनको ७५ औं जयन्तीमा राष्ट्रिय खुल्ला लोकदोहोरी प्रतियोगिता हुने

कल्याण शेरचनको ७५ औं जयन्तीमा राष्ट्रिय खुल्ला लोकदोहोरी प्रतियोगिता हुने

१ दिन अगाडि

मिडल भ्वाईस मिडिया ग्रुप प्रा.लि.
www.primenewsnepal.com

पोखरा -०५, पर्स्याङ्ग
कास्की
सञ्चालक: रघुनाथ वाग्ले
सम्पादक: दिनेश राज वाग्ले
[email protected]
दर्ता नम्बर: सूचना विभाग -२४८८/०७७-७८
9856038316

ताजा अपडेटहरु

  • मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट
  • राष्ट्रिय युवा संघ नेपाल पोखरा–१५, को रक्तदान कार्यक्रम सम्पन्न
  • आर्वा विजय भाविको सुविधायुक्त पक्कि भवन उद्घाटन

हाम्रा सामाजिक सञ्जालहरु

Facebook Twitter Google+ RSS

© 2020 Prime News Nepal | Designed by: MPG Solution Nepal

  • Login
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result

© 2021 Premier Pana | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In