Prime News Nepal
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
Prime News Nepal
कुनै परिणाम छैन
View All Result

स्थानीय तहको निर्वाचनमा सक्षम उम्मेद्बार छनोट गर्नुपर्नेमा जोड

प्राइम न्युज प्राइम न्युज
२ महिना अगाडि
स्थानीय तहको निर्वाचनमा सक्षम उम्मेद्बार छनोट गर्नुपर्नेमा जोड

पोखरा, २२ चैत्त ।

शान्तिका लागि नागरिक समाजको सञ्जाल कास्कीले २०७९ बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा सक्षम उम्मेदबार छनोट गर्नुपर्नेमा जोड दिएका छन् । चैत २१ गते पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी सञ्जालले राजनैतिक दलहरुका लागि १२ बुँदे अपिल जारी गर्दै आसन्न निर्वाचनमा स्वच्छ उम्मेदबारलाई मात्र उठाउन आग्रह गरेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै गैरसरकारी संस्था महासंघका केन्द्रिय अध्यक्ष रामप्रसाद सुवेदीले कुनैपनि निर्वाचनलाई स्वच्छ,निष्पक्ष र धाँधली रहित वातावरणमा सम्पन्न गर्ने प्रमुख दायित्व राजनीतिक दलहरुकै हुने हुँदा सक्षम र नागरिकहरुले विश्वास गर्ने कुनैपनि कसुर नलागेको, भ्रष्ट आचारण नभएको व्यक्तिहरुलाई उम्मेदवारको रुपमा दलहरुले टिकट दिनुपर्ने विचार व्यक्त गर्नुभयो ।

शान्तिका लागि नागरिक समाजको सञ्जाल कास्कीका संयोजक विना सिलवालले दलहरुले सर्वस्वीकार्य उम्मेदवारलाई छनोट गर्नुपर्ने बताउनुभयो । उहाँले स्थानीय तहहरुले नागरिकहरुका आधारभुत आवश्यकताहरुलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो।

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति गण्डकीका संयोजक तथा शान्तिका लागि नागरिक समाजको सञ्जालका पूर्व संयोजक विष्णु प्रसाद वरालले नागरिक अपिल बाचन गर्दै भ्रष्ट आचरण भएका कुनैपनि व्यक्तिलाई दलहरुले उम्मेद्वार बनाउन नहुने बताउनुभयो । निर्वाचनलई स्वच्छ बनाउन दलहरुसंगै नागरिकहरुको भुमिका पनि उत्तिकै महत्वपूर्ण रहने उहाँको भनाई थियो ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक गण्डकीका संयोजक शिव खकुरेलले निर्वाचनलाई स्वच्छ,निष्पक्ष र धाँधली रहित बनाउन नेपाली कांग्रेस र नेकपा एमालेको पार्टी कार्यालयमा नागरिक अपिल बुझाइसकिएको र अन्य दलहरुलाई पनि बुझाइने जानकारी दिनुभयो ।

उहाँले राजनीतिक दलहरुले मानवअधिकार उल्लंघन घटनाका दोषीहरुलाई कुनैपनि हालतमा उम्मेद्वारको रुपमा अगाडी सार्न नहुने बताउँदै जनप्रतिनिधीहरुले मानवअधिकारका सवालहरुलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा अधिवक्ता गीरधारी सुवेदी, गैरसरकारी संस्था महासंघ नेपाल गण्डकीका अध्यक्ष गोपाल खड्काले सक्षम र नागरिकप्रति जवाफदेहि भएका योग्य व्यक्तिहरुलाई उम्मेदवार बनाउन राजनीतिक दलहरुलाई आग्रह गर्नुभयो ।

‘पार्टीले उमेदवार छनौट गर्दा आफ्नो दलीय सिद्धान्त, नीति, उपगुट, आर्थिक सहयोग, चन्दा, निर्वाचन खर्च गर्न सक्ने क्षमता तथा जसरी पनि जित्न सक्ने व्यक्तिलाई उमेदवार वनाउने अभ्यास संस्थागत रुपमा स्थापित हुदै जान थालेको छ । धन (पैसा) हुनेले दलहरुवाट उमेदवार वन्न सक्ने, पैसाल नहुने इमान्दार, त्यागी नेता कार्यकर्ता उमेदवारी वितरण गर्ने नेता तथा पदाधिकारीको नजरमा नपर्ने अभ्यास हावी रहेको छ । यस अर्थमा आसन्न निर्वाचनका सम्पुर्ण राजनैतिक दलहरु प्रति स्वच्छ, स्वतन्त्र र निस्पक्ष निर्वाचनका लागि स्वच्छ उमेदवार खडा गर्न अपील गर्दैै निम्न विषयमा ध्यानर्कषण गराउन चाहान्छौ।’, अपिलमा भनिएको छ ।

