पोखरा, ०२ चैत्त ।
अन्नपूर्ण केवलकार पोखराले मंगलबारबाट सूर्यदर्शन सेवा संचालनमा ल्याए पछि केवलकार चढेर सराङकोट पुग्नेहरुको संख्या बढ्न थालेको छ । विगतका दिनहरुमा भन्दा मंगलबार केवलकार चढेर सराङकोट पुग्नेहरुको संख्या करिब पचास प्रतिशतले वृद्दि भएको कम्पनीका महाप्रबन्धक दिनेश पौड्यालले जानकारी दिए ।
पर्यटकहरुको चाहना बमोजिम बिहान ५ बजेदेखि नै सूर्यदर्शन ( सनराइजÞ)सेवालाई मध्यनजर गरी केवलकार संचालनमा ल्याए पछि सूर्योदय अवलोकन गर्न सराङकोट पुग्नेहरुको संख्यामा वृद्दि भएको महाप्रबन्धक पौडेलले बताए । केवलकार चढेर सूर्योदयको अवलोकन गर्न सराङकोट पुगेका हरुले पनि केवलकारको नया सेवा प्रति खुशी व्यक्त गरे ।
पोखराबाट सनराइजÞ हेर्न सडकमार्ग हुंदै सराडंकोट पुग्न समय र पैसा पनि धेरै खर्च हुने गरेकोमा समय र पैसाको बचत हुने उनिहरुको धारणा छ ।


नेपाली कांग्रेसका युवा नेता गंगाधर पराजुलीले बिहान उठेर गाड़ी मोटरसाइकल लिएर सराडंकोट पुग्दा आधा घण्टा भन्दा बढ़ी समय लाग्ने मात्र नभएर उकालो र साँघुरो सडक भएकोले कठिनाई भोग्नुपरेका हरुलाई केवलकारको सुर्य दर्शन सेवाले सहज बनाईदिएको प्रतिक्रिया दिए ।
पोखरामा वरिष्ठ पत्रकारको रुपमा समेत चिनिने पराजुलीले पोखराका स्थानीय सर्वसाधारणलाई दृष्टिगत गरि शुरुआतका दिनमा केवलकारको भाडामा केही छुट दिन सकेमा वा सराडंकोट पुगेका यात्रुलाई थप केही सुबिधा दिन सकेमा यात्रुको संख्या अझै बढ्न सक्ने भन्दै सराडंकोटमा पुग्नेहरुले सनराइजÞ र सनसेट हेर्न तथा हिम शृंखला र फेवाताल समेतको प्राकृतिक सुन्दरता हेर्नेका लागि व्यवस्थित पार्क वा अन्य स्थान वनाउनुपर्ने खाँचों औल्याए ।
पोखराको लेकसाईड नजिक सेदीबगरबाट जम्मा १० मिनेटको समयमा नै सराङकोट पुगेर सूर्योदयका साथ मनमोहक हिमश्रृंखला हेर्न पाएको भन्दै पोखराका रेडियोकर्मी तिर्थ केसीले पनि खुशी व्यक्त गरे ।
गत फागुन ६ गते सफ्ट ओपनिङ गरेर बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सेवा दिईरहेको केवलकारले मंगलवार अर्थात् चैत १ गतेबाट सुर्य दर्शन सेवा शुरू गरेको हो । नयाँ समय तालिका अनुसार बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म केवलकारले यात्रुहरुलाई सेवा दिन थालेको छ ।
सुर्यदर्शन सेवा संचालनको पहिलो दिन नै सूर्योदय हेर्न जाने आन्तरिक पर्यटकहरुको संख्या वृद्दि हुनुका साथै मौसम पनि सफÞा रहेकोले सराङकोट पुग्नेहरुमा प्रशन्नता छाएको अनुभुती राससका फोटोपत्रकार राधिका कँडेलले गरेकी थिईन । यति बेला केवलकार चढ्नेहरु आन्तरिक पर्यटकहरु नै धेरै रहेको र विदेशी पर्यटकको आगमन नेपालमा बढेपछि उनिहरुको समेत संख्या बढ्ने अपेक्षा केवलकार व्यवस्थापनको छ ।
महाप्रबन्धक पौडेलका अनुसार विहान १० बजेबाट ५ बजेसम्म सेवा संचालन हुदा पनि ५÷६ सय जना जतिले दिनहुं यात्रा गर्ने गरेकोमा समय थप हुंदा र सुर्यदर्शन सेवा थप हुंदा संख्य बढेको छ । केवलकारसंगै अन्य मनोरन्जनात्मक र साहसिक ईभेन्टहरु थप गर्ने तर्फ पहल भएको मात्र नभएर यांत्रुकालागि नया प्याकेज ल्याउने सन्दर्भमा पनि छलफल भैरहेको छ ।
सेदीबगरदेखि सराडंकोटसम्म केवलकारमा पुग्न करिब १० मिनेट मात्र लाग्छ र फेवाताल सहित प्राकृतिक सुन्दरता अवलोकन गर्दै सराडंकोट पुग्न सकिन्छ । केवलकारमा आवत जावत गर्न कम्पनीले नेपालीका लागि रु ७ सय, सार्क राष्ट्रका पर्यटककालागि रु ८ सय र तेस्रो मुलुकका नागरिकका लागि नौ डलर भाडादर तयगरेको छ ।
पोखरा र काठमाडौँका प्रतिष्ठित व्यवसायीको लगानी रहेको अन्नपूर्ण केवलकारको लगानी दुई अर्ब रुपैयाँ पुगेको अन्नपूर्ण केबलकार प्रालिका सञ्चालक एवं निर्देशक तीर्थराज त्रिपाठीले जानकारी दिए । कम्पनीमा स्थानीयवासीबाट २५ प्रतिशत र विभिन्न व्यवसायीबाट ७५ प्रतिशत लगानी गरिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-