Prime News Nepal
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
Prime News Nepal
कुनै परिणाम छैन
View All Result

जन्मगाउँ राम्चेमा पुगेर बाल्यकाल सम्झे मुख्यमन्त्री पोखेरेलले

भीरपानी खानेपानी आयोजना उद्घाटन

प्राइम न्युज प्राइम न्युज
२ महिना अगाडि
जन्मगाउँ राम्चेमा पुगेर बाल्यकाल सम्झे मुख्यमन्त्री पोखेरेलले

पोखरा, १२ चैत ।

जन्मठाउँ कसलाई प्यारो लाग्दैन र ? आफू जन्मेको घर आँगन, अनि खाइखेली गरेका भीरपाखा, बाल्यकालका साथीभाइ । साँच्चिकै विगत सम्झँदा मन पुलकित हुन्छ । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली बिहीबार जन्म गाउँ तनहुँको राम्चे पुगे । खाली खुट्टा कुदेका खरबारी, साथीभाइसँग खेलेको आँगन, भैंसी चराएको पाखो देखेर उनी रमाइ । उनीसँगै थिए दाजु रामचन्द्र र भाइ जगदीशचन्द्र पोखरेल ।

विगत सम्झँदै उनले दाजुतिर हेरेर भने, ‘दाइ हामीभन्दा अलि सिनियर उहाँको खेल्ने टिम फरक थियो, हाम्रो फरक, हामी गाईभैंसी चराउँदै पाखामा खेल्थ्यौं, दाइ चराका गुँड भएका रुख खोज्दै हिँड्नुहुन्थ्यो ।’ उनले यसो भनिरहँदा आडैमा रहेका भाइ जगदीशचन्द्र मुसुमुस हाँसिरहेका थिए । राम्चेको चौतारीमा पुगेपछि मुख्यमन्त्री कृष्णचन्द्रले चारैतिर नियाँले । चौतारीको पश्चिमतिर रहेको मगरबस्तीमा केही घर बाँकी थिए । पहिला बाक्लो बस्ती भएको ठाउँमा अहिले घरको भग्नावशेष पनि देखिँदैन । अग्ला रुख र खरले ढाकिएको छ । कच्ची नै सही मोटरबाटो भने पुगेको छ ।

चौतारीको छेवैमा रहेको बाटोमा निस्केर उनले पोखरेलफाँट र वरपरका बस्ती अवलोकन गरे । पाखामा रहेका बस्ती खाली हुँदै गर्दा बेसीको खेतमा घरहरु ठडिएका थिए । अनि चारैतिर सडक बाटोको लहरमात्रै देखिने । उमेरले आफूभन्दा जेठा खड्गबहादुर अधिकारीसँग उनले भने, ‘खड्गबहादुर दाइ ठाउँ त निकै फेरिएछ नि है ।’ त्यसपछि मुख्यमन्त्रीसहितको टोलीले नजिकैको घरको आँगनमा बसेर खाजा खाएको थियो । त्यतिबेला पनि मुख्यमन्त्री पोखरेलले विगतका स्मरण सुनाउँदै थिए ।

मुख्यमन्त्री पोखरेलको परिवार त्यतिबेलाको तनहुँसुरमा पर्ने राम्चेमा थियो । बाबु गोवद्र्धन शर्मा सानैदेखि विद्रोही स्वभावका । विसं १९७५ सालमा महामारीका कारण बुवाआमा सहित परिवारका ५ सदस्य ३ दिनको बीचमा गुमाएका थिए गोवद्र्धनले । त्यतिबेला गाउँमा अहिले टाइफाइट भनिने आँठे रोगको महामारी थियो । सानैमा टुहुरो भएकैले होला गोवद्र्धन शर्मामा विद्रोही स्वभाव देखिएको । उनको परिवार राम्चेबाट २०१३ सालतिर नजिकैको अर्चलचौरमा बसाइँ स¥यो । कृष्णचन्द्रले राम्चेका करिब ८ वर्ष बिताए ।

तत्कालीन शासन व्यवस्थाविरुद्धको आन्दोलनमा लागेका कारण गोवद्र्धन शर्मा निर्वासनमा गएपछि परिवार कसरी पाल्ने भन्ने चिन्ता भयो । कृष्णचन्द्रकी आमा द्रौपदाको निर्णय अनुसार परिवार अर्चलचौरबाट पोखरेलफाँटमा झ¥यो । राम्चेको चौतारीमै कृष्णचन्द्रले स्मरण गरे, ‘आम्दानीको स्रोत नहुँदा परिवारमा आर्थिक संकट थियो, संकटकै बीचमा आमाले हामीलाई हुर्काउनुभयो ।’ कृष्णचन्द्रकी आमा द्रौपदा अहिले ९८ वर्षकी भइन् ।

