पोखरा २२, चैत ।
गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले संघिय लोकतान्त्रिक गणतन्त्र लगायतका उपलब्धिहरुको रक्षाका निम्ति पुनः गठबन्धन आवश्यकः भएको बताउनु भएको छ । कास्कीको माछापुच्छ«े गाउँपालिकाका स्थानियसंगको मंगलबार भेटघाट कार्यक्रममा वोल्दै मन्त्री बरालले संघिय लोकतान्त्रिक गणतन्त्र लगायतका उपलब्धिहरुको अझै पनि सुरक्षित हुने ग्यारेन्टी नभएकोले त्यसको रक्षाका निम्ति पनि गठबन्धन आवश्यक भएको बताउनु भएको होे ।
लामो समयको सघर्षबाट प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्नुपर्नेमा हाल कुनै समुहले खारेज गर्ने दिशा तर्फ उन्मुख भएको आरोप लगाउदै नेकपा माओबादी केन्द्रका नेता समेत रहनु भएको मन्त्री बरालले प्राप्त उपलब्धिको रक्षाको निम्ति पनि गठबन्धन आवश्यक भएको दाबी गर्नु भएको हो । समाजवाद उन्मुख अभियानमा लागेको बताउदै मन्त्री बरालले शहिदका लक्ष्य उद्धेश्य पुरा गर्न अविचलित ढंगले आफुहरु लाग्ने जनाउनु भयो । स्थानिय निर्वाचनको मिति नजिकिदै गर्दा गठबन्धनमा चुनावी तालमेलमा समेत सम्मानजनक हिसावले सवैको अस्तित्व स्वीकार्नुपर्ने मन्त्री बरालको भनाई रहेको थियो ।


यसैबिच नेकपा माओबादी केन्द्र माछापुच्छ«े गाउँ समिति वडा नम्बर १ र २ को सम्पर्क कार्यालयको मंगलबार नै मन्त्री बरालले उद्घाटन गर्नु भयो । कार्यक्रममा नेकपा माओबादी केन्द्र गण्डकी प्रदेशका सदस्य द्धय नवराज भण्डारी, प्रविणा अधिकारी, माओबादी पार्टीका माछापुच्छ«े गाउँ समिति अध्यक्ष बैकुण्ठ भण्डारी, कोषाध्यक्ष रेम बहादुर पुन, माछापुच्छ«े गाउँ पालिका वडा नम्बर १ का वडा सदस्य सुर्य गुरुङ, नेकपा माओबादी केन्द्र माछापुच्छ«े गाउँ समिति वडा नम्बर १ का अध्यक्ष जित बहादुर पुन, नेपाली कागेंस माछापुच्छ«े गाउँ समिति वडा नम्बर २ का सभापति गणेश आचार्य, माओबादी केन्द्र माछापुच्छ«े गाउँ समिति वडा नम्बर २ का अध्यक्ष पुष्पराज गौतम लगायतले प्रतिगमन बिरुद्ध एक हुनुपर्नेमा जोड दिनु भएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-