Prime News Nepal
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
Prime News Nepal
कुनै परिणाम छैन
View All Result

लेकसाइडको सडकमा फेवा नव बर्ष महोत्सव

प्राइम न्युज प्राइम न्युज
२ महिना अगाडि
लेकसाइडको सडकमा फेवा नव बर्ष महोत्सव

पोखरा, ०४ चैत ।

होटल संघ पोखरा नेपालले १७ औं फेवा नव बर्ष महोत्सवको तयारी अगाडि बढाएको छ । यही चैत ३० गतेदेखि आगामी बैशाख १ गतेसम्म पोखराको लेकसाइड स्थित अम्मटदेखि हल्लनचोकसम्मको सडकमा यो महोत्सव हुने छ । कोभिड– १९ का कारण दुई बर्षसम्म स्थगित् महोत्सवलाई यसपटक सडकमा आयोजना गरी निरन्तरता दिन लागिएको संघले जनाएको छ । अन्नपूर्ण केवलकार प्रालि महोत्सवको प्रायोजक रहेको छ । महोत्सवमा निशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

दुई दिने महोत्सवलाई सफलतापूर्वक सम्पन्न गर्न संघका अध्यक्ष लक्ष्मण सुबेदीको संयोजकत्वमा विभिन्न उपसमितिहरु गठन गरिएका छन् । लेकसाइडका विभिन्न शाखा मार्गहरुलाई लक्षित गरी संयोजकहरु समेत छनौट गरिएको छ । सो अवसरमा आयोजित कार्यक्रममा होटल संघ नेपालका केन्द्रिय सदस्य एवं संघका सल्लाहकार भरतराज पराजुली र संघका अर्का सल्लाहकार हरिप्रसाद शर्मा गैह्रेले महोत्सवलाई सफल पार्न विभिन्न सुझाव राख्दै सम्बन्धित सबै व्यवसायी एकजुट भएर सक्रियता प्रदर्शन गर्न आग्रह गरेका थिए ।

कोभिड– १९ का कारण थला परेको पर्यटनलाई पुनर्जागृत गर्न महोत्सव आयोजना गर्न लागिएको संयोजक सुबेदीले जानकारी दिए । पछिल्लो क्रममा पोखरामा आन्तरिक पर्यटकको आगमनमा वृद्धि भएको, भारतीय पर्यटक आउने क्रम सुरु भएको र कतिपय तेश्रो मुलुकका पर्यटक समेत देखिन थालेको सुबेदीले सो अवसरमा सुनाए । आर्थिक गतिविधि चलायमान बनाउँदै आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धन गर्न महोत्सवले सघाउने विश्वास सुबेदीले ब्यक्त गरे । अंग्रेजी नयाँ बर्ष जस्तै नेपाली नयाँ बर्षलाई पनि भव्यताका साथ मनाउँदै खाना, संस्कृति र संगीतको पक्षलाई महोत्सवले मुख्यगरी जोड दिने छ ।

विभिन्न उपसमितिहरुको गठनसँगै महोत्सवलाई आकर्षक र नयाँ ढंगले सम्पन्न गर्न तयारीहरु अगाडि बढिसकेको संघका महासचिव एवं महोत्सवको प्रचार समितिका संयोजक राजेन्द्र ढकालले जानकारी दिए । हालैमात्र पोखरामा सेवा सुरु गरेको अन्नपूर्ण केवलकार प्रालिसँग जोडिएर महोत्सवको प्रबद्र्धन गर्न पाउनु गर्वको कुरा भएको पनि महासचिव ढकालले बताए ।

रेवान पोखरासँगको समन्वयमा संघले सडकमा देशविदेशका खानाहरुको स्वाद चाख्ने व्यवस्था मिलाएको छ । अम्मट र सेन्टरप्वाइन्ट लगायतका क्षेत्रमा आकर्षक स्टेज निर्माण गरी दोहोरी तथा गीत संंगीतका कार्यक्रम, पप कन्सर्ट, नाचगान र अन्य मनोरञ्जनात्मक प्रस्तुतीहरुलाई समेट्ने योजना संघले बनाएको छ । ख्यातीप्राप्त कलाकारहरुको प्रस्तुती पनि सो अवसरमा रहने छन् । महोत्सवको उद्घाटन अघि ड्यामसाइड र खहरेबाट झाँकीहरुको र्याली निकालिने छ ।

यसैविच गत फागुन ८ देखि ११ गतेसम्म आयोजित जाउँ है पोखरा कार्यक्रमका क्रममा संघले पूर्वी नेपालका विभिन्न क्षेत्रका वासिन्दालाई फेवा नव बर्ष महोत्सवमा सहभागिताका लागि निम्ता समेत बाँडिसकेको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

७ घण्टा अगाडि
पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

७ घण्टा अगाडि

पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

हरियोखर्क अस्पताल अनुगमनमा मुख्यमन्त्री पोखरेल

नैतिकता भए उपकुलपति डा. जगमानले राजीनामा दिनुपर्छः महेन्द्र गुरुङ

थप ६ जनामा कोरोना संक्रमण

  • चर्चित पाना
  • ताजा पाना
महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

५ महिना अगाडि
तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

५ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

५ महिना अगाडि
एनिमल लभर चाँदनी

एनिमल लभर चाँदनी

४ हप्ता अगाडि
पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

७ घण्टा अगाडि
पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

७ घण्टा अगाडि
पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

१० घण्टा अगाडि
हरियोखर्क अस्पताल अनुगमनमा मुख्यमन्त्री पोखरेल

हरियोखर्क अस्पताल अनुगमनमा मुख्यमन्त्री पोखरेल

११ घण्टा अगाडि

मिडल भ्वाईस मिडिया ग्रुप प्रा.लि.
www.primenewsnepal.com

पोखरा -०५, पर्स्याङ्ग
कास्की
सञ्चालक: रघुनाथ वाग्ले
सम्पादक: दिनेश राज वाग्ले
[email protected]
दर्ता नम्बर: सूचना विभाग -२४८८/०७७-७८
9856038316

ताजा अपडेटहरु

  • पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी
  • पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित
  • पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

हाम्रा सामाजिक सञ्जालहरु

Facebook Twitter Google+ RSS

© 2020 Prime News Nepal | Designed by: MPG Solution Nepal

  • Login
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result

© 2021 Premier Pana | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In