Prime News Nepal
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
Prime News Nepal
कुनै परिणाम छैन
View All Result

सृजना कप छात्र÷छात्रा भलिबल प्रतियोगिताको तयारी तिव्र

प्राइम न्युज प्राइम न्युज
२ महिना अगाडि
सृजना कप छात्र÷छात्रा भलिबल प्रतियोगिताको तयारी तिव्र

पोखरा, ०१ चैत ।

पोखरामा यहि चैत ४ गतेदेखि ७ गतेसम्म हुने सृजना कप सामुदायीक मावि छात्र÷छात्रा भलिबल प्रतियोगिताको तयारी तिव्र पारिएको छ । कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्र सिमलचौर पोखराको संयुक्त आयोजनामा यहि शुक्रबारदेखि हुने प्रतियोगिताको तयारी तिव्र पारिएको हो ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ विगत ४ वर्षदेखि हुँदै आएको प्रतियोगिताको यो चौथो संस्करण हो । प्रतियोगिताको तयारी स्वरुप अहिले टिम दर्ताको काम अन्तिम चरणमा पुगेको आयोजक कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले जानकारी दिए । उनका अनुसार टीम दर्ताका लागि पहिल्यै स्कुल÷स्कुलमा पुगेर खबर गरिएअनुसार अहिले उनीहरुले टीम दर्ता गरिरहेका छन् । भोलि बुधबारसम्म टीम दर्ता गर्न सकिने अध्यक्ष पराजुलीले जानकारी दिए ।

टीम दर्ताको काम सकिएलगत्तै बुधबार नै टाईसिट निकालिने सृजना विकास केन्द्रका अध्यक्ष ईन्द्रप्रसाद पौडेलले जानकारी दिए । ‘भोलिसम्म टीम दर्ता हुन्छ, टीम दर्ता सकिएलगत्तै भोलि नै हामी टाइसीट निकाल्छौं’–उनले भने ।

प्रतियोगिताको तयारी अन्तर्गत प्रतियोगिता हुने पोखरा रंगशालास्थित भलिवल ट्रेनिङ सेन्टरमा मञ्च निर्माणको काम भइरहेको छ । त्यस्तै, भलिबल खेल मैदान तयार बनाउनेदेखि म्याट ओछ्याउनेलगायतका काम भइरहेको कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले जानकारी दिए । त्यसबाहेक अतिथिहरुलाई निम्तो गर्ने, प्रचारप्रसारलगायतका कामलाईपनि तिव्र पारिएको उनले बताए ।

भलिबलको जग मानिने सामुदायिक विद्यालयमा भलिबल खेलमा पुर्नजागरण ल्याउने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगितामा कास्कीका सामुदायिक (सरकारी) विद्यालयहरुले सहभागिता जनाउनेछन् । सहभागिताका लागि कक्षा ९ देखि कक्षा १२ सम्मका विद्यार्थीहरु सम्मिलित टिमले सहभागिता जनाउन सक्ने संघका अध्यक्ष भीम पराजुलीले जानकारी दिए । प्रतियोगिताले खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई छ । ‘हामीलाई विश्वास छ, प्रतियोगिताले सामुदायिक विद्यालयमा खस्किएको भलिबल उकास्न भूमिका खेल्नेछ ।’ प्रतियोगितामा ५० टिमले सहभागिता जनाउने आयोजकले अपेक्षा गरेको छ ।

प्रतियोगितामा उपाधि बिजेता छात्र÷छात्रा दुबै तर्फकालाई एक÷एक लाख, उपबिजेतालाई ५०÷५० हजार र तृतीय हुने विद्यालयलाई ३०÷३० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी छात्र तथा छात्रालाई जनही ५÷५ हजारसहित ट्रफी तथा अन्य उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट सेटर, उत्कृष्ट सर्भर र उत्कृष्ट ब्लकरलाई १÷१ थान भलिबल प्रदान गरिने अध्यक्ष पराजुलीले जानकारी दिए ।

दुई उत्कृष्ट खेलाडीलाई छात्रवृत्ति, १० जनालाई ३ महिने डाइट सामग्री प्रदान गरिने

यसैबीच, प्रतियोगिताको उत्कृष्ट दुई खेलाडीलाई छात्रवृत्ति प्रदान गरिने भएको छ । प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने एक÷एक जना छात्र तथा छात्रालाई प्रदेशको युवा तथा खेलकुद मन्त्रालय र आयोजकको तर्फबाट एक÷एक जनालाई वर्षको छात्रवृत्ति प्रदान गर्ने निर्णय भएको अध्यक्ष भीम पराजुलीले जानकारी दिए ।

त्यस्तै, प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने छात्र÷छात्रा गरेर १० जनालाई ३ महिनाका लागि डाइट (पौष्टिक आहार) दिइने भएको छ । मन्त्रालयको ट्यालेण्ट हण्ट अन्तर्गत छात्रतर्फ ५ जना र छात्रातर्फ ५ जना गरि १० जनालाई ३ महिनाका लागि खेलाडीलाई चाहिने डाइट सामग्री प्रदान गर्ने युवा तथा खेलकुद मन्त्री राजिव गुरुङ (मनाङे)ले घोषणा गरेको अध्यक्ष पराजुलीले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

१६ घण्टा अगाडि
पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

१६ घण्टा अगाडि

पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

हरियोखर्क अस्पताल अनुगमनमा मुख्यमन्त्री पोखरेल

नैतिकता भए उपकुलपति डा. जगमानले राजीनामा दिनुपर्छः महेन्द्र गुरुङ

थप ६ जनामा कोरोना संक्रमण

  • चर्चित पाना
  • ताजा पाना
महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

५ महिना अगाडि
तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

५ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

५ महिना अगाडि
एनिमल लभर चाँदनी

एनिमल लभर चाँदनी

४ हप्ता अगाडि
पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

१६ घण्टा अगाडि
पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

१६ घण्टा अगाडि
पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

१९ घण्टा अगाडि
हरियोखर्क अस्पताल अनुगमनमा मुख्यमन्त्री पोखरेल

हरियोखर्क अस्पताल अनुगमनमा मुख्यमन्त्री पोखरेल

१९ घण्टा अगाडि

मिडल भ्वाईस मिडिया ग्रुप प्रा.लि.
www.primenewsnepal.com

पोखरा -०५, पर्स्याङ्ग
कास्की
सञ्चालक: रघुनाथ वाग्ले
सम्पादक: दिनेश राज वाग्ले
[email protected]
दर्ता नम्बर: सूचना विभाग -२४८८/०७७-७८
9856038316

ताजा अपडेटहरु

  • पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी
  • पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित
  • पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

हाम्रा सामाजिक सञ्जालहरु

Facebook Twitter Google+ RSS

© 2020 Prime News Nepal | Designed by: MPG Solution Nepal

  • Login
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result

© 2021 Premier Pana | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In