पोखरा, १६ चैत्र ।
गुरुङ(तमु) लामा बौद्ध धर्म समाजले पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालमा विश्वशान्तिका लागि आयोजित कांग्युर(त्रिपिटक) वाचन महापुजा अनुष्ठानको तेश्रो दिन सातौं अवतारी गुरु ताक्लुङ माटुल रिन्पोछेले धर्मदेशना गर्नुभएको छ।
विश्वमा शान्तिको कामना एवम सन्देश फैलाउने उद्धेश्यले नेपालका सातै प्रदेशमा आयोजना गरिने कांग्युर महापुजा अन्र्तगत तमुहरुको घना बसोबास रहेको पोखराबाट प्रारम्भ गरिएको महापुजाको तेश्रो दिन धर्मदेशना अर्थात प्रवचन गर्नुहुदै रिन्पोछेले बुद्ध धर्म, कंग्युर, कंग्युर पुजा, जीवन र जगतसँग बुद्ध विज्ञानको सम्बन्धको बारेमा प्रवचन एवम धर्मदेशना गर्नुभएको थियो। शान्ति र सुख मानवकै कारणले निर्माण हुने भएको समाज नियन्त्रण र निर्माण गर्ने मावनहरु चरित्रवान हुनुपर्नेमा जोड दिनुभयो।


कार्यक्रममा गुरुङ(तमु) लामा बौद्ध धर्म समाजका अध्यक्ष खेन्पो शिर लामा गुरुङले स्वागत एवम रिन्पोछे गुरुको परिचय साथै प्रवचनको रुपान्तरण गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन महासचिव खेन्पो दशरथ गुरुङले गर्नुभएको थियो।
चैत्र १८ गतेसम्म हुने सञ्चालन हुने महापुजाको धर्मदेशनाका साथै, ग्रहशान्ति धर्मपाल(महकाल) सोल्क पुजा, दिवंगत पितृको नाममा दिप प्रज्वलन, सुर चढाउने, मोन्लम वाचन गरिएको थियो भने विभिन्न दानदाताहरुले महापुजा सम्पन्नका लागि दान प्रदान गरेका थिए। कांग्युर वाचनमा एक सय भन्दा बढी लामा गुरुहरुको सहभागिता रहेको छ।
महापुजा कार्यक्रम अन्र्तगत बौद्ध गुरुहरु बज्राचार्य(दोर्जे लोपोन), बौद्धाचार्य(लोपोन), उपाध्य(खेन्पो),अवतारी(टुल्कु) रिन्पोछे गुरुहरुबाट बौद्ध दर्शनको विविध विषयमा धर्म देशना गरिने र समापनको दिन परमपुज्यनिय गुरुहरुबाट अभिषेक(वाङ) प्रदान गरिने कार्यक्रम रहेको आयोजकले जनाएकोछ।
प्रतिक्रिया लेख्नुहोस्:-