यस्तै वडा तथा पालिकाहरुका अध्यक्ष, उपाध्यक्ष, मेयर उपमेयर पदमा महिलाहरुलाई कम्तीमा ३३% नघट्ने गरि उमेदवारी कायम गर्न दलहरु सामु जोडद्धार माग गरिएको छ । अपिलमा रायमाझी आयोगले दोषी किटान गरेका तथा विगतमा मानवअधिकार उल्लंघनकर्ता, विभिन्न सामाजिक संघ संस्थाहरुमा रहेर आर्थिक हिनामिना गरी उजुरी परेका व्यक्ति, सार्वजनिक खरिद ऐन नियमावली उल्लंघनकर्ता, फौजदारी मुद्दामा सजाय पाएका व्यक्तिहरुलाई उम्मेदवार नबनाउन आग्रह गरिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट

मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट

१ दिन अगाडि
राष्ट्रिय युवा संघ नेपाल पोखरा–१५, को रक्तदान कार्यक्रम सम्पन्न

राष्ट्रिय युवा संघ नेपाल पोखरा–१५, को रक्तदान कार्यक्रम सम्पन्न

१ दिन अगाडि

आर्वा विजय भाविको सुविधायुक्त पक्कि भवन उद्घाटन

कल्याण शेरचनको ७५ औं जयन्तीमा राष्ट्रिय खुल्ला लोकदोहोरी प्रतियोगिता हुने

होटल संघ गण्डकीको नयाँ कमिटी

पोखराका मेयर जिसी र जिल्ला समन्वयका अध्यक्ष अधिकारीको वडामा नेपाली काँग्रेसका उम्मेदवार विजयी

  • चर्चित पाना
  • ताजा पाना
महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

५ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

६ महिना अगाडि
तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

५ महिना अगाडि
एनिमल लभर चाँदनी

एनिमल लभर चाँदनी

१ महिना अगाडि
मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट

मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट

मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट

१ दिन अगाडि
राष्ट्रिय युवा संघ नेपाल पोखरा–१५, को रक्तदान कार्यक्रम सम्पन्न

राष्ट्रिय युवा संघ नेपाल पोखरा–१५, को रक्तदान कार्यक्रम सम्पन्न

१ दिन अगाडि
आर्वा विजय भाविको सुविधायुक्त पक्कि भवन उद्घाटन

आर्वा विजय भाविको सुविधायुक्त पक्कि भवन उद्घाटन

१ दिन अगाडि
कल्याण शेरचनको ७५ औं जयन्तीमा राष्ट्रिय खुल्ला लोकदोहोरी प्रतियोगिता हुने

कल्याण शेरचनको ७५ औं जयन्तीमा राष्ट्रिय खुल्ला लोकदोहोरी प्रतियोगिता हुने

२ दिन अगाडि

मिडल भ्वाईस मिडिया ग्रुप प्रा.लि.
www.primenewsnepal.com

पोखरा -०५, पर्स्याङ्ग
कास्की
सञ्चालक: रघुनाथ वाग्ले
सम्पादक: दिनेश राज वाग्ले
[email protected]
दर्ता नम्बर: सूचना विभाग -२४८८/०७७-७८
9856038316

ताजा अपडेटहरु

  • मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट
  • राष्ट्रिय युवा संघ नेपाल पोखरा–१५, को रक्तदान कार्यक्रम सम्पन्न
  • आर्वा विजय भाविको सुविधायुक्त पक्कि भवन उद्घाटन

हाम्रा सामाजिक सञ्जालहरु

Facebook Twitter Google+ RSS

© 2020 Prime News Nepal | Designed by: MPG Solution Nepal

  • Login
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result

© 2021 Premier Pana | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In