Prime News Nepal
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
Prime News Nepal
कुनै परिणाम छैन
View All Result

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको पदस्थापन सम्पन्न

खेलकुदलाई पर्यटनसँग जोड्न सके आर्थिक समृद्धि हासिल गर्न सकिन्छ ः मन्त्री थापा

प्राइम न्युज प्राइम न्युज
२ महिना अगाडि
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको पदस्थापन सम्पन्न

पोखरा, १९ चैत्त ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको पदस्थापन कार्यक्रम पोखरामा शुक्रबार सम्पन्न भएको छ । यही चैत ५ गते भएको मञ्चको तेश्रो साधारण सभा तथा दोश्रो अधिवेशनबाट निर्वाचन भएको पदाधिकारीले शुक्रबार पदस्थापन गरेका हुन ्।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका कानून संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले मञ्चको नवनिर्वाचित टोलीलाई पदस्थापन गराउदै खेलकुदलाई पर्यटनसंग जोडेर अघि बढाउन सके आर्थिक समृद्धि हासिल गर्न सकिने बताए । गण्डकी प्रदेशले खेलकुदलाई पर्यटनसँग जोडेर अगाडी बढाउन सकेको खण्डमा आर्थिक हिसावले धेरै कृयाकलाप गर्न सकिने उनको भनाई थियो ।

कोभिड– १९ को कारण प्रदेशका उद्योग व्यवसाय लगायतका सबै क्षेत्रमा आक्रान्त बनाइरहेको अवस्थामा खेलकुदको माध्यमबाट यो ठाउँको विकास गर्न र आर्थिक क्रियाकलापलाई चलायमान गराउनका लागि महत्वपूर्ण भूमिका पुग्ने मन्त्री थापाले बताए । गण्डकी प्रदेशमा खेलकुदका पूर्वाधारहरु थपिनेक्रम जारी रहेको हुँदा खेलकुदको सम्भवना बढी रहेको बताउँदै मन्त्री थापाले प्रदेश सरकारले स्थापना गरेको गण्डकी विश्वविद्यालयले खेलसम्बन्धी पढनपठान शुरु गरिसकेकाले पनि खेलकुदको सम्भावना बढेर गएको उनको जिकिर थियो ।

उनले भने, ‘खेलकुदकै माध्यमबाट हाम्रो जीवन स्वस्थ बनाउन सक्छौं, खेलकुदको भविष्य धेरै राम्रो छ, खेलाडीहरुले धेरै गर्न सक्छन्, प्रदेशको, देशकै नाम राख्न सक्ने अवस्था सृर्जना भएको छ ।’ गण्डकी प्रदेश सरकारले खेलकुदका क्षेत्रमा यथेस्ट लगानी गरिरहेको उल्लेख गर्दै खेलकुदको क्षेत्रमा राम्रो बजेटको व्यवस्थापन गरेको दावी गरे ।

प्रदेश सरकार अहिले नयाँ बजेट क्रममा रहेको भन्दै अगिल्लो आर्थिक वर्षमा कोभिडका कारण समग्र पत्रकारहरुको लागि पर्याप्त बजेट व्यवस्थापन गर्न नसकेको भन्दै उनले यसपटक पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने खालका कार्यक्रमहरु प्रदेश सरकारको तर्फबाट समेटेर जाने प्रतिवद्धता व्यक्त गरे । अध्यक्ष बरालले व्यक्त गरेका प्रतिवद्धता पुरा गर्न आफुले समेत सहयोग गर्ने मन्त्री थापाले जनाए ।

कार्यक्रममा प्रदेशका यूवा तथा खेलकुद मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीले ओझेलमा परेका खेलहरुलाई खेल पत्रकारहरुले अघि ल्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । प्रदेशको खेलकुदको विकासको लागि प्रदेश स्तरिय प्रतियोगिता आवश्यक भएको उनले बताए ।

यस्तै गण्डकी प्रदेश खेलकुद परिषद सदस्य सचिव तेज गुरुङले परिषदसंगको सहकार्यमा गण्डकी प्रदेशमा खेलकुद क्षेत्रको विकासका लागि सहकार्य गरेर अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरे । प्रदेश सरकार आगामी आर्थिक वर्षका लागि बजेट निर्माणको चरणमा रहेको हुनाले यसमा आवश्यक सुझाव दिनका लागि आग्रह गरे । खेलकुदको विकासको लागि न्यूनतम ३ देखि ५ प्रतिशत बजेट विनियोजन हुनु पर्ने उनको भनाई थियो ।

यस्तै मञ्चका संस्थापक अध्यक्ष रामकृष्ण ज्ञावलीले खेलकुद विटमा कलम चलाउने सबै पत्रकारहरुलाई समेटेर अगाडी बढ्न आग्रह गरे । साझा संस्थामा राजनीति नगर्न उनको सुझाव थियो । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी बहादुर भट्टराईले यस क्षेत्रमा खेलकुद पूर्वाधार निर्माणमा पत्रकारको थप चासो जानुपर्ने जनाए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकीका महासचिव तथा निर्वाचन समितिका सदस्य गोविन्द प्रसाद सुबेदी, नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष रामप्रसाद तिमिल्सिना, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका निवर्तमान अध्यक्ष एकराज गिरी, पूर्व अध्यक्ष केशव पाठक, नेपाल लोकतान्त्रिक खेलकुद महासंघका केन्द्रिय अध्यक्ष योगेन्द्र शेरचन, सहारा क्लव पोखराका बरिष्ठ उपाध्यक्ष केशवराज बराल लगायतले बोलेका थिए ।

