Prime News Nepal
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
Prime News Nepal
कुनै परिणाम छैन
View All Result

प्रदेशस्तरीय प्रशिक्षणका लागि प्रचण्ड सहितको माओवादी नेतृत्व पोखरा आउँदै

प्राइम न्युज प्राइम न्युज
२ महिना अगाडि
प्रदेशस्तरीय प्रशिक्षणका लागि प्रचण्ड सहितको माओवादी नेतृत्व पोखरा आउँदै

पोखरा, ०४ चैत ।

नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) सहितको पार्टी नेतृत्व पोखरा आउने भएको छ । पोखरा सभागृहमा यही चैत ६ गते आइतबार हुने पार्टीको गण्डकी प्रदेशस्तरीय राजनीतिक वैचारिक प्रशिक्षणका लागि अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, देव गुरुङ, देवेन्द्र पौडेल, दिननाथ शर्मा लगायतको नेतृत्व पोखरामा आउने माओवादी गण्डकीका अध्यक्ष गायत्री गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार प्रशिक्षणको सबै तयारी पूरा भएको छ ।

अध्यक्ष गुरुङका अनुसार प्रशिक्षणमा गण्डकी प्रदेशमा कार्यक्षेत्र हुने पार्टीका केन्द्रीय सदस्य, केन्द्रीय आयोगका सदस्य, केन्द्रीय सल्लाहकार, केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्चका सदस्य, जवस मोर्चाका केन्द्रीय पदाधिकारी, प्रदेश समितिका सदस्य र प्रदेश सल्लाहकारहरु सहभागी हुनेछन् ।

यसैगरी प्रदेश ज्येष्ठ कम्युनिष्ट मञ्चका सदस्य, गण्डकी प्रदेश अधिवेशन आयोजक समितिका सदस्य, गण्डकीका सम्पर्क समन्वय विशेष सदस्य, जवस मोर्चाका प्रदेश अध्यक्ष, संयोजक र सहसंयोजक, नेकपा हुँदाका जिल्ला सदस्य र महानगर समितिका सदस्यहरु, नगर, गाउँ समितिका पदाधिकारीहरु, जिल्ला समन्वय समितिमा निर्वाचित प्रतिनिधिहरु, नगर गाउँपालिकाका प्रमुख, अध्यक्ष र उपाध्यक्षहरु, पोखरा महानगर समितिको हकमा महानगर समितिका सबै सदस्यहरु, महानगर वडाका पदाधिकारीहरु र कास्कीका सबै गाउँपालिका समितिका सदस्यहरु सहभागी गरी दुई हजार ५०० नेता कार्यकर्ता प्रशिक्षणमा सहभागी हुने माओवादीले जनाएको छ ।

प्रशिक्षणको तयारीका लागि प्रचार प्रसार हल व्यवस्थापन, अतिथि सत्कार, मिडिया व्यवस्थापन, स्वास्थ्य , खाजा र खाना लगायतका विभिन्न उपसमितिहरु गठन गरिएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । माओवादीले प्रशिक्षण लगत्तै गण्डकीका ११ वटै जिल्लामा स्थानीय निर्वाचन केन्द्रित पार्टी गतिविधि अघि बढाउने योजना बनाएको छ ।

अध्यक्ष गुरुङले भन्नुभयो,“संघीयताको जन्मदाता र यसको प्राप्तिको आन्दोलनको अगुवाई गरेको शक्तिका हिसाबले माओवादीको विजयले मात्र प्राप्त उपलव्धिहरु संस्थागत हुन सक्छन् । प्रदेशका ११ वटै जिल्लाका सबै पालिकामा पार्टीलाई एक ढिक्का बनाएर जनताको बीचमा जान्छौँ ।”

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

आजदेखि आइतबार पनि सरकारी बिदा

आजदेखि आइतबार पनि सरकारी बिदा

१३ घण्टा अगाडि
पोखरामा गठबन्धनको अग्रता

पोखरामा गठबन्धनको अग्रता

१३ घण्टा अगाडि

काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

१७ पालिकाको मतपरिणाम आउँदा कांग्रेस पहिलो

१२ पालिकाको अन्तिम परिणाम सार्वजनिक

पोखरा महानगरपालिकामा ४ वटा वडाको मतगणना जारी

  • चर्चित पाना
  • ताजा पाना
महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

५ महिना अगाडि
तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

५ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

५ महिना अगाडि
एनिमल लभर चाँदनी

एनिमल लभर चाँदनी

३ हप्ता अगाडि
आजदेखि आइतबार पनि सरकारी बिदा

आजदेखि आइतबार पनि सरकारी बिदा

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

आजदेखि आइतबार पनि सरकारी बिदा

आजदेखि आइतबार पनि सरकारी बिदा

१३ घण्टा अगाडि
पोखरामा गठबन्धनको अग्रता

पोखरामा गठबन्धनको अग्रता

१३ घण्टा अगाडि
काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

१३ घण्टा अगाडि
१७ पालिकाको मतपरिणाम आउँदा कांग्रेस पहिलो

१७ पालिकाको मतपरिणाम आउँदा कांग्रेस पहिलो

१३ घण्टा अगाडि

मिडल भ्वाईस मिडिया ग्रुप प्रा.लि.
www.primenewsnepal.com

पोखरा -०५, पर्स्याङ्ग
कास्की
सञ्चालक: रघुनाथ वाग्ले
सम्पादक: दिनेश राज वाग्ले
[email protected]
दर्ता नम्बर: सूचना विभाग -२४८८/०७७-७८
9856038316

ताजा अपडेटहरु

  • आजदेखि आइतबार पनि सरकारी बिदा
  • पोखरामा गठबन्धनको अग्रता
  • काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

हाम्रा सामाजिक सञ्जालहरु

Facebook Twitter Google+ RSS

© 2020 Prime News Nepal | Designed by: MPG Solution Nepal

  • Login
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result

© 2021 Premier Pana | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In