Prime News Nepal
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
Prime News Nepal
कुनै परिणाम छैन
View All Result

महंगी नियन्त्रणमा प्रदेश सरकारको चासो

जिल्लास्तरीय अनुगमन समितिलाई थप सक्रिय बनाउन पत्राचार

प्राइम न्युज प्राइम न्युज
२ महिना अगाडि
महंगी नियन्त्रणमा प्रदेश सरकारको चासो

पोखरा, ०९ चैत्त ।

पछिल्ला दिनमा विभिन्न बहानामा मूल्यवृद्धि भएको गुनासो आएपछि यसको नियन्त्रणका लागि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विशेष चासो देखाएका छन् । यसका लागि पहिलो चरणमा मुख्यमन्त्री पोखरेलले बुधबार सरकारी अधिकारी र उपभोक्ता अधिकारकर्मीसँग छलफल समेत गरेका छन् ।

मुख्यमन्त्री पोखरेलले बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डलरको भाउ बढेको, रुस र युक्रेनबीचको युद्धको कारण देखाएर बजारमा अस्वभाविक महंगी बढेको गुनासो आएपछि नियन्त्रणका लागि पहल थालिएको बताए । उनले भने, ‘महंगी बढेको छ, हामी सबै यसबाट पीडित छौं, यसलाई नियन्त्रण गर्न एकल प्रयासले सम्भव छैन, ३ तहकै सरकारबीच समन्वय जरुरी छ ।

उक्त छलफलपछि मुख्यमन्त्रीको निर्देशन अनुसार ३ बुँदे निर्णय गरिएको छ । महंगी नियन्त्रणका लागि प्रदेशको पर्यटन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सबै सरोकारवालाई आमन्त्रण गरी छलफल गर्ने निर्णय भएको निमित्त प्रमुख सचिव रामप्रसाद आचार्यले जानकारी दिए ।

उनका अनुसार प्रदेशस्तरीय बजार अनुगमन समितिले बजार अनुगमन कार्यालय प्रभावकारी बनाउन प्रदेशस्तर, जिल्लास्तर र स्थानीयस्तरका बजार अनुगमन समितिबीच समन्वय कायम गरी बजार अनुगमन गर्ने व्यवस्था मिलाउने निर्णय भएको छ । यसैगरी जिल्लास्तरीय बजार अनुगमन समितिलाई सक्रिय बनाउन ११ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्ने निर्णय समेत उक्त बैठकले निर्णय गरेको छ ।

बैठकमा पर्यटन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा कँडेलले अनियन्त्रित बजार भाउलाई काबुमा राख्न उपभोक्ता सचेतनाका साथै क्षमता अनुसार नियमित अनुगमन गर्दै आएको बताए । प्रदेशको उद्योग, वाणिज्य तथा उपभोक्ता हित निर्देशनालयको सक्रियतामा कास्की र आसपासका जिल्लामा अनुगमन हुने गरेको छ ।

बैठकमा पर्यटन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा कँडेलले प्रदेशले अनुगमन गर्दै आए पनि कतिपय अवस्थामा कानुनी जटिलता रहेको भन्दै ती जटिलताको अन्त्य हुनुपर्ने भनाइ राखे ।

उपभोक्ता मञ्च गण्डकी अध्यक्ष कपिलनाथ कोइरालाले बजार अनुगमनका क्रममा अधिकतम खुद्रा मूल्य (एमआरपी) मा लापरवाही देखिएको बताए । ‘उही कम्पनीको उत्पादित सामानको मूल्य आजको भोलि नै फरक गरेर पठाएको पाइएको छ, यसरी एमआरपी बदल्ने पद्धतिको नियन्त्रण गर्ने निकाय सक्रिय हुनुप¥यो ।’ गण्डकी प्रदेश सरकारले बजार अनुगमन निर्देशिका नै पारित गरेर अनुगमनको काम गर्दै आएको बताए । यसमा उपभोक्ता पनि सचेत भए बजार भाउ नियन्त्रण गर्न सघाउने पुग्ने अनुभव उनले सुनाए ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज रिजालले विभिन्न निकायको सहयोग लिएर नियमित रुपमा बजार अनुगमन हुँदै आएको बताए । पोखरामा मिनरल वाटरमा कार्टेलिङका कारण मंहगी बढेको पाइएको उनले जानकारी गराए । पानी उत्पादकहरुको संघले नै बजार मूल्य नियन्त्रणमा राख्ने गरेको उनले सुनाए । प्रशासनले यसको लागि आवश्यक कारवाहीको प्रक्रिया अगाडि बढाएको उनले बताए ।

कार्यक्रममा मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार खड्गबहादुर कमाल, मुख्य न्यायाधिवक्ता रोहितराज बास्तोला, आन्तरिक मामिला सचिव बद्रिनाथ अधिकारी, नेपाल प्रहरीका प्रदेश प्रहरी प्रमुख डिआइजी दिवेश लोहनी, राष्ट्रिय अनुसन्धान विभाग गण्डकी प्रदेशका निर्देशक कुलदेव थापा लगायत बजारमा देखिएका समस्या र समाधानका उपायका बारेमा भनाइ राखेका थिए ।
साथमा तस्बिर छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

वर्ल्डलिंक इन्टरनेट झनै सस्तो, तीन महिने नयाँ प्याकेज सार्वजनिक

वर्ल्डलिंक इन्टरनेट झनै सस्तो, तीन महिने नयाँ प्याकेज सार्वजनिक

३९ मिनेट अगाडि
पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

२१ घण्टा अगाडि

पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

हरियोखर्क अस्पताल अनुगमनमा मुख्यमन्त्री पोखरेल

नैतिकता भए उपकुलपति डा. जगमानले राजीनामा दिनुपर्छः महेन्द्र गुरुङ

  • चर्चित पाना
  • ताजा पाना
महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

५ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

५ महिना अगाडि
तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

५ महिना अगाडि
एनिमल लभर चाँदनी

एनिमल लभर चाँदनी

४ हप्ता अगाडि
वर्ल्डलिंक इन्टरनेट झनै सस्तो, तीन महिने नयाँ प्याकेज सार्वजनिक

वर्ल्डलिंक इन्टरनेट झनै सस्तो, तीन महिने नयाँ प्याकेज सार्वजनिक

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

वर्ल्डलिंक इन्टरनेट झनै सस्तो, तीन महिने नयाँ प्याकेज सार्वजनिक

वर्ल्डलिंक इन्टरनेट झनै सस्तो, तीन महिने नयाँ प्याकेज सार्वजनिक

३९ मिनेट अगाडि
पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

२१ घण्टा अगाडि
पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

२१ घण्टा अगाडि
पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

१ दिन अगाडि

मिडल भ्वाईस मिडिया ग्रुप प्रा.लि.
www.primenewsnepal.com

पोखरा -०५, पर्स्याङ्ग
कास्की
सञ्चालक: रघुनाथ वाग्ले
सम्पादक: दिनेश राज वाग्ले
[email protected]
दर्ता नम्बर: सूचना विभाग -२४८८/०७७-७८
9856038316

ताजा अपडेटहरु

  • वर्ल्डलिंक इन्टरनेट झनै सस्तो, तीन महिने नयाँ प्याकेज सार्वजनिक
  • पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी
  • पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

हाम्रा सामाजिक सञ्जालहरु

Facebook Twitter Google+ RSS

© 2020 Prime News Nepal | Designed by: MPG Solution Nepal

  • Login
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result

© 2021 Premier Pana | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In