यसअघि कार्यक्रममा मञ्चको गत चैत ५ गते सम्पन्न तेश्रो साधरण सभा तथा दोश्रो साधरणसभाबाट निर्वाचित नयाँ कार्यसमितिलाई निर्वाचन कमिटीका संयोजक नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य एवम् अधिवक्ता सरिता तिमिल्सिना पंगेनीले पदस्थापन गराएकी थिइन् ।

अधिवेशनबाट दिननाथ बरालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको थियो । मञ्चको उपाध्यक्षमा सुरज श्रेष्ठ, महासचिवमा राजाराम पौडेल, सचिवमा शशी कुमार पौडेल, कोषाध्यक्षमा कविता घर्तिमगर, सदस्यहरुमा दिपक मुल्मी, नारायण शाही, उमेश पुन, राजु गिरी र एमबी आस्था मगर (मानबहादुर) निर्वाचित भएका थिए । अध्यक्ष बरालले पोखरा स्पोट्र्स अवार्ड यसै बर्ष गर्ने, पत्रकारको लागि अक्षयकोष स्थापना गर्ने, तालिम आयोजना गर्ने, छिट्टै नयाँ सदस्यता खुलाउने र सवैको सहकार्य र समन्वयमा अघि बढ्ने बताए । बरालको अध्यक्षतामा बसेको पहिलो बैठकले निर्वाचन कमिटि सहितको निर्वाचन सम्पन्न गराउन सहयोग गर्ने प्रति धन्यवाद ज्ञापन गर्दै निर्वमान अध्यक्ष एकराज गिरी र बरालका निकटतम प्रतिद्धोन्दी रञ्जन अधिकारीलाई सल्लाहाकारमा चयन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट

मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट

२३ घण्टा अगाडि
राष्ट्रिय युवा संघ नेपाल पोखरा–१५, को रक्तदान कार्यक्रम सम्पन्न

राष्ट्रिय युवा संघ नेपाल पोखरा–१५, को रक्तदान कार्यक्रम सम्पन्न

२३ घण्टा अगाडि

आर्वा विजय भाविको सुविधायुक्त पक्कि भवन उद्घाटन

कल्याण शेरचनको ७५ औं जयन्तीमा राष्ट्रिय खुल्ला लोकदोहोरी प्रतियोगिता हुने

होटल संघ गण्डकीको नयाँ कमिटी

पोखराका मेयर जिसी र जिल्ला समन्वयका अध्यक्ष अधिकारीको वडामा नेपाली काँग्रेसका उम्मेदवार विजयी

  • चर्चित पाना
  • ताजा पाना
महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

५ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

६ महिना अगाडि
तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

५ महिना अगाडि
एनिमल लभर चाँदनी

एनिमल लभर चाँदनी

१ महिना अगाडि
मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट

मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट

मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट

२३ घण्टा अगाडि
राष्ट्रिय युवा संघ नेपाल पोखरा–१५, को रक्तदान कार्यक्रम सम्पन्न

राष्ट्रिय युवा संघ नेपाल पोखरा–१५, को रक्तदान कार्यक्रम सम्पन्न

२३ घण्टा अगाडि
आर्वा विजय भाविको सुविधायुक्त पक्कि भवन उद्घाटन

आर्वा विजय भाविको सुविधायुक्त पक्कि भवन उद्घाटन

२३ घण्टा अगाडि
कल्याण शेरचनको ७५ औं जयन्तीमा राष्ट्रिय खुल्ला लोकदोहोरी प्रतियोगिता हुने

कल्याण शेरचनको ७५ औं जयन्तीमा राष्ट्रिय खुल्ला लोकदोहोरी प्रतियोगिता हुने

२ दिन अगाडि

मिडल भ्वाईस मिडिया ग्रुप प्रा.लि.
www.primenewsnepal.com

पोखरा -०५, पर्स्याङ्ग
कास्की
सञ्चालक: रघुनाथ वाग्ले
सम्पादक: दिनेश राज वाग्ले
[email protected]
दर्ता नम्बर: सूचना विभाग -२४८८/०७७-७८
9856038316

ताजा अपडेटहरु

  • मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट
  • राष्ट्रिय युवा संघ नेपाल पोखरा–१५, को रक्तदान कार्यक्रम सम्पन्न
  • आर्वा विजय भाविको सुविधायुक्त पक्कि भवन उद्घाटन

हाम्रा सामाजिक सञ्जालहरु

Facebook Twitter Google+ RSS

© 2020 Prime News Nepal | Designed by: MPG Solution Nepal

  • Login
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result

© 2021 Premier Pana | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In