भीरपानी खानेपानी आयोजना उद्घाटन गर्न उनले राम्चे पुगेका हुन् । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. जगदीशचन्द्र पोखरेलेको पहलमा योजना परेर निर्माण सम्पन्न भएको आयोजनाले राम्चेका १ सय १० परिवारले स्वच्छ खानेपानी उपभोग गर्न पाउँछन् । पाइप विस्तारको काम भइरहेकाले अहिले करिब ७० घरमा धारा पुगिसकेको छ । राम्चेगाउँ भन्दा केही तलको भीरपानीबाट लिफ्टिङ गरेर डाँडामा ट्यांकी बनाएर पानी वितरण गरिएको छ ।

राम्चे अहिले व्यास नगरपालिका वडा नम्बर ११ मा पर्छ । खानेपानी योजना उद्घाटन गरेपछि मुख्यमन्त्री पोखरेलले भने, ‘नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउन सरकार प्रतिबद्ध छ, ढिलै भए पनि पनि राम्चेमा यो आयोजना सम्पन्न भएकामा खुसी लागेको छ ।

युवाहरुलाई स्वदेशमै रोकेर बाँझो खेतबारी हराभरा बनाउने अनि मुलुकलाई समृद्ध बनाउन प्रदेश सरकारले पहल गरिरहेको उनले सुनाए । पर्यटकीय सम्भावना बोकेको राम्चेमा सडक लगायत पूर्वाधारका लागि तत्कालै पहल गर्ने प्रतिबद्धता उनले जनाए । मुख्यमन्त्रीसँगै प्रदेशका कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दुकुमार थापा र आन्तरिक मन्त्री डोवाटे विश्वकर्मा पनि थिए । डोवाटे विश्वकर्माको जन्मगाउँ पनि तनहुँसुर नै हो ।

उक्त अवसरमा मन्त्रीद्वय, मुख्यमन्त्री पोखरेलका दाजु रामचन्द्र, भाइ डा. जगदीशचन्द्र, वडाध्यक्ष वीरबहादुर खड्का, वडासदस्य हेरम्बजंग अधिकारी, स्थानीय समाजसेवी खड्गबहादुर अधिकारी, खानेपानी उपभोक्ता समिति अध्यक्ष नरबहादुर थापासहितले भनाइ राखे ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

आजदेखि आइतबार पनि सरकारी बिदा

आजदेखि आइतबार पनि सरकारी बिदा

१० घण्टा अगाडि
पोखरामा गठबन्धनको अग्रता

पोखरामा गठबन्धनको अग्रता

१० घण्टा अगाडि

काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

१७ पालिकाको मतपरिणाम आउँदा कांग्रेस पहिलो

१२ पालिकाको अन्तिम परिणाम सार्वजनिक

पोखरा महानगरपालिकामा ४ वटा वडाको मतगणना जारी

  • चर्चित पाना
  • ताजा पाना
महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

५ महिना अगाडि
तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

५ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

५ महिना अगाडि
एनिमल लभर चाँदनी

एनिमल लभर चाँदनी

३ हप्ता अगाडि
आजदेखि आइतबार पनि सरकारी बिदा

आजदेखि आइतबार पनि सरकारी बिदा

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

आजदेखि आइतबार पनि सरकारी बिदा

आजदेखि आइतबार पनि सरकारी बिदा

१० घण्टा अगाडि
पोखरामा गठबन्धनको अग्रता

पोखरामा गठबन्धनको अग्रता

१० घण्टा अगाडि
काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

१० घण्टा अगाडि
१७ पालिकाको मतपरिणाम आउँदा कांग्रेस पहिलो

१७ पालिकाको मतपरिणाम आउँदा कांग्रेस पहिलो

१० घण्टा अगाडि

मिडल भ्वाईस मिडिया ग्रुप प्रा.लि.
www.primenewsnepal.com

पोखरा -०५, पर्स्याङ्ग
कास्की
सञ्चालक: रघुनाथ वाग्ले
सम्पादक: दिनेश राज वाग्ले
[email protected]
दर्ता नम्बर: सूचना विभाग -२४८८/०७७-७८
9856038316

ताजा अपडेटहरु

  • आजदेखि आइतबार पनि सरकारी बिदा
  • पोखरामा गठबन्धनको अग्रता
  • काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

हाम्रा सामाजिक सञ्जालहरु

Facebook Twitter Google+ RSS

© 2020 Prime News Nepal | Designed by: MPG Solution Nepal

  • Login
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result

© 2021 Premier Pana | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In